पिप्लाङ (हुम्ला) । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु वालुवा पेलेर तेल निकाल्छु जस्तो मुर्खता भएको आरोप लगाएका छन् ।
दुई महिनाको मिसन ग्रासरुट अधियानको चंखेली गाउँपालिकाको मध्यावधी समिक्षा र्बठकलाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका सचिव भट्टराई देशमा समाजवादको नेतृत्व अरु कसैले गर्न नसक्ने दावी गरे ।
‘समाजवाद हुँदैं साम्यवादका नारा लगाएर दश वर्षे युद्ध गरेका माओवादी प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहाँसकै सबे भन्दा बढि अर्थिक संकटको सामना गरिरहेको छ’, सचिव भट्टाईले भने, ‘माओवादीले पुँजिवादको नेतृत्व गर्ने कांग्रेससँग गठजोड गरेर साम्यवाद ल्याउँछु भन्नु वालुवा पेलेर तेल निकाल्नु सरह हो । यो कुनै पनि हालतमा संभव छैन् ।’
जनयुद्ध लड्दा घाइते भएका, अंगभंग भएका जनमुक्ती सेना र तल्लो स्तरका नेता कार्यकर्ताले वैशागी टेक्नु पर्ने तर उनिहरुकै बलमा नेतृत्वमा पुगेका नेताहरु रातारात मालामाल हुने कुराले माओवादीको साम्यवादलाई रुखले खाएको भनाई उनको थियो ।
‘हरेक स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक बिस्तार गर्ने, हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम समाजवाद निर्माणको आधार तय गर्ने कुरा थियो । तर कांग्रेससँगको गठजोडमा माओवादी नेतृत्वको सरकारले निरन्तरता नदिएर समृद्ध नेपालः सुखि नेपालीको लक्ष्य पुरा गर्ने अभियान बिरोधी काम गरेको मात्रै छैन् । हामीले (एमाले नेतृत्वको सरकारले) देशभरका स्थानीय तहमा बजेटको व्यवस्था सहित सिलान्यास भएका ५ देखि २५ सैयाका अस्पताल निर्माण गर्न ३ सय ९६ अस्पतालका बजेट कटौती गरेर नागरिकको मौलक हक खोस्ने काम समेत भएको छ ।’ बैठकमा सचिव भट्राइले भने ।
‘किन जन देउ कि धन देउ’ भन्दै कुनै एकछत्र राज गरेको माओवादी कर्णालीमा तेस्रो स्थानमा पुग्नुको कारणपनि उसले देशमा विकास भन्दा अस्थिरता निम्त्याउनेमा केन्द्रीत रहेनु मुख्य कारण रहेको उल्लेख गरेका भट्टराइले देशमा समाजवादको नेतृत्व एमालेले गर्ने र पुँजिवादको नेतृत्व कांग्रेसले गर्ने बाहेक अन्य सबै राजनीतिक पसलहरु बन्द हुने चेतावनी दिए ।
एमाले नेतृत्वको सरकारले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई कर्णालीको लाइफ लाइन (जीवन मार्ग) का रुपमा अघि बढाएको छ । भोलीका दिनमा पनि यी राजमार्ग, अस्पताल, शिक्षा स्वास्थ्य, सडकको पहुँच बिस्तार गर्ने भएकाले एमालेलाई बीजयी बनाउनुको विकल्प नभएको उल्लेअ गरेको भट्टराइले तीनै तहका सरकारलाई लोकल्याणकारी सरकारका रुपमा स्थापित गनए एकालेको नेतृत्वको कल्पना पनि गर्न नसकिने दावी गरे ।
एमाले चंखेली गाउँ कमिटीका इन्चार्ज पुनिमल रावलको अध्यक्षतामा बसेको बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इनचार्ज गोरखबहादुर बोगटी, एमाले केन्द्रीय सदस्यत्रय निरज आचार्य, नवराज रावत, दल फडेरालगायतका नेताहरुले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
![UML chankheli1680181307.jpg](https://www.nepalbot.com/uploads/posts/UML chankheli1680181307.jpg)