सिमकोट । पुँजिगत तर्फको बजेट भन्दा चालुतर्फको बजेट दोब्बर गर्दै हुम्लाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेका छन् ।
संवैधानिक व्यवस्था मुताविक जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजाकोटले आइतबार नीति तथा कार्यक्रम सहित वाषर््िक बजेट ल्याएका हुन् ।
सिमकोटको बजेट ४९ करोड ६७ लाख
जिल्ला सदरमुकाम समेत रहेको सिमकोटले आगामी आर्थिक वर्षको बजेट ४९ करोड ६७ लाख ६ सयको बजेट सार्वजनक गरेको छ ।
विकासे बजेटका रुपमा चिनिने पुँजिगत भन्दा चालुतर्फ झण्डै दोब्बर बनाएर सिमकोटले बजेट ल्याएको छ । सातौ गाउँसभाको दोस्रो दिन बसेको बैठकमा सिमकोटका उपाध्यक्ष शुसिला रोकायाले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सिमकोटले चालुतर्फ ३३ करोड ५१ लाख ५८ हजार र पूँजिगततर्फ १६ करोड १५ लाख ८ हजारको बजेट सार्वजनिक गरेको छ । सिमकोटले कूल बजेटको ६७ दशमलव ४८ प्रतिशत चालुतर्फ र ३२ दशमलव ५२ प्रतिशत पुँजिगततर्फ बजेट विनियोजन गरेको छ ।
आर्थिक विकासतर्फ ७४ लाख ८ हजार, सामाजिक विकासतर्फ ९ करोड, ५८ लाख ६६ हजार, पूर्वाधार ११ करोड ४५ लाख ५० हजार, वन वातावरण र विपत व्यवस्थापनतर्फ १ करोड २९ लाख ३८ हजार, शुसाशन तथा संगठन बिकासतर्फ ९ करोड ५८ लाख ६६ हजार, कृषि तथा पशु विकासतर्फ २० लाख, शिक्षा यूवा तथा खेलकुद विकासतर्फ १ करोड ६५ लाख, स्वास्थ्य तफा पोषणतर्फ ३० लाख, महिला वालवालिका तथा अपांगतातर्फ १५ लाख रकम विनियोजन गरेका छौं’ उपाध्यक्ष रोकायाले भन्नुभयो, ‘बजेटले न्यायीक समितितर्फ ८ लाख र गाउँपालिकाको तर्फबाट प्रत्येक वडालाई ३० लाखको सिलिंग दिएकाले त्यही अनुसार बजेट विनियोजन गरिएको छ ।’
कर्मचारीको कल्याणकारी कोषका लागि १० लाख, विपत व्यवास्थापनमा १० लाख बजेट सार्वजनिक गर्नु भएको छ । यसैगरी कृषि रैथाने कामका लागि आगामी वर्ष पालिकाको आन्तरिक आम्दानी ८० लाखको लक्ष्य निर्धारण गरिएको गाउँपालिका उपाध्यक्ष रोकायाले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी प्रतिरोधके अध्यक्षतामा बसेको सातौं औं गाउँसभाले शनिबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आइतबार प्रस्तुत बजेट सर्वसम्मत रुप्मा पारित गरेको छ ।
सिमकोटले जेठ ३२ सम्मको यथार्थ आम्दानी र खर्च समेत प्रस्तुत गरेको छ । सिमकोटले आ.व २०७९।०८० को लागि प्रक्षेपित कुल आय रु. ६८ करोड २० लाख ४४ हजार मध्ये रु. ६६ करोड ८७ लाख ५७ हजार प्राप्ति भएको देखिन्छ । जसमध्ये , आन्तरिक स्रोतबाट रु. ६५ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण, राजस्व वाँडफाँड बाट रु. ६६ करोड २२ लाख ५७ हजार रहेको छ ।
त्यसैगरि, आ.व २०७९।०८० को कुल खर्च गत जेठ ३२ सम्म रु. ४१ करोड ७६ लाख ६१ हजार भएको देखिन्छ । जुन अनुमानित खर्चको ६२ प्रतिशत हुन जान्छ । त्यसैगरि कुल खर्च मध्ये चालु खर्च रु. २५ करोड ५ लाख ९६ हजार ९६.५० र पुँजिगत खर्च रु. १६ करोड ७० लाख ६४ हजार ९४.५० भएको छ ।
खार्पूनाथले ल्यायो ३८ करोड ६९ लाख ७५ हजार १४५ को बजेट
खार्पूनाथ गनउँपालिकाको १३ औं गाउँसभाले ३८ करोड ६९ लाख ७५ हजार १४५ को वार्षिक बजेट सार्वजनिक गरेको खार्पुनाथ गाउँपालकाले पनि चालु बजेट पूँजिगत भन्दा दोब्बर बढि विनियोजन गरेको छ ।
गाउँपालिकाको केन्द्र यांचु बगरमा उपाध्यक्षका तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले प्रस्तुत गर्नु भएको बजेटमा चलुतर्फ २४ करोड पुँजिगततर्फ १३ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार सम्पन्न भएको १३ औं गाउँसभामा गाउँपालिकाका तर्फबाट वडा नम्बर १ का अध्यक्ष जयबहादुर शाहीले प्रस्तुत गर्नु भएको करको दायरा वृद्धी गर्ने सम्बन्धी नीति २०८०, वडा नम्बर ५ का अध्यक्ष भरतजंग शाहीले प्रस्तुत गर्नु भएको सञ्चित कोष ऐन २०८०, वडा नम्बर ४ का वडा अध्यक्ष रंगमती शाहीले प्रस्तुत गर्नु भएको मध्यकालीन खर्च सञ्चालन ऐन २०८०, र वडा नम्बर २ का अध्यक्ष चन्द्र रावलले प्रस्तुत गर्नु भएको एम्बुलेन्स सञ्चालन कार्यविधि २०८० लाई सर्वसम्मत रुपमा पारित भएको घोषणा सभाका अध्यक्ष कर्ण रावलले गर्नु भएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
अदानचुलीले ल्यायो २५ करोड ६० लाख ८४ हजार ६७६ को बजेट
आइतबारसम्पन्न भएको अदानचुली गाउँपालिकाले २५ करोड ६० लाख ८४ हजार ६७६ को बजेट ल्याएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले जानकारी दिए । ढिक्का बजेटका रुपमा पास गरेको अदानचुलीले आजदेखि बस्ने गाउँसभामा बजेटको बारेमा छलफल गर्ने बताए ।
‘हामीले अबको १५ दिन भित्रमा व्यापक छलफल गरेर बजेटको ब्रेकडाउन गरेर पालिकाको रातो किताब निकाल्छौं’ अध्यक्ष सिंहले भने, ‘हामीले १५ सैयाको अस्पताल, पालिकाको आप्mनै प्रशासकीय भवन निर्माण, हरेक वस्तीमा सडकको पहुँच बिस्तारको नीति सहितको बजेट हामीले ल्याएको छौं ।’
सर्केगार्डको बजेटः सडकमा प्राथमिकताः अध्यक्षदेखि वडा अध्यक्षको कोष
जिल्लाको सर्केगाडले ४७ करोड ७६ लाख बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका सबै वडामा सडक सञ्जालमा जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । सर्केगार्डले एक वडा एक सडक कार्यक्रम सार्वजनिक गरेको छ ।
बराई सडकमा १ करोड ६० लाख, रिप व्यूबारा सडक १ करोड रकम विनियोजन गरेको छ । सर्केगार्डले नागरिकसँग अध्यक्ष कोष, उपाध्यक्ष कोष र वडा अध्यक्ष कोषमा रकम विनियोजन गरेको छ । बजेटमा सर्केगार्डले गाउँ प्रहरी गठन गर्ने कार्यक्रम ल्याएको छ । त्यसमा १५ लाख रकम विनियोजन गरेको छ ।
उता ताजाकोट र नाम्खा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
आइतबार टेफिोन र नेटमा समस्या आएका कारण नाम्खा र ताँजकोटको बजेटका बारेमा भने कुनै जानकारी प्राप्त हुन सकेको छैन् । यद्यपी शनिबार र आइतबार पेश भएको नीति, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेका खबर प्राप्त भएको छ ।
बजेट नल्याउनेमा चंखेली मात्रै
सातवटा स्थानीय तह भएको हुम्लामा चंखेली गाउँपालिकाले मात्रै आइतबार बजेट ल्याउन सकेन । आन्तरिक तयारीमा रहेको उल्लेख गर्दै चंखेली गाउँपालिकाले अबको केहि दिन भित्रमा नीति, कार्यक्रम र बजेट ल्याउने बतमाएको छ । नेपालको संविधान अनुसार असार १० अर्थात आजै आगामी आर्थिक वर्षको बजेट ल्याउने नीति भएपनि चंखेलीले १५ गते भित्रमा बजेट ल्याउने गाउँपालका अध्यक्ष प्यारिलाल शाहीले जानकारी दिए ।