काठामाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेल नेतृत्वको भ्रमण टोलीले पहिलो दिन पश्चिम चीनको वीसान जिल्लाको अवलोकन र स्थानीय पार्टीसँग अन्तरक्रिया गरेको छ ।
शनिबार पार्टीको तर्फबाट २२ सदस्यीय प्रतिनिधि मण्डललाई नेतृत्व गर्दै गएको महासचिव पोखरेल नेतृत्वको टोलीलाई चीनिया कम्युनिस्ट पार्टी (सिपीसी)का तर्फबाट स्वागत गरेपछि औपचारिक रुपमा भ्रमणको काम शुरु भएको भ्रमण टोलीमा संलग्न महासचिव पोखरेलका स्वकिय सचिव शरोज रेग्मीले जानकारी दिनुभयो ।
बिहानको खाना पछि महासचिव नेतृत्वको नेपाली भ्रमण टोली पश्चिम चीनको विसान जिल्लाको अवलोकन भ्रमणमा गएको थियो ।
'पश्चिम चीनको विसान जिल्लामा विधुतबाट चल्ने गाडिको उत्पादन हुने कार्खाना, ईलेक्ट्रोनिक्स ब्याट्री बनाउने कारखाना, सप्टवयर डाडा बनाउने कारखानाहरुको अवलोकन गर्ने काम भयो', भ्रमणमा सहभागि एमाले केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य निरज आचार्यले भन्नुभयो ‘महासचिव नेतृत्वको टोलीले स्काई रेल सेवा (बिधुतवाट चल्ने रेल) मा छोटो यात्रा समेत गरेको छ ।’
भ्रमणको पहिलो दिन (आइतबार) बीसान चीनिया कम्युनिस्ट पार्टीका जिल्ला कमिटी र वडा तहका कमिटीले कसरी समुदायमा काम गर्छन ? त्यहाँको सरकार र पार्टी किमटी बीचको अन्तरसम्बन्ध कस्तो छ ? भन्नेवारे त्यहाँको पार्टी कमिटी ईन्फर्मेसन सेन्टरको कार्यालयमा आयोजित ब्रिफिङ कार्यक्रमबाट नेपाली टोलीले जानकारी लिने काम गरेको छ । ब्रिफिङपश्चात स्थानीय पार्टी कमिटीले आयोजना गरेको डिनरमा सहभागी भएर पहिलो दिनको भ्रमण र अवलोकनको काम सकिएको हो ।
२२ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आएका महासचिव पोखरेल टोलीले १२ दिने भ्रमणमा चीन आइपुगेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन आएको टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी हुँदै गर्दा चीनले एमालेका २२ जना नेताहरूलाई चीन भ्रमण गराएको हो ।
भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन् ।