सिमकोट । पछिल्लो समय अधिकारको खोजिले आप्mनो दायित्वबाट नागरिक बिमूख हुँदै गएको प्रतिनिधि सभा सदस्य छिरिङ डम्डोल लामा कार्चेनले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको जिल्ला विपत समितिको बैठकलाई संवोधन गर्दै पुर्वमन्त्री समेतर रहनु भएका लामाले यस्तो बताउनु भएको हो । प्रकोपमा भएको क्षती होस् वा जिल्लामा विकासका योजनामा होस् आफूलाई मात्रै केन्द्रमा राखेर स्वार्थ हेर्ने प्रवृतीले जिल्लाका नागरिक दायित्वबाट पछि हट्दै गएको लामाले दावी गर्नुभयो ।
‘प्रकोपबाट भएका क्षेतीका नाममा सानो केही भएपछि धेरैको मुचुल्का बनाउने काम जिल्लाभरबाट भएको छ’ बैठकलाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य लामाले भन्नुभयो, ‘मृतकको क्षतीको विवरण एपकन नहुने, सुरक्षा निकायलाई प्रभावित पार्ने कामले राज्यलाई पनि समस्या भएको छ ।’
प्रदेश सरकारसँग पनि राहतका नाममा प्रयाप्त बजेट नभएको प्रतिक्रिया दिनु भएका लामाले जिलका स्थानीय तह, सञ्चारकर्मीले राम्रो सँग काम गरेको खण्डमा धेरै विषय सिस्टममा आउने दावी गर्नुभयो । समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारीको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य लामासहित प्रदेश सभा सदस्य बीजय बोहरा, जुम्कीत लामा, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, खार्पुनाथका अध्यक्ष कर्ण रावल, ताँजकोट, चंखेली, सिमकोट, नाम्खाका उपाध्यक्ष, जिल्लामा कार्यरत सञ्चारकर्मी, कार्यालयका प्रमुखसहितको उपस्थित रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।