सिमकोट । लामो समय पार्टी भित्र जारी आन्तरिक कलहको समाधान गर्दै नेकपा (एमाले) हुम्लाको सातौं जिल्ला कमिटि बैठक सम्पन्न भएको छ ।
दुई दिनसम्म जिल्ला सदरमुकाम सिमकोटमा जारी बैठकले २०७९ वैशाख ३० र मंसिर ४ गते सम्पन्न स्थानीय तह र प्रदेश सभा एवम् प्रतिनिधि सभा निर्वाचनको समिक्षा सहित सहतमै आएको आन्तरिक विवादको समाधान गरेर एकताको सन्देश सहित बैठक सम्पन्न भएको एमाले हुम्लाका अध्यक्ष कलबहादुर हमालले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नगिन्द्र शाही (नेशलन)को प्रमुख आतित्थ्यमा सम्पन्न भएको बैठकले पार्टी केन्द्रीय सदस्यद्धय दल रावल र दल फडेराबीच भएको विवादालाई समाधान गरेको जिल्ला अध्यक्ष हमालले जानकारी दिए ।
‘मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका केन्द्रीय सदस्यद्धय रावल र फडेरबीचको तिक्तता सतहमै गएपनि जिल्ला पार्टी भित्र खेमामा विभाजित भई समिक्षा समेत हुन सकेको थिएनन्’ पार्टी अध्यक्ष हमालले भने, ‘जिल्लाका नेताहरुको लामो प्रयास पछि कर्णाली प्रदेशको बैठकबाट शुरु भएको दुई नेताहरुको समिक्षाले सफलता पूर्वक पार्टीलाई एकिकृत बनाउँदै जिल्ला कमिटिकौ बैठक सम्पन्न भएको हो ।’
नेताहरु बीचको विवादले जिल्ला पार्टी अगाडी बढाउन समस्या भएपछि विगतका आआप्mना कमीकमजोरीहरुको आत्मआलोचना गर्दै आगामी दिनमा पार्टीगत हितमा एकतावद्ध भएर लाग्ने प्रतिवद्धता दुई नेताहरुले जिल्ला कमिटिको बैठकमा जनाएपछि हुम्लाको एमाले अब एकताबद्ध भएको एमाले जिल्ला इन्चार्ज शाहीले जानकारी दिए ।
'लामो समय आन्तरिक अल्झनमा रहेको एमाले हुम्लाभित्रको समस्या दिर्घकालिन रुपमा टुंगिएको छ' जिल्ला इन्चार्ज शाहीले भने, 'नयाँ सन्देश र नयाँ उर्जाका साथ प्रदेश र जिल्लाका नेताहरुको कार्य विभाजन गर्दै सातो जिल्ला कमिटि बैठक ऐतिहाँसिक रुपमा सम्पन्न भयो ।'
बैठकले प्रदेश कमिटि र जिल्ला कमिटिका नेताहरुको जिम्मेवारी सम्बन्धित भूगोलमै तोक्ने निर्णय गरेको पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिए । यस अघि मिसन ग्रास रुटको बेला एक क्षेत्रको नेता अर्को भूगोलमा खटाउने केन्द्रको नीतिमा परिवर्तन गर्दै बैठकले सम्बन्धित भूगोलको नेतालाई उहि भूगोलमा कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ । भखैरै सम्पन्न भएको प्रदेश कमिटि बैठकबाट नयाँ जिम्मेवारी प्राप्त गर्नु भएको मंगल लामालाई बधाई दिएको बैठकले पार्टीको सांगठानिक अवस्थाका बारेमा जिल्लाका सातवटै पालिका कमिटिका अध्यक्षहरुको प्रतिवेदन, जिल्ला सचिवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई पारित गरेको छ ।
चालु आर्थिक वर्ष सकिन अब १२ दिन मात्र बाँकी रहेको वेलान जिल्लामा आएको बजेट ५६ प्रतिशत मात्र खर्च हुनुलाई अस्वाभाकि रुपमा लिएको एमाले हुम्लाले असारे विकासमा हतारले भुक्तानी दिने प्रवृतीले लगानी अनुसारको प्रतिफल नदेखिने विषयमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्दै स्थानीय तह, प्रदेश मातहतका कार्यालय र संघ मातहतका कार्यालयमा बढ्नै गएको अनियमितताको खबरदारी गर्न मातहतका कमिटिलाई निर्देशन समेत दिएको छ ।
जिल्लाभरका शुवस्तुमा लागेको लम्की स्क्रिन रोगका कारण जिल्लाका किसान ठूलो मारमा पर्दा पनि सरोकारवाला निकायले औषधोउपचार तर्फ ध्यान नदिएको भन्दै रोगका कारण लाखौको मूल्यका पशुवस्तु गुमाएका किसानलाई राहतका कार्यक्रम ल्याउन तीनै तहका सरकार समक्ष माग गरेको छ ।