काठमाडौं । चीनिया कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटव्यूरो पोलिटव्यूरो सदस्य जियाजुनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आफूले देशभक्त नेताका रुपमा पाएको बताउनु भएको छ ।
सीपीसीको निमन्त्रणामा चीन भ्रमणमा रहेको एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा नेता जियाजुनले यस्तो बताउनु भएको हो ।
चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुनले एमाले महासचिव पोखरेलसँग छोङछिङमा भएको भेटवार्तामा गत साउनमा नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताउनु भयो ।
‘भेटका क्रममा एमाले अध्यक्ष ओली निकै देशभक्त र विकास प्रेमी नेताका रुपमा मैले पाएँ’ नेता जियाजुनले थपे ‘उहाँसँग नेपालको विकास र समृद्धीका लागि निकै ठूलो आकांक्षा रहेको मैले पाएँ ।’
नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनु बताउँदै उहाँले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं’, जियाजुनले थप्नुभयो ।
नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै उहाँले भविष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान जारी राख्नु पर्ने बताउनु भयो ।
आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरीबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्नु भएका पोलिटव्युरो सदस्य जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताउनु भयो । ‘छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने छ । यसका लागि हामी नेपालसँग सहकार्य गर्न तयार छौं’, नेता जियाजुनले भन्नुभयो ‘दक्षिण एशियाको गरिबी निवारणका, धान उत्पादनका लागि छोङछिङ केन्द्र प्रसिद्ध छ । नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार छ । नेपालको कृषिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न हामी तयार छौं । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिन पनि तयार छ ।’
नेपालको विकासमा चीनको भूीमका महत्वपूर्ण ; महासचिव पोखरेल
महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताएका बताउनुभयो । भृकुटी र अरनिकोदेखि नै जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्नु हुदै सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
एमाले महासचिव पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको बताउनुभयो ।
‘भृकुटी र अरनिको समयदेखि नै जनस्तरको सम्बन्ध रहेको छ । चीनको क्रान्तिका बारेमा बुझ्न नेपाली नेताहरूले तीन महिना हिँडेर पनि आफ्नो अनुभव लिएका थिएका थिए । सन १९५५ मा मनमोहन अधिकारीको चीन भ्रमण गर्नुभएको थियो र मदन भण्डारीको चीनको भ्रमणले पनि विचार निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको थियो । केपी शर्मा चीनसँग पारवहन सम्झौता तेस्रो देशमा जाने बाटो र राष्ट्रिय स्वाधिनता र गौरव बढायो’, भेटमा महासचिव पोखरेलले भन्नुभयो ।
‘जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको उल्लेख गर्नु भएका महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ’, महासचिव पोखरेलले थप्नुभयो ’यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको छ ।’
राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनु भएका महासभिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव समेत गर्नु भएको छ ।
भेटमा नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्य निरज आचार्यलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।