काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृहमन्त्रालयको नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने बिषयको फेसवुक स्टाटसलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर ब्यूरोमा दिएको उजुरी दर्ता गराउन लगाएका उपप्रधान तथा गृहमन्त्री पुर्ववत अडननबाट अन्तत पछि हटेका छन् ।
जनता टाइम्स डटकमका प्रधान सम्पादक समेत रहेका चौतारी अध्यक्ष बस्नेतमाथि उजुरी दर्ता भएलगत्तै देशैभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रेससँग सम्बन्धित संघ संगठन एक भएपछि आप्mनो निर्णय पुर्नबिचारमा रहेका गृहमन्त्री श्रेष्ठ शनिबार प्रेस चौतारीसँग वार्ता गरेर पछि हेटेका हुन् ।
शनिबार प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई मन्त्रालयमै बोलाएर वार्ता गरेका गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीका उच्च अधिकारीलाई मौखिक निर्देशन दिदैं बस्नेत विरुद्ध साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता लिएका हुन् ।
गृहमन्त्री श्रेष्ठको आदेशमा चौतारीका अध्यक्ष बस्नेत विरुद्ध बुधबार साइबर ब्यूरोमा ठाडो उजुरी परेको थियो ।
अध्यक्ष बस्नेतलाई साइबर क्राइममा फाउन लागेको भन्दौ प्रेस चौतारीको देशभरका शाखा तथा अन्य पत्रकारका संघरसंगठनबाट चर्को विरोध भएपछि अन्ततः गृहमन्त्री उक्त उजुरी फिर्ता लिन बाध्य हुनु भएको बताइएको छ ।
'बस्नेत विरुद्धको उजुरी प्रति नेपाल पत्रकार महासंघ, सत्तारुढ दल नेपाली कांग्रेस निकट प्रेस यूनियन, समाजवादी प्रस संगठन लगायत देशभरबाट प्रेस क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले एकसाथ बिरोध गरेपछि मन्त्री ज्यूले बस्नेतसँगै बसेर उजुरी फिर्ता लिने मनस्थितीमा पुग्नु भएको हो', गृहस्रोतले भन्यो, 'मन्त्री ज्यू र प्रेस चौतारी अध्यक्ष बस्नेतबिच मन्त्रालयमै भलाकुसारी भएपछि विवाद साम्य भएको हो ।'
'उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आग्रहमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पुर्वअध्यक्ष राजेन्द्र अर्यालसहितको टोलीले मन्त्रालयमा सौहार्दपूर्ण गर्यो', गृहमन्त्रीसँगको वार्तामा बसेका प्रेस चौतारी नेपालका सचिव हरिबल्लव नेपालले भने, 'वार्तामा बस्नु अघि नैं मन्त्री ज्यूले सुरक्षा अधिकारीलाई मौखिक रुपमा उजुरी फिर्ता गर्न निर्देशन दिइसक्नु भएको थियो ।'
'भेटमा हाम्रो अध्यक्ष (गणेश बस्नेत) ले आफ्ना कुरा प्रष्ट रूपमा राख्नुभयो ।गृहमन्त्री र अध्यक्ष बचि नासा गुनासा गर्ने काम भयो । शुरुमै मन्त्री ज्यूले चौतारीको उजुरी फिर्ताको पहिलो माग विनासर्त पुरा गरेपछि सबै कुरा सकरात्मक बन्दै गयो', सचिव नेपालले थपे, 'सहमतिपछि प्रेस चौतारीले तय गरेक सम्पूर्ण आन्दोलनक कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेको हो ।'