सुर्खेत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले निर्वाचन जितेका तहमा राम्रो गर्ने र हारेका स्थानमा सत्ता पक्षलाई राम्रो गर्न बाध्य बनाउने कार्यभार पार्टीको भएको बताउनु भएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको स्कुल विभागले आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई संवोधन गर्दै दैलेख जिल्ला इन्चार्ज समेत रहनु भएका स्थायी कमिटी सदस्य कँडेलले पार्टी भित्र पूर्व मान्यता र प्रभावका कारण प्रस्तु हुने प्रवृतीका कारण पार्टीकाृ आकार खुम्चीदै गएको बताउनु भएको छ ।
पार्टीका हरेक तह र तप्कामा पूर्व मान्तयता पूर्व प्रभावमा प्रस्तुत हुने प्रवृतीले पार्टीमा समस्या सृजना भएको देखिन्छ’ नेता कँडेलले भन्नुभयो, ‘अनुहारका आधारमा विष्लेषण गर्ने, जिम्मेवार दिने, बिचार गर्ने कुराले पार्टी भित्र संकुचितपन बढेदै गएको छ । जसले पार्टीमा नेता बढेपनि मत घट्दै गएको देखिन्छ ।’
कमरेड भन्नु भएका त ठिकै हो तर मेरो भन्दै प्रस्तुत हुने कुराले पार्टी निर्माण हुन सक्दैन् तर खाली दिमागका कारण प्रस्तुत हुने हाम्रा बानीका कारण पार्टी भित्र नेताको संख्या बढ्ने तर कार्यकर्ता र मतदाताको संख्या घट्दै गएको दावी उहाँले गर्नुभयो ।
हिजोको सदिनमा पार्टी भित्र थोरै थियौ, कमिटी निरंकुश थियो तर आज ६२ हजार पार्टी सदस्य छौं, २४ हजार पार्टी कमिटीमा आवद्ध नेताहरु छौं । यद्यपी अभियानमा पार्टी सदस्यता नविकरण गर्नेको संख्या नेताको संख्या अर्थात २४ हजार भन्दा तलै छौं । यसले हाम्रो पार्टी संगठन कतातर्फ जाँदैछन् भन्ने कुरा छर्लङ्ग बनाएको छ’ उहाँले थप्दै भन्नुभयो ‘जबसम्म हामीले नाफा र नोक्सानको हिासबल गरेर बिचार बनाउने कुराको अन्त्य गर्दैनौं तबसम्म पार्टीलाई सुदृढ बनाउने काममा पनि चुक्दै जान्छौं । हामीलाई पनि सत्ता संघर्षमा सामेल हुँदा नापा नोक्सानको हिसाबको लसपस लागेको छ ।’
नेता ठूलो हुने तर आप्mनो वडा र पालिकामा चुनाव हार्ने नेताहरुको संख्या बढ्दै जानु नैं एमाले कमजोर हुने पहिलो कारक भएको उल्लेख गर्नु भएका नेता कँडेलले गुरु बन्न सहज छ तर शिष्य बन्न कठिन हुने भएपनि शिष्यसहितको गुरु प्रशिक्षणका सहभागिलाई निर्देशन दिनुभएको छ ।
पार्टीले अब जितेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा राम्रो गरेर देखाउने, नजितेका तहमा जनताका मुद्धा उठाएर वा राम्रो काम गर्न बाध्य बनाएर नेकपा एमालेलाई अघि बढाउन निर्देशन दिनुभयो ।
तालिमको समापन कार्यक्रमलाई संवोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इनचार्ज गोरखबहादुर बोगटीले पार्टीको पाँच दिने प्रशिक्षणले कर्णालीमा ठूलो वौद्धिक जनशक्ति तयार भएको बताउनुभयो । सातवटा प्रदेश भन्दा प्रशिक्षणको आयोजना गर्ने कर्णाली पहिलो भएको उल्लेख गर्दै नेता बोगटीले कर्णाली प्रचार विभागलाई बधाई दिनुभयो ।
‘पार्टीले सञ्चालन गरेको पाँच दिने प्रशिक्षणमा दशवटै जिल्लाबाट सहभागि भएका पार्टीको
नेताहरु प्रदेश पार्टीको प्रशिक्षकका रुपमा तयार हुनु भएको छ । यो पार्टीको लागि सबैभन्दा ठूलो वौद्धिक सम्पत्ति हो’ स्थायी कमिटी सदस्य बोगटीले भन्नुभयो, ‘आगामी दिनमा पार्टीले सञ्चालन गर्ने हरेक प्रशिक्षकमा पार्टीको प्रदेश स्कुल विभागले उपयोग गर्न सक्नेछ ।’
उच्चतम क्षमतायुक्त पार्टीका नेताहरु निर्माण गर्ने उद्देश्यक प्रशिक्षणको रहेको बताउनु भएका पार्टी प्रदेशका अध्यक्ष तथा स्कुल विभागका प्रमुख विनोद कुमार शाहले पार्टी भित्रको अध्ययनको ढोका खुलेको छ । जेति जानेका छौं त्यसले धेरै जानेको मान्न नसकेको बताउँदै नेता शाहले पार्टी भित्रको बैचारिक र सैद्धान्तिक सिकाइको यात्रा कर्णालीमा प्रारम्भ भएको दावी गर्नुभयो ।
'जहाँ नेपाली छन् त्यहाँ एमाले हुने तर पनि निर्वाचन एमालेले हार्ने समस्या हामी भित्रै छ । म मात्रै भए सबै ठिक अरु भए सबै बेठिक भन्ने मान्यताले पार्टी भित्र ठूलो समस्याका रुपमा रहेको छ । यसलाई प्रशिक्षण दिन ठूलो आवश्यक छ' प्रदेश पार्टी अध्यक्ष शाहले भन्नुभयो 'लेलिनवादी र माक्सवादीका ठेही खरर पार्ने तर जिल्ला किमिटीको माइनट लेख्न नआउने समस्या हाम्रा कमिटी भोग्नु परेको छ ।'
पार्टी कमिटी भद्दा र ठूलो भएका कारण चलायमान हुन नसकेको उल्लेख गर्दै उहाँले आफूले गरेका कमजोरी नस्विकार्ने तर अरुको अस्थित्वलाई इन्कार गर्दै कमजोरी इंगित गर्ने प्रवृतीकै कारण पार्टी पछिल्लो अवस्थामा पुगेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णालीका समन्वयकर्ता विष्णु रिजाल, केन्द्रीय सदस्इ तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, केन्द्रीय स्कुल विभागका घनश्याम कोइराला लागयतका नेताहरुले आप्mना धारण राख्नु भएको थियो ।
नेकपा (एमाले) कर्णाली पदेश कमिटी पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम यहि असार २७ गतेदेखि शुरु भएको थियो । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदिप ज्ञावली, सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्यद्धय यामलाल कँडेल, गोरखबहादुर बोगटी, बद्री खनाल, घरश्याम कोइराला, विष्णु रिाजल, वाइपी आचार्य, गेहेन्द्र दाहाललगायतका नेताहरुले विभिन्न १३ वटा विषयमा प्रशिक्षण दिनु भएको थियो ।