सर्केगाड (हुम्ला) । नेकपा (एमाले) केन्द्रीय सदस्य निरज आचार्यले सुनको कचौरा थापेर कौडीको भिख माग्नु पर्ने दिन अब कर्णालीका लागि समाप्त भएको बताएका छन् ।
एमालेले सञ्चालन गरेको मिसन ग्रसरुट अभियानका क्रममा हुम्लाको सर्केगाडमा आयोजना गरिएको हुम्ला जिल्ला स्तरिय कार्यकर्ता भेलालाई संवोधन गर्दै आचार्यले यस्तो बताएका हुन् ।
अथाहा संभावना बोकेको कर्णाली प्रदेश र हुम्ला जिल्लामा देखिएका तत्कालीक अभाव, पिंडा र असुविधाका कारण प्रदेश र केन्द्रसँग कोडीको भिख माग्ने कुरा अब बिस्तारै कम हुंदै गएको बताए ।
‘हुम्लामा भएको अथाहा जलविद्युत, पर्यटकका संभावनाका कारण अब सुनको कसौडीमा कौडीको भिख माग्ने दिन गए, नेता आचार्यले भने हुम्लालाई प्रदेश र केन्द्रीय सरकारसँग जोड्ने कर्णाली कोरिडोर र कर्णाली राजमार्गले उत्तर–दक्षिणका छिमेकी मुलुकसँग प्रत्याक्ष जोड्ने गरेपछि अब यहाँका नागरिकको आम्दानीमा वृद्धी हुने र आधारभूत आवश्यकता पूर्ति भएपछि सामान्य कुरामा हार गुहार गर्नुपर्ने अवस्था कम हुदैँ जाने छ ।’
दुई ठूला छिमेकी मुलुक चीन र भारतसँगको प्रत्यक्ष पहुँच जोडिने बित्तिकै हुम्ला हेर्नकै लागि वर्षेनी लाखौ पर्यटक भित्रिने र त्यसले हुम्लाका नागरिकको दैनिक आर्यस्तर वृद्धि हुने उल्लेख गरेको नेता आचार्यले समुद्ध हुम्ला निर्माणका लागि एमाले नेतृत्वमा स्थानीय तह, प्रदेश र संघ सरकार गठबन हुन आवश्यक रहेको बताए ।
एमाले नेतृत्वको सरकारले गरेका लोकप्रीय कामका आधारमा केन्द्र, प्रदेश र स्थानीय तह गरी तिनै तहमा चौतर्फी घेरबन्दी भएका बेला समृद्ध हुम्ला निर्माण गर्ने कामले मुर्त रुपमा लिन नसक्ने बताएका अचार्यले त्यसका लागि जनस्तरमा वर्तमान सरकारका विरुद्धमा भण्डारफोर अभियान सञ्चालन गर्न जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिए ।
नेकपा (एमाले) हुम्लाका कार्यबहाक अध्यक्ष डबल रावतको अध्यक्षतामा आयोजना गरिएको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा छैटौ जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्यम ठम्बरबहादुर सिंह, केन्द्रीय पर्यटन विभागका सदस्य लंकबहादुर शाही, प्रदेश कमिटीका सचिवालय सदस्य ज्ञामी बुमीले जिल्लाका स्थानीय तहले बैचारिक आस्थाका आधारमा गरिएका विभेदको भण्डाफोर गर्न कार्यकताएलाई निर्देशन दिए ।