बैशाख २०,हुम्ला । अदानचुली गाउँपालीका शिक्षा ऐन संग्रह लागु गरानको लागि अदानचुली गाउँपालीकाले पहिलो पटक आफ्नो सिमा क्षेत्रमा रहेका बिद्यालयहरु सँग छलफल गरेको छ ।
जनप्रतिनिधि निर्वाचित भएको २ वर्ष पुग्नै लाग्दा पहिलो पटक अदानचुली गाउँपालीका भित्र रहेका १९ वटै बिद्यालयहरुका प्रधानाध्यापक,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष,शिक्षक बिद्यार्थी संघका अध्यक्ष र गाउँ कार्यपालीकाका सदस्यहरु बिचको संयुक्त बैठक आज सम्पन्न भएको अदानचुली गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेयले बताउनु भयो ।
अब देखी ४।४ महिनामा संयुक्त बैठक बसी बिद्यालयले गरेका काम,बिद्यार्थी संख्याको बिबरण,पाठ्यपुस्तकको अबस्था,भौतीक संरचनाको अबस्था लगायत शिक्षक दरबन्दीको अबस्थाको जानकारी लिनको यस्तो बैठकलाई नियमितता दिने गाउँपालीकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।
आज सम्पन्न संयुक्त बैठकमा ४ वटा बिद्यालयले प्रतिनिधित्व गरेको थिएन । आजको बैठकमा सहभागी सबै बिद्यालयलाई अदानचुली गाउँपालीका शिक्षा ऐन संग्रह समेत बितरण गरेको उपाध्यक्ष सौमती रावल ऐडीले बताउनु भयो उहाँका अनुसार शिक्षा ऐन आजैबाट लागु गर्न सबैलाई आग्रह समेत गर्नु भयो ऐन लागु गर्न हामी सबै जिम्मेवार हुँनु पर्ने बताउनु भयो ।
शिक्षा ऐेन किताबमा मात्र शिमित नभई तत्काल कार्यान्वयन गर्न अध्यक्ष फडेराले निर्देशन समेत दिनु भयो ।
सहभागी सबै शिक्षकहरुले बिद्यालयको अबस्थाको बारेमा चित्रण गर्दै भौतिक संरचना र शिक्षक दरबन्दी बिना नै बिद्यालय सञ्चालन भएकाले यसलाई गाउँपालीकाले तत्काल समाधान गर्न आग्रह गरे , अदानचुली गाउँपालीकाका ३ वटा बिद्यालयमा शिक्षक दरबन्दी नभई राहत र स्वयम् सेवक शिक्षकले नै बिद्यालय सञ्चालन गरेका छन् भने केहि बिद्यालयमा १ वर्ष अघि रिक्त रहेका दरबन्दीमा नयाँ नियुक्ति गरीएको छैन आर्थिक अनियमितता,बिद्यालयमा अनुपस्थित नभई तलब भक्ता लिएको,बिद्यालयमा अध्यापन नगराएको र योजनाहरु डुप्लीकेसन भएको भन्दै यसको छलफल नभए सम्मको लागि गाउँपालीकाले केहि बिद्यालयका खाताहरु रोक्का गरेको र सामाग्री खरीद निमार्णको लागि भने रोक्का नगरेको गाउँपालीकाले जनाएको छ ।