श्रीनगर (हुम्ला) । नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी नभएर आन्दोलन भएको आरोप लगाएका छन् ।
नेकपा (एमाले)ले सञ्चलन गरेको पार्टी सुदृढिकरण तथा बिस्तारको ‘मिसन ग्रासरुट’ अभियानमा बोल्दै केन्द्रीय सदस्य आचार्यले यस्तो बताएका हुन् ।
अदानचुली गाउँ कमिटीले आयोजना गरेको संयुक्त बैठकलाई संवोधन गर्दै केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख समेत रहेको आचार्यले अभियानलाई पार्टीका रुपमा सोचेकै कारण माओवादीको जनमत निरन्तर ओह्रालो लागेको प्रतिक्रिया दिए ।
‘निश्चित एजेण्डलाई लिएर शसस्त्र युद्ध सञ्चालन गरेको माओवादी आन्दोलन उक्त उद्देश्य पुरा गरेपछि पार्टीका रुपमा अघि बढ्न नसकेको हो’, आचार्यले भने ‘संयुक्त जनमोर्चाको नाममा २०४८ को निर्वाचनमा ११ प्रतिशत मत प्राप्त गरेको माओवादीले २०६४ सालमा ठूलो जनमत ल्यायो तर ०७० मा १७, २०७४ मा १५ प्रतिशत मत ल्याएको माओवादी भर्खरै मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ११ प्रतिशशत मतमा खुम्चीनुले पनि माओवादी नामाक आन्दोलन कमजोर बन्दै गएको पुष्टी हुन्छ ।’
निश्चित समय र ऐजेण्डाका आधारमा आन्दोलनको आवश्यकता घट्दै जाने प्रतिक्रिया दिएका आचार्यले माओवादीलाई पार्टी मानेर अघि बढे देश ठूलो दुर्घटनामा जाने बताए । माओवादी कम्युनिस्ट पार्टी हो भनेर भ्रममा परेको हिमाली क्षेत्रका नागरिकमा परेको भ्रम चिरेर एमालेमा गोलबन्द गर्नपनि पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको प्रतिक्रिया दिएका आचार्यले अभियानमा नजुट्नै कुनैपनि नेतालाई जिम्मेवारीमा बस्ने नैतिक आधार नभएको बताए ।
अदानचुलीको केन्द्र श्रीनगरमा आयोजित पहिलो चरणको समिक्षा बैठकलाई संवोधन गर्दै एमाले कर्णाली प्रदेश कमिटी सदस्य पूर्ण ढकाल, धञ्जे परियार संकलन, जिल्ला कमिटिका उपसचिव चन्द्रप्रकाश ढकालले अभियानको महत्व र त्यसले पार्टीको आन्तरिक जीवनमा ल्याउने प्रभावका बारेमा आप्mना धारणा राखेको एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुधे भण्डारीले जानकारी दिए ।