काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी हुम्ला अब संगठन निर्माणमा लाग्ने जिल्लाका नेताहरुले बताएका छन् ।
नेकपा (एमाले) हुम्ला काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको जिल्ला स्तरिय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दैं एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पार्टी केन्द्रले मिशन ८४ अभियान सन्चालन गरेकाले हुम्लापनि संगठन निर्माण र पार्टी निर्माणमा लाग्न निर्देशन दिदैं अब सबैं पार्टी सदस्य र संगठन निर्माणमा लाग्ने बताउनु भयो ।
सानालाई चोप्ने ठूलोलाई उम्काउने अभियानमा एमाले छ । ‘मिशन ८४ लाई सफल बनाउनका लागि हामी लाग्नु पर्छ । हामी जतिसक्यो छिटो भूगोलमा जाउँं’ सुर्खेत जिल्ला ईन्चाज समेत रहनु भएका नेता बोगटीले भन्नुभयो ‘अरुलाई दोषको थुप्रो लगाएर सानालाई चोप्ने तर ठूला र आफ्नालाई उन्मुक्ति दिने धाउन्यमा लागेको प्रचण्ड नेतृत्वको सरकारका असली चरित्र गाउमा लिएर जानु पर्छ ।’
काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रमलाई संपोधन गर्दै एमाले हुम्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) ले एमालेमा यूवा र विद्यार्थीले सक्रिय नभएकैं कारण हिमाली क्षेत्रमा यूवा र विद्यार्थीहरुको आकर्षण पार्टीमा कम हुदैं गएको देखिन्छ ।
नेता बढि भएपनि गाउँमा कार्यकर्ताको स्तरमा एमालेको उपस्थिती कमजोर भएको उल्लेख गर्दै जिल्ला इन्चार्ज शाहीले थप्नुभयो, ‘हुम्लाको पार्टीमा खानिबेला लेखैनाई बुतोगर्ने बेला एकैनाई भन्ने उखान चरितार्थ भएको छ । त्यसलाई कम गर्नका लागि हाम्रा सबै नेता कमरेडहरु गाउँ जान अब ढिला गर्नु हुदैन ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य दल रावलले एमाले बीचार, संगठन र संधर्ष संयोजनको निकैं सफल पार्टी नेकपा (एमाले) भएकाले देशकै एक नम्बर र व्यवस्थित पार्टी भएको बताउनुभयो ।
‘कर्णालीको कम्युनिस्ट पार्टीको ईतिहांसको अग्रपंतिमा आउने नाम गोरखबहादुर बोगटी र छक्कबहादुर लामा जस्ता अग्रज, दल रावल र दल फडेराजस्ता युवा नेता र थुप्रै आश लाग्दा यूवाहरुको ठूलो पंति छ । यो सबैं पंतिलाई परिचालन गर्ने हो भने हुम्लाको एमाले एक नम्बर हुन समय लाग्दैन’ कर्णाली प्रदेशका पूर्व मन्त्री समेत रहनु भएका नेता रावलले थप्नुभयो ‘एमालेका हरेक नेता र कार्यकर्ता डिजिटल राजनीतिमा लागौं । हामी अप जिल्लाको संगठन निर्माण गर्छौं । एउटैं उद्देश्य भएकाले अब मिलेर लाग्नुको विकल्प छैंन । काण्ड ल्याएर सत्ता टिकाउन प्रचण्ड शैली अव धेरैं दिन टिक्दैन् ।’
सम्पर्क कमिटी पार्टीको निर्माणको ठूलो प्लेटफर्म भएको उल्लेख गर्दैं केन्द्रीय सदस्य दल फडेराले विगतको समयमा विभिन्न धुर्वमा विभक्त हुम्लाका नेताहरु अब संगठन निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘विगतमा आआफू नजिकका केहि व्यक्तिका कुराहरु सुनेर हामी नेताहरु बीचनै बेमेल देखिएका कारण एमाले हुम्लामा कमजोर बन्यो अब हामी एक ढिक्का भएर संगठन निर्माणमा लाग्छौं पार्टीलाई जिल्लाकै पहिलो शक्तिका रुपमा निर्मार्ण गछौं’ कार्यक्रममा फडेराले भन्नुभयो ।
एमाले हुम्ला काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष भरत रावतको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले हुम्लाका जिल्ला कमिटिका अध्यक्ष कलबहाुर हमाल, हुम्ला काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज धुर्व श्रेष्ठ, केन्द्रीय सल्लाहकार कमिटीका सदस्या छक्कबहादुर लामा, पार्टीको स्थानीय तह विभागका सदस्य खगेन्द्र कार्की, कर्णाली प्रदेश कमिटि सदस्य गोविन्दबहादुर शाही प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख नवराज महतारा, युवा संघका केन्द्रीय सदस्य उपेन्द्रजंग शाही, अनेमसंघ हुम्लाका अध्यक्ष मञ्जु रावल, अनेराव्यवियूका स्थायी कमिटि सदस्य हिक्मतजंग खड्का लगायतका नेताहरुले भनाई राख्नु भएको थियो ।