पर्यटन भित्र धेरै बिटहरु हुन्छन् । नेपालमा एकसय पच्चिस जातीहरुमा विभिन्न लोक सस्कृति पाइन्छ । अहिले लोक सस्कृतिका बारेमा अध्यन गर्ने धेरै ग्रामीण पर्यटकहरु गाउँमा पुग्दछन् । कर्णाली प्रदेशको पश्चिम रुकुमको साखँ गाउँमा विवाहमा जन्तीहरुलाई सिस्नो पानी लगाएर स्वागत र विदाई गर्दछन् । यस्तो अनौठा सस्कृतिको बारेमा अध्यन गर्न आजभोलि गाउँमा पर्यटकहरु पुग्ने गरेका छन् । मुसीकोट नगरपालिका–७ साँखका स्थानीय बासिन्दाको यो शताब्दीयौंको परपरागत सस्कृति हो ।
मगर जातीहरुमा मागी विवाह, चोरी विवाह, प्रेम विवाह, जारी विवाह र विधवा विवाह र कुम्ले विवाह जस्ता सबै प्रकारका विवाहले समाजमा स्वीकृति पाएको छ । मामाचेला र फुपूचेलामा विवाह गर्ने प्रथा भने मगर जातीमा सर्वत्र पाइन्छ । मामाचेला र फुपूचेलामा केटा–केटीको अभाव भएका खण्डमा मात्र अन्यत्र वर वा कन्या खोजिन्छ । तर विवाहमा सिस्नो पानी लगाउने परम्परा कसरी भयो त ? यो खोज अनुसन्धको कुरा होला । विवाहमा जन्तीहरुलाई सिस्नो पानी लगाउने सस्कृति नजिक कुम्ले विवाह पर्दछ । किनकी किुम्ले विवाह एक किसिमको अपहरण शैलीमा हुने गर्दछ । मेला पर्वमा कुनै केटाले कुनै केटी मन पराएको खण्डमा केटीको मन्जुरीबिना कुम्लामा हालेर लगिन्छ । त्यसबेला केटीका आफन्तहरुले प्रतिकार गर्ने बेलामा सिस्नो पानी लगाउन थालेको पनि हुन सक्दछ ।
कुम्ले मात्र नभएर सबै किसिमको विवाहमा सिस्नो पानी किन लगाउने सस्कृति भयो त ? यस बारे सिस्नोको गुण बारे जान्न जरुरी छ । सिस्नोलाई अग्रेजीमा नेटल क्तष्लनष्लन लभततभि भनेर चिनिन्छ । यो वनस्पति अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा धेरै औषधीका गुण रहेका हुन्छन् । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने अर्थात जलन हुने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ । सिस्नोमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पाइन्छ । यस्तो गुण भएको सिस्नो जन्तीहरुलाई किन लगाउने त ? यसमा मगरजातीकै सस्कृतिमा खोज अनुसन्धान गर्नेहरुको तर्क यस्तो छ । सामान्यता विवाहमा जन्ती आउने भनेको वल्लोपल्लो गाउँ देखि केही दुरीका गाउँबाट जन्ती गाउँमा पुग्दछन् । टाढा गाउँ अर्थात फरक ठाउँका मानिसहरु गाउँमा आउदा कुनै रोग लिएर आउँछन् । रोग गाउँमा पस्यो भने विनास निम्ताउँछ । त्यसैले जन्तीहरुमा भएको रोग निर्मल गर्नको लागि जन्तीहरुलाई सिस्नो पानी लगाइन्छ ।
साँख गाउँमा प्रत्येक वर्ष माघ १५ मा पापिनीको विवाह पनि सिस्नो पानीको खेल हुन्छ । साँख गाउँको माथिगाउँ र तलीगाउँले दुवै मिलेर गरिने पापिनीको विवाहको संस्कृति पनि पर्यटकहरुलाई अनौठो लाग्दछ । पापिनीको विवाहमा बेहुला–बेहुली भने केटीलाई बनाइन्छ । विवाहमा बेहुला–बेहुलीको छनोट हरेक वर्ष नदोहोरिने गरी आलोपालामो गरिन्छ । माघ १ देखि १५ सम्म चल्ने पापिनीको विवाहमा कन्याहरुको विशेष भूमिका रहन्छ । ती कन्याहरुलाई पापिनी भनिन्छ । अघिल्लो दिन साँझ दुलही मागेपछि भोलिपल्ट दुलही लिन बाजागाजा साथ जन्ति दुलहीको घरमा पुग्छन् । दुलही अन्माएर दुलहालाई काँधमा र दुलहीलाई डोलीमा बोकिन्छ । दुलही लिएर आएपछि धुमधामले विवाह शुरु हुन्छ । अनि पापीनीहरु नाँच्न शुरु गर्छन् । मगर सस्कृति भित्रको अनौठो सस्कृति पापिनीको विवाह गर्ने संस्कृति भने अन्य ठाउँमा बसोवास गर्ने मगर जातीमा पाइन्न । पापिनीको विवाहमा माथि गाउँको दुलहा भए तली गाउँको दुलही, तली गाउँको दुलहा भए माथि गाउँको दुलही बनाउने प्रचलन छ । यो प्रचलन प्रत्येक वर्ष परिवर्तन हुने गर्दछ । पापिनीको विवाह साँख गाउँमा परम्परा देखी चल्दै आएको संस्कृति हो । किशोरीलाई दुलहा र दुलही बनाएर बिवाह सम्पन्न भएपछि मेला पनि सकिन्छ ।
साँख गाउँमा मगर संस्कृतिमा आधारित पापिनीको मेलामा विवाह त हुन्छ तर साँच्चिकै होइन, प्रतिकात्मक रुपमा । मगर समुदायका दुई किशोरीमध्ये एउटीलाई दुलहा र अर्कीलाई दुलही बनाएर विवाह गरिन्छ । जुन विवाह पर्यटकहरुको लागि नया अनुभूति हुन्छ । विवाहका सबै विधि पु¥याइन्छ तर यो जीवन काट्ने विवाह होइन, मात्र संस्कृति जोगाउने विवाह । साँख गाउँमा आफ्नो संस्कृति संरक्षण गर्न प्रत्येक वर्ष मेला लगाउँदै आएका छन् । मेला वरपर गाउँबाट हजारौको सख्यामा ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् । साँखमा बस्ती सुरु भएदेखिकै परम्परा मानिन्छ यो । यसरी बिहे र नाचगान नगरे गाउँमा महामारी हुन्छ भन्ने साँख गाउँका बासिन्दाको मान्यता छ । पापिनी हुन ती नयोग्यता चाहिन्छ । जनजाति समुदायको, विवाह नगरेको र नाच्न जान्ने । पापी र पापिनी त पाप गर्नेहरु हुनुपर्ने हो तर यहाँ फरक छ गाउँको संस्कृति बचाउने कन्याहरु पापिनी भएका छन् ।
पापिनीको विवाहको शुरुवात कसरी भयो र मेलाको नाम पापिनी कसरी रहन गयो ? भन्ने विषयमा रोचक किंवदन्ती पाइन्छ । साँख गाउँमा शुरुमा जुम्लाबाट पजंगी घर्ती मगर आएर साँख भन्दा माथि कोटनेराको डाँडामा बसे । डाडामा बसोवास गर्दा साह्रै जाडो हुन थालेछ । जाडोबाट बच्न दुई भाइमध्ये एक भाइ झाडी गाउँ र अर्को डाँडीगाउँ बस्न थालेछन् । गाउँमा जनसंख्या बढदै जादा गाउँको रितीथिती र तिरोभरो कायम गर्न जिम्वालको आवश्यकता भएछ । तर जिम्वाल बनाउँने बित्तीकै मरिहाल्ने समस्या भएछ । एक दिन जिम्वाल बन्ने तर्खरमा रहेका मानिसले सपना देखेछन । सपनामा कन्या केटीलाई दुलहा दुलही बनाएर विवाह गराइदिएपछि जिम्वालको मृत्यु नहुने सपनामा कसैले भनेछ । सपनामा तलीगाउँमा दह रहेको र त्यही स्थानमा विवाह गर्नुपर्ने पनि उसलाई भनियो । सपनामा भने जस्तै दुइतिर फाँटको बीचमा दह भेटियो । दह भेटिएपछि दुई घर्ती दाजुभाइ एउटा तली गाउँ र अर्को माथि गरी दहको दुई भागमा बसोवास गर्न थाले ।
सपनाअनुसार विवाह गर्दा पैसा जुटाउन समस्या परेछ । उनीहरुले एउटा जुक्ती निकाले । पैसा जुटाउन बाटोमा हिडने मानिहरुसँग महिलाहरुले नाकामा बसेर कपडा थापेर पैसा उठाउने । पैसा नदिनेलाई सिस्नुपानीले हान्न थाले । महिलाहरुले पैसो नभएका बटुवालाई पनि पैसा दिनुपर्ने नत्र सिस्नुपानी खानुपर्ने बाध्य बनाउन थाले । बेखर्ची मान्छेसँग पनि पैसा उठाउने भएकाले ती महिलालाई पापिनी भन्न थालियो र करकापमा उठाएको पैसाले लगाउने मेलालाई पापिनीको मेला भन्न थालियो । अहिले पनि पश्चिम रुकुमका युवायुवती माघ महिनाभरी सिस्नु खेलेर रमाइलो गर्ने गर्छन् । पछिल्लो समय पश्चिम रुकुमले पापिनीको मेलालाई पर्यटन प्रबद्र्घनसँग जोडेर मनाउन लागिएको छ ।
जनजातीहरु मध्य धेरै थर भएको जाती मगर हो । मगरजातीको थर ६३३ रहेको छ । खासगरी मगर जाती भाषागत आधारमा तीन प्रकारका छन् । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र डोल्पा जिल्लाका मगरहरु काइके भाषा बोल्दछन् । गण्डकी पूर्वकालाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भन्ने गर्दछन् । मगरहरुले आफ्नो लोक संस्कृति भने जोगाएका छन् । मगरजाती प्रकृतिका पुजारी हुन । मगरजाती प्रकृतिप्रेमी हुन्छन् । उनीहरुको चाडपर्व मात्र होइन संस्कृति पनि प्रकृतिसंग जोडिएको छ । मगरजातीको संस्कृतिहरु सांस्कृतिक सम्पत्ति बनेर समाजभित्र बाँचिरहेका छ्न । समाज विकासको पहिलो खुडिकलो भनेकै संस्कृतिको विकास हो ।
मगर सस्कृतिमा रमाउने पर्यटकहरु पश्चिम रुकुमको साँख मात्र होइन पूर्वी रुकुम र अन्य जिल्लामा समेत पुग्दछन् । मगर समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको छ । साँस्कृतिक रुपले मगरहरुले माघेसक्रान्ति, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सक्रान्ति जस्ता चाडपर्व सबैले मनाउने गर्दछन् । भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन् भने क्षेत्री ब्राह्मण र अन्य जातीको समाज वरपर बस्ने मगरजातीहरुले आफ्नो भाष बिर्सेका छन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङक आदि नाँचगान गर्दछन् । चाडपर्वका बेलामा मगर गाउँमा पुग्ने पर्यटकहरु यस्ता नाचगानमा रमाउछन् ।
मगर जातीहरुले धेरै नाचिने नाम हो कौडा । मगर गाउँहरुमा विशेष गरी कौडालाई मगर जातिको मौलिक नृत्यको रुपमा लिने गरिन्छ । कौडा शब्द, मगर भाषामा कान राहा अर्थात हामी आयौं शव्दबाट कौडा भएको मानिन्छ । यस नृत्यमा पुरुषहरु एउटै समूहमा बसी खैंजडी र झयाली बजाउंदै गीत गाउँदछन भने केटीहरु लस्करै खैंजडीको तालमा नाच्ने गर्दछन । यो नाचले पर्यटकहरु रमाउने मात्र होइन कुनै पर्यटकहरु नाच्न समेत तम्सीन्छन् । सोरठी सोह्र श्रृगार भित्र बाधिएको प्राचिन लोकनाटक हो । सोरठी शब्द प्राचिन राजा जैसिंगेका सोह्रवटी रानीबाट आएको शब्द सोह्रौटीबाट अपभ्रंस भएर सोरठी भएको मानिन्छ । सोरठी लोकनाटक सुरुवात गरेपछि चौध दिनसम्म निरन्तर प्रस्तुत गर्न पर्दछ । तर आजभाेिल सोरठी नाच कुनै मेला उत्सवमा पनि छोटो समयमा पनि थोरै झल्को दिने गरिन्छ ।
कुनैपनि जातीको परम्परा हरायो भने संस्कार हराउँछ । संस्कार हरायो भने संस्कृति हराउँछ । संस्कृति हरायो भने जाती हराउँछ । नेपालमा प्रत्येक जातीको आ–आफ्नै संस्कार, संस्कृति रहेको छ । आफ्नो संस्कृति अरुको भन्दा राम्रो तथा उत्कृष्ट छ भनि जाँच्ने कुनै इकाइ छैन । नेपालमा प्रत्येक जातजातीका आआफ्नै संस्कार र सस्कृति रहेका छन् । उनीहरुको आफ्नै लोकसंगीत, लोकसंस्कार, लोकसंस्कृति रहेको छ । लोकसंगीत भनेको लोकगीत, लोकवाद्य र लोकनृत्य हो । विशेष भूखण्डमा बसोबास गर्ने सर्वसामान्य जनता लोक हुन् र उनीहरुका संस्कृति, साहित्य, संगीत, गीत नै लोकसंस्कृति, लोकसाहित्य, लोकसंगीत, लोकगीत हुन् । लोकगीत अथवा लोक संगीत लोक संस्कृतिकै प्रमुख अंग हो ।
मानिसका दैनिक जीवन निर्वाहका चालचलन, रीतिरिवाज आ–आफनै जातीय, धार्मिक, वर्गीय एवम् वातावरणीय हिसाबले निर्धारण भएका हुन्छन् । संस्कृति प्राकृतिक वातावरणको प्रभावको कारण विशिष्ट रुपमा उत्पन्न हुने प्रक्रिया हो । यसको उत्पत्ति र विकासको प्रक्रियामा हाम्रो समाजमा आएका र आउने परिवर्तनहरुले प्रत्यक्ष एवम् परोक्ष प्रभाव पारेको हुन्छ । मगरहरुको सस्कृति पनि यस्तै किसिमबाट समाजमा स्थापित भएको छ । जुन संस्कृतिले आफ्ना पूर्वजदेखि अंगीकार गर्दै आएको भाषा, धर्म र रीतिरिवाजसँग सम्बन्ध राख्दछ । मानव समाजको विकासको चरणमा उसले अंगीकार गर्ने सांस्कृतिक प्रभावले त्यो समाजमा बसोबास गर्ने मानिसको सामाजिक विकास निर्धारण हुन्छ । संस्कृतिलाई कुन सम्प्रदायको राम्रो कुन सम्प्रदायको नराम्रो भनि छुट्याइनु बुद्धिमानी मान्न सकिन्न । आफ्नो संस्कृति अरुको भन्दा राम्रो तथा उत्कृष्ट छ भनी जाँच्ने कुनै इकाइ पनि छैन ।
नेपाली समाजमा यस्ता उदाहरण धेरै देख्न सकिन्छ । एकथरि समाज विश्लेषकहरु संस्कृतिलाई धर्मपरम्पराले मार्ग निर्देशन गर्छ भन्न रुचाउँछन् भने अर्काथरि विश्लेषकहरु हावापानी र वातावरणलाई बढी महत्व दिने गर्छन् । समाज विकासलाई संस्कृतिसँग जोडिने गरिन्छ । अत्याधुनिक विज्ञानको विकासलाई हिजोदेखि त्यसभित्रको समाजले अवलम्बन गर्दै आएको संस्कृतिको उपलब्धि मानिन्छ । आजभोलि मगर जातीहरुलाई आफ्नो संस्कृतिलाई बचाउन गाह्रो हुन थालेको छ । बैदेशिक रोजगारीले गर्दा युवाहरु गाउँघरमा पातालिएका छन् । एउटा पुस्ताले अर्को पुस्तालाई संस्कृति हस्तान्तर गर्न सकेन भने त्यो संस्कृति हराउँछ । भाषा जस्तै लोकसंस्कृतीको परम्परामा एक चोटि बिचलन आयो भने त्यो फर्काउन असम्भव जस्तै हुन्छ ।
समाजमा भौतिक बिकास गर्न सम्भब छ तर भाषा लोकसंस्कृति र परम्परामा बिचलन भयो भने पुनस्थापन गर्न धेरै मुल्य चुकाउनु पर्ने हुन्छ । हाम्रो समाजमा एउटा पुस्ताले अर्को पुस्तालाई भाषा, संस्कृति र परम्परालाई हस्तान्तरण गर्दै आएका छन । पर्यटनको क्षेत्रमा समाजमा रहेका विभिन्न जातीका संस्कृतिबारे अध्यन,अनुसन्धान गर्ने पर्यटकहरुको संख्या बढन थालेको छ । लोक संस्कृतिका बारेमा रुचि राख्ने पर्यटकहरुलाई गाउँगाउँमा पु¥याउँन गाउँमा पर्यटनको लागि पूर्वाधारको बिकास हुनु पर्दछ । गाउँमा पुग्ने पर्यटकहरुलाई खाना बस्नका लागि होमस्टे सन्चालन गर्नु पर्दछ । भरपर्दा यातायात सञ्चालन हुने सडक मार्ग अथवा पदमार्ग भयो भने गाउँमा अब सुन्दा अनौठो लाग्ने लोक सस्कृतिको पनि खोज अनुसन्धान हुन्छ ।