सिमकोट । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले हुम्ला जिल्लाका सबै स्थानीय तहमा विकास किन्ने जस्तो घातक प्रवृति हावी भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल हुम्लाले सिमकोटमा आयोजना गरेको ‘फेरि भेटौला’ कार्यक्रमलाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा अभियानका हुम्ला प्रतिनिधि आचार्यले हुम्लाका सातवटै स्थानीय तहमा एमाले प्रतिपक्ष भएकै कारण गाउँमा नागरिकलाई विकास किन्नु पर्ने अवस्थाको सृजना भएको दावी गरे ।
‘मत दिएर निर्वाीचत गारएका जनप्रतिनिधिहरुलाई अग्रीम कमिसन दिएर गाउँको विकास किन्नु पर्ने बाध्यताबाट हुम्लाका नागरि प्रताडित भएको हामीले पाएका छौं,’ उनले थपे ‘अपवित्र गठबन्दनले तीनै तहका सरकारदेखि विद्यालयको व्यवस्थापन समिति र उपभोक्ता समितिसम्म कब्जा गर्ने कुत्सित मनसयाकै कारण गाउँका नागरिकमा विकास किन्नु पर्ने भात्ष्य स्थापीत भएको छ ।’
पर्टी (एमाले)ले सञ्चालन गरेको दुई महिने मिनस ग्राररुट अभियानले जिल्लाका ४३ वटाका नागरिकलाई जागरुक बनाउने काम गरेको र निर्वाचित जनप्रतिनिधि भएका पालिकामा पालिका सभादल अर्थात सम्यन्त्र निर्माण गरेर भ्रष्टचारका विरुद्धमा आवाज उठाउन जागरुक बनाउने काम भएको दावी गरेको आचार्यले हुम्लामा राज्इको लगानी अनुसार जुन रुपले विकास हुनु पर्ने थियो त्यो अनुरुप नभएको प्रतिक्रिया दिए ।
‘मैले पढेको, सुनेको र टेलिभिजनका पर्दामा हेरेको हुम्ला भन्दा प्रत्यक्ष पाइला टेक्दाको हुम्लामा निकै भिन्नता पाएँ, यहाँका जनजीवन अहिलेपनि आधारभूत आवश्यकता परिपूर्तिमै संघषरत छ । यहाँका टाठाबाठाले विकासमा कमिसनको राजनीति गरेर आफू सुविधा सम्मपन्न स्थानमा जाने गरेका रहेछन् । यहाँ राज्यले जुन रुपमा लगानी गर्नु पर्ने थियो त्यो गरेको पनि छैन र गरेको लगानी पनि राम्रोसँग सदुपयोग भएको छैन् ’ उनले भने ।
हुम्लाको सिमाना नाम्खाका् लालेलुङजोङमा चीनले सिमा मिचेको भन्ने प्रसंगमा सञ्चारकर्मीकोे जिज्ञासालाई संवोधन गर्दै आचार्यले भने ‘एमाले पार्टी कुनैपनि हस्तक्षपको बिपक्षमा रहेको बताए । हामी (एमाले) सन्तुलित कुटनीकिको पक्षमा छौं । उत्तरबाट होस् वा दक्षिणबाट होस् हामी सामरिक सम्बन्धको नीति चाहन्छौं तर कुनैपनि हत्स्तक्षेपमा एमाले सुन्य सहनसिलताको नीतिले अघि बढ्छ ।’
कर्णाली कोरिडोर हुम्लामात्रै नभएर समग्र कर्णाली प्रदेशको जीवन मार्ग (लाइफ लाइन) भएको दावी गरेका आचार्यले त्यसर्ला जतिसक्यो चाँडो निर्माण सम्पन्न गर्न पार्टीका तर्फबाट सरकारलाई दवाव दिने बताए । अभियानका क्रममा हुम्लामा सात वटैं स्थानीय तहका विकासका प्राथमिकता समेत पहिचान गरेको उल्लेख गरेका आचार्यले जिल्लाभर ३ हजार बढि नागरिकले अभियानका क्रममा एमालेको नयाँ सदस्यताका लागि आवेदन दिएको, जिल्लाभर ५६ वटा नयाँ टोल कमिटी गठन गरेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि लंकबहादुर शाहीले अभियानले पार्टीको आन्तरिक जीवन मात्र नभएर देशका हरेक वडा र वस्तीका अवाश्यकता पहिचान गर्ने ठूलो अध्ययन समेत भएको बताए ।
जिल्लामा अभियानको समिक्षा सकिए लगत्तै प्रदेश र केन्द्रको समिक्षाका लागि प्रतिवेदन तयार पारेर फर्किन लागेको आचार्यसहितका केन्द्रीय प्रतिनिधिहरुका लागि सम्मानका लागि पव्रेस चौतारी नेपालले आयोजना गरेको ‘फेरी भेटौला’ कार्यक्रममा एमाले हुम्लाका अध्यक्ष कलबहादुर हमाल, उपाध्यक्ष डबल रावत, सचिव तिर्थराज बोहरा, उपसचिव चन्द्रप्रकाश ढकाल, एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख तथा प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महतारालगायतका नेताहरु सहभागित भएका थिए । सिमकोटको मानसरोवर होटेललमा आयोजना गरिएको कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष नन्द सिंहको अध्यक्षतामा सञ्चालन भएको थियो ।