सुर्खेत । प्रचारको काममा आम्दानीको खर्च नगर्ने तर परिणाम शतप्रतिशत खोज्ने प्रवृतीका कारण नेकपा (एमाले) माथि ठूलो हमला भएको एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
नेकपा (एमाले) कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको चाथौं बिस्तारित बैठकलाई संवोधन गर्दै प्रचार प्रमुख गौतमले आप्mनो आम्दानीको केही अंश प्रचारमा हरेक नेता र कार्यकर्ताले खर्च गरेर प्रचारको कामलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
हाम्रोमा प्रचार कार्यलाई एक पैशो खर्च नगर्ने तर परिणाम मात्रै खोज्ने प्रवृतीकै कारण एमाले पार्टी र एमालेका नेताहरुप्रति चौतर्फी आक्रमण भैरहेको छ’ गौतमले भने, सूचना प्रविधिको यूग अनुसारका प्रचारका काम गर्नका लागि अब हरेक नेता र कार्यकर्ता देखि जननिर्वाचित पदाधिकारीले कञ्जुस्याई गर्नु हुदैन ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको नेतृत्वमा आएपछि प्रचारको कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रदेश स्तरमा केन्द्रीय सदस्यलाई प्रचार कामको संयोजनको जिम्मेवारी दिएर पठाएको उल्लेख गर्दै आचार्यले देशका सातवटै प्रदेशमा प्रचारको योजना तर्जुमा सम्बन्धि बैठक बसेर पार्टी प्रचारका कामलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘चारवटा प्रदेशका योजना तर्जुमा बैठक सकिएपनि कर्णालीको प्रचार तथा प्रकाशन विभागले एकै पटक तीनवटा UML Karnali को नामबाट सामाजिक सञ्जाल टिकटक, युटुव र फेसवुक पेज लञ्च गरेको प्रसंग उल्लेख गर्दै कर्णालीलाई कसैले पनि उछिन्न सकेको छैन्’ गौतमले भने ।
एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठकमा केन्द्रीय कमिटीका समन्वयकर्ता निरज आचार्यले कर्णाली प्रदेश प्रचारको कार्य योजना, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले समग्र पार्टी प्रचारका विषय, एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख नवराज महताराले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशमा प्रेस चौतारीका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
बैठकमा एमाले उपमहासचिव प्रदिप ज्ञावली, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी, एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाह, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरुले प्रचारको महत्वका बारेमा आप्mना बिचार व्यक्त गर्नु भएको छ ।
एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमूख सुर्यमणी गौतमको अध्यक्षतामा बसेको बैठकमा एमाले कर्णाली प्रचार तथा प्रकाशन विभागका सदस्य, पार्टीका दशवटैं जिल्लाका प्रचार विभाग प्रमुख र सचिव, प्रेस चौतारी नेपालका इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय सदस्य र प्रदेश कमिटी पदाधिकारीहरुको सहभागिता रहेको नेकपा (एमाले) कर्णाली प्रदेश प्रचार तथा प्रकाश विभागले जनाएको छ ।