सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रचार तथा प्रकाशन विभागले पार्टीका गतिविधिलाई सूचना र प्रविधिका माध्यमबाट नागरिकमा पु¥याउन एकै पटक तीन वटा सामाजिक सञ्जालको शुरुवात गरेको छ ।
गाउँगाउँमा इन्टरनेट सेवाको पहुँच पुगेपछि विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढेको भन्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रचार तथा प्रकाशन विभागले www.karnali.cpnuml.org अनलाइन, uml karnali को नामबाट टिकटक, यूटुव र फेसवुक पेज एकै पटक सञ्चालनमा ल्याएको पार्टीका केन्द्रीय सदस्य तथा प्रचारका समन्वयकर्ता निरज आचार्यले जानकारी दिए ।
‘पार्टी सत्तामा हुँदा वा प्रतिपक्षमा हुँदा भएका लोकप्रीय कामका बारेमा नागरिकलाई जानकारी दिन नसकिएकै कारण एमालेप्रति विभिन्न भ्रम छर्ने काम शुरु भएको छ’ केन्द्रीय समन्वयकर्ता आचार्यले भने ‘त्यसका बारेमा एकै साथ शंशारभरका नागरिकलाई जानकारी दिन हामीले एमाले कर्णालीको नाममा सामाजिक सञ्जाल टिकटक, फेसवुक, युटुवको शुरुवात गरेका हौं ।’
सुर्खेतमा आयोजित विभागको योजना तर्जुमा बिस्तारित बैठकमा एमाले उपमहासचिव प्रदिव ज्ञावलीले एमाले कर्णाली प्रदेशको अनलाइन, टिकट, फेसवुक र युटुवको एकसाथ शुरुवात गरेका हुन् ।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चार माध्यममा हुने प्रपोगाण्डालाई मात्र नियन्त्रण गर्नका लागि कर्णालीको प्रचार तथा प्रकाशन विभागले शुरुवात गरेका सबै सञ्जालले पार्टीका बारेमा नागरिकलाई जानकारी दिन सहज हुने बताए ।
‘अहिले नेपाली समाज अफवाहको सिकार बनिरहेको छ, हुुँदै नभएको कुरा मिसन बनाएर कसैलाई सकाउने योजनाका साथ भइरहेका छन । अर्थात मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त हुन पुगेको छ,’ ज्ञवालीले भने, ‘मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दी चलिरहेको छ, यसलाई तोडन जरुरी छ, मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दीलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजान लाग्नुपर्छ ।’
बैठकमा प्रदेश प्रचार तथा प्रकाशन विभागको तर्फबाट केन्द्रीय सदस्य तथा प्रचार समन्वयकर्ता निरज आचार्यले प्रस्तुत गरेको वार्षिक कार्य योजना पारित भएको छ । आचार्यले प्रस्तुत गरेको कायएयोजना अनुसार एमाले कर्णालीले प्रदेशका दशवटै जिल्लाबाट कम्तीमा ५ सय देखि ५ हजारको संख्यामा ह्वाट्यपमा जोड्ने, हरेक जिल्लाले दशैको अवसरमा हरेक जिल्लाले साँस्कृतीक कार्यक्रमको आयोजना गर्ने योजना पारित गरेको छ । आगामी वैशाख महिनासम्म तयार पारिएको योजनामा प्रदेश विभागमा २ जना र जिल्लाका प्रचार विभागमा कम्तिमा १ जना सामाजिक सञ्जालको क्याम्पेन गर्नसक्ने ब्यक्ति राखिने छ ।
‘एमालेप्रतिको जनलहर वृद्धी गर्दै पार्टीका गतिविधिलाई आम नागरिक र कार्यकर्तासम्म पुर्याउन पार्टी गतिविधि, पार्टी नेतृत्वको अपिललाई प्रचारका प्रदेश र जिल्लाका लागि बनेका भिडियो कन्टेन्टहरु नियमितरुपमा ह्वाटस एप, म्यासेन्जर, र भाईवर ग्रुपमा प्रेसित गर्नै कामर्ला निरन्ततरता दिइने छ’, आचार्यले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख गरिएको छ ‘पार्टीको बैचारिक मुख पत्रका रुपमा कर्णालीलाई अगामी प्रदेश अधिवेशनमा लोकापर्ण गर्ने गरी प्रकाशन गरिने छ ।’
एमाले कर्णालीले आगामी वैशाखमा प्रदेश तहमा एक दिने कार्यक्रम बनाएर देशभरका लेखक, बुद्धिजीवि कलाकारलाई कर्णालीमा बोलाएर प्रदेशका विशेषतामा आधारित ठूलो ईभेन्टको आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
बैठकमा एमाले केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्यद्धय यामलाल कँडेल, गोरखबहादुर बोगटी प्रदेश अध्यक्ष विनोद कुमार शाहले पार्टीको प्रचारका कामलाई व्यस्थि तगर्न कार्य योजनाको कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।