चैत १६, काठमाडौं । तेस्रो पटक आयाृजना गरेको नेपाल लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेका छन् भने १५ वटा योजनाको संझौता भएको छ।
राजधानी काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका लागि १७ वटा आवेदन परेका हुन । ‘आवेदन दिने मिति अप्रिल २० सम्म छ तर, अहिले नै हामीले तोकेको राजश्व तितेर १७ आवेदन परेको छ’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले भने ।
अधिकारीका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् । जसमा भक्तपुरमा सम्मेलन केन्द्र, लुम्बनीमा मेट्रोनिटी सेन्टर, वीरगञ्जमा लजिस्टिक सेन्टर बनाउने आयोजना छन् । यस्तै पश्चिम सेती र तमोर जलविद्युतमा आवेदन परेको छ । अरु आयोजनाको नाम भने लगानी बोर्डले खुलाएको छैन ।
सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘सो(केस’मा राखिएको थियो । यसमा आवेदन दिने समय २० अप्रिलसम्म छ । ‘एउटा मात्र वा एकभन्दा बढी प्रस्ताव आयो भने मूल्यांकन गरेर निर्णयमा पुग्छौं’ अधिकारीले भने, लगानी सम्मेलनको समापनका क्रममा १५ सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।
चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने सम्झौता भएको छ । यस्तै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धतापत्रमा पनि हस्ताक्षर भएको छ । भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सजतल कम्पनीले ऋण दिने गरी सम्झौता गरेका हुन् ।
यस्तै गैरआवासीय नेपाल संघ ९एनआरएनए० ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने सम्झौता भएको छ । यो वर्ष नै गैरआवासीय नेपालीहरुबाट १० अर्ब लगानी जुटाउने एनआरएनएको दाबी छ ।
यसैगरी सिमरा सेज पीपीपी मोडलमा बनाउन लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमसँग समझदारी भएको छ भने बनेपामा हिमालय बुटिक, ग्रिन वेयर हाउस लगायतको समझदारी पनि भएको छ ।