सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँपालिकामा दुई वटा ‘स’ लाई प्राथमिकतामा राख्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०।०८१ के नीति तथा कार्यक्रमको अन्तिम चरणमा पुगेको जनाएको नाम्खाले सडक र सञ्चारलाई प्राथमिकता प्रदान गर्ने भएको छ । संविधानले गरेको व्यवस्था अनुसार असार १० गते नैं बजेट ल्याउने तयारी गरेको नाम्खाले सडक र सञ्चार बिना अन्य विकास संभव नहुने भएकाले आफूले आगामी वर्षमा दुई ‘स’ लाई प्राथमिकतामा राखेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले जानकारी दिए ।
‘सडक र सञ्चार विना अरु विकासको संभवना कम हुँदो रहेछ । गाउँपालिकाका दुई वटा गाउँमा मात्र सडक र सञ्चारको पूर्वाधार निर्माण भएको छैन्’ अध्यक्ष लामाले नेपालवोटसँग भने, ‘सडक र सञ्चारको पूर्वाधार नभए कुनै पनि विकासको योजना पुरा हुने रहेनछ । त्यसैले आगामी वर्षमा हामीले नाम्खाको वार्षिक नीति तथा कार्यक्रममा सडक र सञ्चारलाई पहिलो प्राथमिकतामा राख्ने तयारी गरेका छौं ।’
जिल्लाको भर्जिन ल्याण्डका रुपमा रहेको नाम्खालाई कृषि क्षेत्रलाई आत्म निर्भर बनाउनका लागि आधुनिकिकरण गर्न लागेको उल्लेख गरेका लामाले जिल्लाका सात स्थानीय तहमध्ये गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्ने नाम्खा पहिलो पालिका भएको दावी गरे । ‘परम्परागत कृषि प्रविधिका कारण लगानी अनुसार कृषि क्षेत्रले अपेक्षित उपलब्धी हाँसिल गर्न सकेको छैन् । त्यसैले हामीले गएको आर्थिक वर्ष देखिनैं पालिकाका अगुवा कृषकहरुलाई आधुनिक कृषि औजार वितरणको कामलाई अघि बढाएका छौं’ उनले थपे ‘कम लागतमा बढि उत्पादन गर्ने र शंशारको ठूलो जनसंख्या भएको छिमेकी मुलुका चीनको ताक्लाकोट बजारमा भएपनि पैठारी गर्ने सोचका साथ हामील्े कृषिलाई आधुनिकिकरण गर्ने सोच अघि सारेका छौं ।’
चीनका दुई शहरसँग भगेनी सम्बन्ध बिस्तार गर्ने
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमा जोडिएको नाम्खाले चीनका दुई शहरसँग भगेनी सम्बन्ध बिस्तार गर्ने प्रस्ताव अघि सारेको छ । गाउँकार्यपालिकाको बैठकले निर्णइ गर्दै सिममा जोडिएको पुराङ काउन्ट्री र अर्को विकसित शहरसँग नाम्खाले भगेनी सम्बन्ध बिस्तारको पहल अघि बढाएको पालिका अध्यक्ष लामाले बताए ।
‘सिमा जोडिएको भएपनि हामीले जुन प्रकारको सहयोग चिनसँग लिनु पर्ने हो त्यो लिन सकेका छैनौं । हाम्रो झण्जटिलो परराष्ट्र नीति र हरेक कुरा केन्द्रका विभिन्न निकायमा धाउनु पर्ने बाध्यताका कारण हामीले पाउनु पर्ने सहयोग नपाएको हौंं’ अध्यक्ष लामाले भने ‘अब आप्mनै तबरबाट सम्बन्ध बिस्तार गर्न र साँस्कृतीक गतिविधि, एक आपसमा भेटघाट तथा सानातिना काममा सहयोग आदानप्रदानका लागि केन्द्रको निर्देशन कुरिरहन नपर्ने गरी चीनका दुइै शहरसँग हामीले भगेनी सम्बन्धको प्रस्ताव परराष्ट्र, गृह र सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल स्थित चीनियाँ दुतावासमा समेत अघि बढाएका छौं । आशा छ, यो स्विकृत भएर हामीले भगेनी सम्बन्ध स्थापित गरेको खण्डमा नाम्खा मात्रै नभएर हुम्लाका लागि समेत राम्रो हुनेछ ।’
पहिलो आर्थिक वर्षको प्रगती ५० प्रतिशत मात्रै
गाउँपालिकाले दोस्रो कार्यकालको पहिलो वर्षको काम प्रति ५० प्रतिशत मात्रै सन्तोष्ट भएको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।
विभिन्न कारणले आप्mनो कार्यकालको पहिलो वर्ष चाहेर पनि थुप्रै काम हुन नसकेको स्विकार गरेका लामाले विभिन्न नियमावली, कार्यविधि निर्माणमा भएको ढिलाईका कारण जुन सोचका साथ पालिकाले प्रगती हाँसिक गर्नु पर्ने थियो त्यो भएन । कार्यकालको पहिलो वर्ष आप्mना लागि अध्ययन र कानून निर्माणको चरणमा रहेको उल्लेख गरेका लामाले पाँच वर्षको लक्ष्यलाई पुरा गर्न चार वर्षका लागि ठूलो चाप आफूमा परेको बताए ।