सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश सरकारको प्रथम अधिवशेन आगामी भदौं २९ र ३० गते आयोजना गर्ने भएको छ ।
कर्णाली प्रदशेको राजधानी सुर्खेतमा सम्पन्न प्रदेश कमिटिको बैठकले पार्टी केन्द्रको निर्णय अनुसार प्रथम प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य तथा कर्णलीका प्रशिक्षण विभागका इन्चार्ज विष्णु रिजालले जानकारी दिए ।
बैठकले पार्टीका सदस्यता नविकरण यहि असार १५ गते भित्र सक्ने, पार्टीको नेता तथा कार्यकर्तालाई प्रतिशिक्षत गर्न प्रदेश स्तरको प्रशिक्षक प्रशिक्षण (TOT) तालिकाको आयोजना गर्ने निर्णय गरेको एमाले कर्णाली प्रदेश कमिटिका प्रचार इन्भचार्ज तथा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
बैठकले प्रदेश, जिल्ला र पालिका तहमा प्रचार विभाग बनाउने, जनसंगठनका कामलाई ब्यवस्थित गर्ने निर्णय गरेको छ नेता आचार्यले नेपालवोटसँग भने, ‘बैठकले प्रदेश मातहतका दश वटै जिल्लाका बैठक यहि असार २० गते भित्रमा आयोजना गरेर अन्य पार्टीका काम अघि बढाउने निर्णय गरेको छ ।’
पार्टीका प्रदेश अध्यक्ष विनोद शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटीलगायत कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।