सिमकोट । नेकपा (एमाले) का केन्द्रीय सदस्य दल रावलले राष्ट्रिय शिक्षक संगठन देशका नेताहरु उत्पादन गर्ने कारखाना भएको बताएका छन् ।
शिक्षक संगठन हुम्लाको २३ औं जिल्ला परिषद बैठक बैठकको उद्घाटन शत्रलाई संवोधन गर्दै कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य रावलले सबै क्षेत्रको नेतृत्वको उत्पादन गर्ने शिक्षक संगठनमा आवद्ध नेताहरुले कहिल्यै हरेस खान नहुने प्रतिक्रिया दिए ।
नेपाल कम्युनिस्ट आन्दोलनमा नेपालको वौद्धिक वर्ग शिहक्षक संगठन हो रावलले भने तपाईहरु नेपालको, हुम्लाको वौद्धिक वर्ग हो, राष्ट्र निर्माण गर्ने दोहोरो भूमिका निर्वाह गर्ने शिक्षक एमालेको संगठन निर्माण गर्ने अहम् भूमिका छ ।
एमालेमा आवद्ध शिक्षक संगठनका सदस्यहरु अत्यान्तै असल र क्रियासिल हुने पर्ने उल्लेख गरेका रावलले हरेक नागरिकको उज्वल भविष्य निर्माण गर्ने गुरुहरुको सक्रिया विना कुनैपनि दल सफल नहुने दावी गरे ।
कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव रुपा शाहीले स्थानीय तहको नेतृत्व गरेका दलहरुले विद्यालयमा आप्mना कार्यकर्ता भर्ति गर्ने काम गरेका आरोप लगाइन् । आप्mनो दलको झण्डा समातेर हिड्ने कार्यकर्तालाई करारका रुपमा शिक्षक भर्ति गर्ने काम जिल्लाका स्थानीय तहले गरेको बताएकी शाहीले संगठनलाई चलाएमान गर्न आफू र पार्टीको प्रदेश कमिटि तत्पर भएको उल्लेख गरेकी छन् ।
संगठनका जिल्ला अध्यक्ष हरिप्रसाद जैशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले हुम्लाका उपाध्यक्ष डबल रात, प्रदेश कमिटि सदस्य ज्ञामी बुमी, पूर्णप्रसाद ढकाल, प्रेस चौतारी केन्द्रयि अनुशासन आयोगका अध्यक्ष नवराज महतारा, नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहरा, शिक्षक संगठनका प्रदेश सदस्य अमरबहादुर शाही लगायतका नेताहरुले संगठनको महत्वका बारेमा चर्चा गरेका थिए ।