मोहनसिंह बुढा
सिमकोट । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीको बैठकले नाम्खा र सिमकोट गाउँपालिकाका प्रदेश प्रतिनिधि छनोट गरेको छ ।
पार्टीको जिल्ला कमिटीको शनिबार अपरान्ह ११ बजे बसेको बैठकले आगामी असोज १० र ११ गते गते सम्पन्न हुने प्रदेश अविधेशनका लागि सोही गाउँपालिका भित्रका प्रतिनिधि छनोट गरेको हो ।
जिल्ला भित्रका उच्च तहका नेता हुम्ला आएपछि सुरु भएको बैठक जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट प्रदेश प्रतिनिधि छनोट गरेको छ । शनिबार पार्टी कार्यलयमा बसेको सोह बैठकले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट छपाल लामा,उत्तम लामा, मंगल लामा, नोरजङ लामालाई छनोट गरेको हो ।
यसैगरी सिमकोट गाउँपालिकाबाट डबल रावत, तिर्थराज बाहोरा, जय बहादुर शाही, कमल बोहोरा, बिनोद बोहोरा, जसु परियार, छप्साग लामा, र जौका रोकायालाई छनोट गरेको हो । पार्टीले दुई गाउँपालिका भित्रका प्रदेश प्रतिनिधिलाई एकै चोटी छनोट गरेकोे छ ।
आ आफ्ना गाउँ कमिटिको छुट्टा छुटै बैठक बसेको भएपनि एकै पटक छनोट गरेको जिल्ला पार्टी सचिव तिर्थराज बोहोराले जानकारी दिनु भएको छ ।
सोही प्रतियनिधि छनोटका लागि सिमकोट गाउँपालिकाको अध्यक्षता छिरिङ अन्दु लामा, नाम्खा गाउापालिको अध्यक्षता तोपछिरिङ लामाले ग्रहण गरेका छन् ।
बैठकमा केन्द्रिय सदस्य दल रावल, छक्क बहादुर लामा जिल्ला कमिटि सदस्य लगायत दुबै गाउँपालिकाका नेता तथा कार्यक्रताहरुको उपस्थित रहेको थियो । अन्य गाउपालिकामा भने छनोटकालागि बन्द सत्र सुरु भएको गाउँ कमिटी अध्यक्षहरुले बताएका छन ।