प्रेमराज सिम्खडा
कालीकोट । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नवराज रावतले कानून विपरित चल्ने जोसुकै पार्टीका नेता भएपनि त्यसका विरुद्ध लेख्न आग्रह गर्नु भएको छ ।
भ्रष्टाचारजन्य काममा मुछिएको आरोप लाग्नासाथ पार्टी केन्द्रका सचिव टोपवहादुर रायामाझिलाई एमालेले तत्काल पार्टीबाट निलम्बन गरेको दृष्टान्त प्रस्तुत गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता रावतले सत्यतामा आधारित रहेर कलम चलाउने चौतारीमा आवद्ध पत्रकारहरुलाई पनि निर्धक्क साथ लेख्न आग्रह निर्देशन दिनुभयो ।
जिल्लामा भएको प्रेस चौतारीका प्रदेश र जिल्ला पदाधिकारीहरुसँगको भेटमा नेता भएका नेता रावतले भन्नुभयो, ‘अरु पार्टीका नेता मन्त्री पनि जेलमा छन, तर उनिहरुले निलम्बन गर्नुको साँटो उनिहरुलाई उन्मुक्ति दिन अनेक खाले षडयन्त्र भैरहेका छन् । एमाले त्यस्तो पक्षमा हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि रहन्न । पार्टीको टोल कमिटि, पालिका कमिटि, जिल्ला कमिटि, प्रदेश कमिटि होस वा केन्द्रीय किमटिमा आवद्ध नेता नैं किन नहोस्। जे भएपनि त्यस्ता कुमर्ममा संसग्न भएको भन्ने तत्थ्य यदि तपाईहरुसँग छ भने निर्धक्क साथ बाहिर ल्याउनु होस् ।’
अपराधि र भ्रष्टाचार, व्यथितीका बिरुद्ध प्रेस चौतारीमा आवद्ध पत्रकार होस् वा अन्य कुनै पत्रकारले समाचार लेखेकै भरमा कसैले धम्की दिएमा त्यसको बिरुद्ध एमाले प्रतिकार गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भएका नेता रावतले थप्नुभयो, ‘रास्कोट नगरपालिकाको बेथितिका विषयमा एक जना पत्रकारले समाचार लेख्दा उनि प्रतिनगरपालिका सरकार, सम्बद्ध पत्रकार र पार्टीका कार्यकर्ताको कोलाहल मात्रै मच्चिएन कालीकोट जिल्लाकोसिंगो प्रेस जगत नैं नागरिकबाट नांगिने अवस्था आउन सक्ने भएकाले प्रेसमाथिको विश्वशनियता बढाउनु पनि चौतारीकर्मीको दायित्व हो ।’
पार्टीले भष्टचारीलाई बचाई राखेको कुरामा पार्टीमा आस्था राख्ने पत्रकार भएकै नाताले अन्धभक्त नहुन आग्रह गर्नु भएका जिल्ला इन्चार्ज रावतले प्रेस चौतारीले उठाएका विषय पार्टीले समिक्षा गर्दै औचित्यका आधारमा कार्यान्वयनमा लैजान जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलमा एमाले केन्द्रीय सदस्य दक्षिणा शाही, प्रदेश कमिटिका सदस्य लक्ष्मणवहादुर बम, खडानन्द चौलागाई, जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डे, सचिव टेकवहादुर वुढा, प्रेस चौतारी नेपालका प्रदेश महासचिव प्रेमराज सिम्खडा लगायतका नेताहरुको सहभागीता रहेको प्रेस चौतारी नेपालका कालीकोट अध्यक्ष विश्वनाथ सिंखडाले जानकारी दिनुभयो ।