सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले आइतबारदेखि सहुलियत मूल्यमा खाद्यन्न विक्रि वितरण सुरु गरेको छ ।
आइतबार विहान दश बजे एक कार्यक्रम गरी सहुलियत मुल्यमा खाद्यन्न विक्री सुरु गरेको हो । नोपलीहरुको महान पर्व दशैँ तिहार, छट लगायतलाई लक्षित गर्दै आजदेखि चामल र तेल असोज १५ गतेसम्मका लागि सहुलियत मुल्यमा विक्री वितरण हुने भएको शाखा कार्यालयका निमित्त प्रमुख नविन कुमार आचार्यले बताउनुभयो ।
चालममा प्रतिकेजी पाँच रुपैयाँ र तेलमा प्रतिलिटिर सात रुपैयाँ छुटमा वितरण सुरु भएको आचार्यले जानकारी दिनुभयो । खाद्य व्यवस्था हुम्लाले यहाँका नागरीकलाई २५ केजीका ६ किसिमका चामल सहुलियतमा आजबाट विक्री वितरण सुरु गरेको हो । भने तोरी तेल र सुर्यमुखी तेलमा पनि प्रति लिटर रु सात रुपियाँ छुटमा विक्री भइरहेको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।
अरुवा मोटा चामलको रु एक हजार पाँच सय पच्चसी, अरुवा सोना मंसुली एक हजार सात सय पच्चीस, स्टिम जीरा मसिनो दुई हजार दुई सय पचास, अरुवा मोटा एक हजार पाँच सय पच्चीस, अरुवा सोना मंसुली एक हजार सात सय पच्चीस, स्टिम जीरा दुई हजार दुई सय तीस रुपैयाँमा विक्री वितरण गरिरहेको व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय पचास, अरुवा सोना मंसुली एक हजार आठ सय पचास, स्टिम जीरा दुई हजार तीन सय पचहत्तर रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो । २५ केजी बोराका विभिन्न चामलको प्रति बोराबाट एक सय पच्चीस रुपैयाँ छुटमा विक्री भइरहेको छ ।
यस्तै सुर्यमुखी तेल प्रति पेटीको रु दुई हजार दुई सय तीस र तोरी तेलको प्रति पेटी रु दुई हजार तीसमा विक्री भइरहेको हो । आजै भएको सहुलियत विक्री वितरण कार्यक्रममा संघिय संसदका सांसद छिरिङ डम्डोल लामा (कार्चेन), जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) लगायतको उपस्थित रहेको थियो । आज वडा नम्बर आठ स्याडालाई वितरण गरेको छ ।