काठमाडौं । नेकपा (एमाले)को तर्फबाट चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलनका ३ मोडहरु प्रस्तुत गर्नु भएको छ ।
चीनीया कम्युनिस्ट पार्टी (सीपीसी) स्कुलमा आयोजित बिचार आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले नेपाली कम्युनिस्ट पार्टी स्थापना देखि आजको समयसम्म आइपुग्दा तीन मोडको विकास भएको बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेको महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीका तर्फबाट सोमबार (आज) छोङछिङस्थित सीपीसी स्कुलमा आयोजित विचार आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवादको आलोकमा एमालेले ‘समृद्ध नेपालः सुखी नेपाली’ को लक्ष्यसहित नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताउनुभयो । नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य ३ मोडहरू पेश गर्नु भएको भ्रमणमा सहभागि एमाले केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभाग सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
‘पार्टी स्थापना र संगठनमा पुष्पलाल श्रेष्ठ, विचारमा मदन भण्डारी र समृद्धिमा केपी शर्मा ओली रहेनु भएको छ’ कार्यक्रममा महासचिव पोखरेलले थप्नुभयो, ‘हामी हाम्रो अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपालः सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्छौ ।’ नेकपा (एमाले)ले सञ्चालन गरेको ‘सिसन ग्रासरुट’ र अघि ल्याएको ‘मिसन ८४’ का माध्याम बाट तीन ओटा कामका क्षेत्र जनतासँगको घनिष्ट सम्बन्ध स्थापित, विचारधारात्मक काम र संगठन सुदृढीकरणमा केन्द्रीत भएको चर्चा महासचिव पोखरेलले गर्नुभयो ।
कार्यक्रममा सीपीसीकातर्फबाट चिनियाँ विशेषताको समाजवाद र सिजिनपिङ बिचारधारा, चिनियाँ विशेषताको समाजवाद निर्माणका बारेमा सी लाईवई ९हष्भ बिष्धभष्०, छिचुङको अभ्यासका बारेमा सन लिनगु ९कगल ीष्लनथग०ले सीपीसीकातर्फबाट बिचार प्रस्तुत गर्नुभयो ।
‘चीनमा गरिबीको अन्त्य गर्न र जनताको मध्यम स्तरको आथिक बृद्वि गर्दै समाजवाद चिनियाँ समाजलाई समाजवादमा पु¥याउने लक्ष्यमा चीन अघिबढिरहेको छ’ सीपीसीका नेता सी लाईवईले थप्नुभयो, ‘पूर्व र पश्चिम, सहर र गाउँका वीचको विकासमा सन्तुलन ल्याउने चुनौति त छ तर पार्टी संगठनको ताकत, बजारको ल्याकत, समाजको तागत र प्रबिधि को तागतमा हामी गर्न सक्छौ भन्ने विश्वास बढ्दै गएको छ ।’
कार्यक्रममा चिनियाँ आधुनिकीकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादः सी विचारधारा विषयमा प्रस्तुति राख्नु भएको थियो ।
भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन् ।