बैशाख १, हुम्ला । टेलिफोन सेवा नै प्रभावकारी नभएको हुम्लाको अदानचुली गाउँपालिकामा १० सरकारी कार्यलयमा निशुल्क इन्टरनेट सेवाको पहुँच बिस्तार गरिएको छ ।
नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँगको सहकार्यमा वर्डलिंक कम्युनिकेसन प्रा.लि.को प्राविधिक टोलीले अदानचुली गाउँपालीकाको कार्याालय लगाएत १० कार्यालयमा निशुल्क नेट सूचारु गरेसँगै अदानचुली इन्टरनेटको पहुँचमा पुगेको हो ।
अदानचुली गाउँपालीकाको कार्यालयमा, १ नम्बर देखी ४ नम्बर वडा कार्यालय,सुर्योदय माध्यामिक विद्यालय,सल्लाघारी माध्यामीक बिद्यालय, ज्ञानोदय माध्यामिक विद्यालय,श्रीनगर स्वास्थ्य चौकी,र लौठी स्वास्थ्य चौकीमा निशुल्क ईन्टरनेट सेवा बिस्तार भैसकेको र जनता बैंक अदानचुली शाँखामा श सुल्कमा बिस्तार गरेको परियोजना सहायक जस बहादुर बोगटीले बताउनु भयो ।
अदानचुली गाउँपालीकाका १३ वटा कार्यालयमा बिस्तार गर्ने भनिएता पनि भौगोलीक कठिनाईका कारण आज सम्म १० वटा कार्यलयमा मा मात्र बिस्तार गर्न सकिएको र ५ नम्बर कार्यालय ,कैलाशपुरी माध्यामीक विद्यालय र ६ नम्बर वडा कार्यलयमा बिस्तार गर्न नसकिएको परियोजना सहयक बोगटीले बताउनु भयो । उहाँका अनुसार बाँकी रहेका ३ वटा कार्यालयमा बैशाख १२ गते सम्म सेवा विस्तार गरी सक्ने बताउनु भएको छ । सोरुकोट र अदानचुली गाउँपालीकाको कुटिभिरमा रहेको टावरको पहुँच नपुगे पछि ३ वटा कार्यालयको सानो रिले टावर राख्नु पर्ने भएकोले सामान पठाउनको लागि आफु सोमबार कालीकोट पुगेर १२ गते सम्म बिस्तार गर िछाड्ने दाबी गर्नु भएको छ ।
गाउँ गाउँमा ईन्टरनेट सेवा विस्तार भए पछि देश बिदेशमा रहेका आफ्ना आफन्तहरु सँग कुराकानी भएको जनकल्याण आधारभुत बिद्यालयका प्रधानाध्यापक पर बहादुर थापाले बताउनु भयो । वडा कार्यलयहरुले लगइन् कोड सबैलाई बाँडे पछि बिदाको दिन पनि कार्यालय बाहिर सामाजिक सञ्जाल र समाचार हेर्नेको घुईचो रहेको वडा कार्यालयहरुले जानकारी दिएका छन् ।