कालीकोट । नेकपा (एमाले) केन्द्रले सबै तहका कमिटी र संगठनलाई पार्टी निर्माण केन्द्रीत गराउने निर्णइ गरेसँगै कालिकोटको जिल्ला कमिटीले संगठन निर्माणको एक वर्षे कार्ययोजना निर्माण गरेको छ ।
जिल्ला पार्टी र सबै जनवर्गिय संगठनहरुले पूर्णता पाएपनि पार्टी किमटी र जनसंगठनलाई थप चलाएमान गर्न जिल्ला अधिवेशनको मिति
२०७९ साल माघमा नवौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनोट गरेको एमाले कालीकोटले केन्द्रीय निर्देशन अनुसार दशौं जिल्ला अधिवेशनको तयारी सहित आप्mनो कार्य योजना पारित गरेको एमाले केन्द्रीय सदस्इ तथा कालिकोट जिल्ला इन्चार्ज नवराज रावतले जानकारी दिनुभयो ।
‘एमाले कालिकोटले जिल्ला कमिटी, मातहतका सबै विभाग र जनसंगठनमा पुर्णता पाएको पाँच महिनामै जिल्ला अधिवेशनको आयोजना गर्ने मिति तय गरेको छ’, जिल्ला इन्चार्ज रावतले भन्नुभयो ‘परिवर्तित परिस्थिती, फेरिएको राजनीतिक अवस्था अनुसार पार्टीका कमिटी, जनसंगठनका कमिटीलाई थप गतिशिल बनाउन आइतबार सम्पन्न जिल्ला कमिटीको बैठकले आप्mनो अधिवेशनसहितको वार्षिक कार्य योजना तय गरेको हो ।’
‘माले कालिकोटको दशौं जिल्ला अधिवेशन आगामी पुस मसान्तसम्म गर्ने निर्णय भएको छ भने अन्य जनवर्गि संगठनका जिल्ला अधिवेशनपनि उपयुक्त समयमा गर्ने निर्णय पार्टीले गरेको छ बैठकका निर्णय सार्वजनिक गर्दै एमाले कालिकोटका अध्यक्ष जसी प्रसाद पाण्ड्यले भन्नुभयो, ‘बैठकले पार्टीका सबै बिभाग र जनवर्गिय संगठनका इन्चार्ज र प्रमुख पनि तोक्ने निर्णय गरेको छ ।’
जिल्ला कमिटीको निर्णइ अनुसार अध्यक्ष पाण्डेलाई संगठन विभाग, उपाध्याक्ष दयाराम सिम्खडालाई पार्टी स्कुल विभागको प्रमुख तोकेको छ । यसैगरी आर्थिक तथा वित्तिय विभागमा मनराज शाही, प्रचार तथा प्रकाशन विभागमा व्यासी तिरुवा, स्थानीय विकास विभागमा गोविन्द मल्ल, सहकारी तथा गरिवी निवारण विभागमा मायालाल महतारा, उपभोक्ता हित संरक्षण विभागमा गगन थापा, कृषि तथा पशुपंक्षि विभागमा राजबहादुर बम, कानून विभागमा राजबहादुर बोगटी, खानेपानी तथा सरसफाई विभागमा मिना शाही र भूमि व्यवस्थापन विभागमा रजबहादुर मल्ललाई प्रमुख बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज रावतले जानकारी दिनुभयो ।
यसैगरी यूवा तथा खेलकुद विभागमा पंखबहादुर मल्ल, विपत व्यवस्थापन तथा स्वयम्सेवक विभागमा विर्षबहादुर दर्जी, साहित्य तथा कला सांस्कृती विभागमा टेकबहादुर शाही, स्वास्थ्य तथा जनसंख्या विभागमा खडक सिंह, श्रम तथा रोजगार विभागमा विभिखण शाही र उपभोक्त तथा बाणीज्य विभागमा कर्णप्रसाद चौलागाईलाई प्रमुखको जिम्मोवारी दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रले अघि सारेको मिशन ८४ लागि सफल बनाउने उद्देश्यले तयार वार्षिक कार्य योजनामा यहि भदौ १५ गते खाँडाचक्र नगरपालिकाको बैठकबाट जिल्लाका सबै स्थानीय तहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । प्रदेश निर्वाचन क्षेत्र (क) अन्तरगतका स्थानीय तहका बैठक भदौं १९ गतेसम्म सम्पन्न गर्ने योजना बनाएको एमाले कालिकोटले प्रदेश निर्वाचन क्षेत्र (ख) बैठक भदौं १७ देखि २१ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला भदौं २२ र २३ गते गर्ने निर्णय गरेको कालिकोटले पार्टी कार्यालय भवन निर्माण गर्न पार्टी अध्यक्ष जसी प्रसाद पाण्डेको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन कमिटी समेत गठन गरेको छ ।
बैठकले जनसंगठनका इन्चार्ज समेत तोकेको छ । जसअनुसार अनेरास्ववियूमा सन्तोष महतारा, अनेमसंघमा सिद्धा बम, पेशगत महासंघमा लालबहादुर बुढा, मानवअधिकार एलायन्समा मायाराम महतारा, प्रेस चौतारीमा सुमन बम, स्वास्थ्इकर्मी महासंघमा टक्क विष्ट, वुद्धिजिवी परिषदमा गजेन्द्र शाही, अपांग महासंघमाकेशव देवकोटा र किसान महासंघमा बद्री पाण्डेलाई संगठनको इन्चार्ज तोकेको पार्टी जिल्ला अध्यक्ष पाण्डले बताउनुभयो ।
प्रेस चौतरी कालीकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै एमाले केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नवराज रावतले सबै खाले अपराधको अन्त्यका लागि नेकपा एमाले अभियानमा रहेको बताउनुभयोे । ‘सुन तस्करी, ललिता निवास जग्गा प्रकरण, टिकापुर जग्गा प्लटिङ, क्यान्टुनमेण्टको भष्टाचार लगायत घटनामा सत्यतथ्य छानविन गराउन एमालेले सडकदेखि सदनसम्म आवाज उठाएको छ । स्थानीय तह, प्रदेश सरकारका नाममा भैरहेका बेथितिका बिरुद्ध गाउँमा पनि खवदारी गर्ने काम अब शुरु भएको छ । राम्रा कामको प्रशंसा र नराम्रा कामको भण्डाफोरका लागि एमले सँधैं अग्रपंतिमा रहेको छ र रहने पनि छ’ निर्णय सार्वजनिक कार्यक्रममा पुर्वमन्त्री समेत रहनुभएका केन्द्रीय सदस्य रावतले भन्नुभयो ।