काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा नेपाललाई दक्षिण एसियाको उदाउँदो “सिलिकन उपत्यका” को रुपमा हेर्ने गरेको बताएका छन् ।
आज काठमाडौंमा जापान-नेपाल आइटि फोरम २०२५ मा बोल्दै मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि आइटि हब बनाउन उपयुक्त स्थान भएकाले जापान सँग आइटि उद्योग सञ्चालन गर्न आव्हान गर्नुभएकोछ । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले ई–गभर्नेन्स, अल, साइबर सुरक्षा, र डिजिटल सार्वजनिक पूर्वाधारप्रति सरकारको बलियो प्रतिबद्धताका साथ, नेपाल द्रुत गतिमा ज्ञान–संचालित अर्थतन्त्रमा रूपान्तरण हुँन थालेको बताउनुभयो ।
कार्यक्रममा उहाँले जापानी प्राविधिक साझेदारीको लागि एक आदर्श गन्तव्य नेपालले जी टु जी सहयोग अन्तर्गत केही प्रमुख कार्यक्रमहरू सुरु गर्न खोजेको छ उल्लेख गर्नुभयो । अल उत्कृष्टता केन्द्रको स्थापना, राष्ट्रिय ठूलो डाटा केन्द्रको विकास, नेपाली युवाहरूलाई सीप प्रदान गर्न अल शिक्षा र अनुसन्धान कार्यक्रमहरूको सुरुवात गर्ने पनि उहाँले बताउनुभयो ।
साथै, राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री गुरुङले नेपालले सरकार९सरकार जीटुजी० ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोग खोजिरहेको पनि बताउनुभयो । यो पहलले ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी, र टाढाको शिक्षालाई सुदृढ बनाउने उहाँको धारणा थियो ।
नेपाल र जापान बीचको प्राविधिक साझेदारीलाई सहज बनाउनको लागि जापान—नेपाल आइटि एसोसिएसन (जेएनआइटिए)ले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा। स्वर्णीम वाग्लेले नेपालमा जापानसँग प्राविधिक व्यवसाय गर्ने प्रशस्त आधारहरु भएपनि सुरुवातका रुपमा एक दुई वटा ठुला अन्तराष्ट्रिय कम्पनीबाट वृहत व्यवसाय सुरु गर्नपर्ने बताउनुभयो । जापान जस्तो देशमा नेपालले नविन आइटि क्षेत्रसम्बन्धी व्यवसाय गर्ने आधारहरुको व्यवस्थापन राज्यस्तरबाटै व्यवस्थापन हुनु पर्ने उहाँको धारणा छ । पछिल्लो समय आइटिमा युवाको व्यवहास उर्भराउदो छ । यसका लागि विदेशी लगानीमात्रै होइन, लगानी बाहिर पनि सहजै लैजान सकिने सहज वातावरण सिर्जना गराउन सरकारले आवश्यक नीति ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जापान—नेपाल आइटि एसोसिएन (जेएनआइटिए) का अध्यक्ष सरद राईका अनुसार जापानमा आइटि व्यवसायका प्रशस्त सम्भावनाहरु भएको र त्यस अवसरलाई सदुपयोग गर्न नेपाल सरकार चुकेको बताउनुभयो ।
सरकारले जापानमा आइटि व्यवसायमा अवसर र खोजी गरि व्यवहारमा परिणत गराउन जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जापानका आइटि विज्ञ, व्यवसायि र नेपाली युवा आइटि उद्यमीहरु बीच छलफल भएको थियो ।