खड्क सुनार
मुगु । विश्वभर संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने डरले यो वर्ष मुगुमा यार्सागुम्बो संकलनमा रोक लगाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को कारण देखाउँदैं जिल्ला बिपत् ब्यवस्थापन समिति र मुगुमकार्मारोगङ गाउपालिकाले यार्साकुम्बो संकलनमा रोक लगाउने निर्णय गरेको हो । बहुमूल्य जडिबुटी रहेको यार्साकुम्बो संलकनमा रोक लगाइएको मुगुमकार्मारोगं गाउँपालिकाले जनाएको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा पाईने बहुमूल्य जडिवुटिले गर्दा यहाँको आयस्रोत नै बनेको थियो । तर, विश्वलाई नैं आक्रान्त पार्ने गरी फैलिएको कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएपछि सरकारले लगाएको लकडाउन (घरवास) को समयमा यार्साकुम्बो संकलन गर्न जाँदा थप संक्रमणको चुनौती थपिने भएपछि यो वर्षसंकलनमा रोक लगाइएको मुगुमकार्मारोग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले जानकारी दिए ।
गाँउपालिकाको निर्णयअनुसार गाँउपालिकाको सानो कोईकी,ठूलो कोईकी, हाङदाङ, छापाखोला, डोल्फु पाटन, रिमाटलगायत दर्जनौ पाटनमा पाईने र्यासाकुम्बो संकलनको लागी यो बर्ष जिल्ला भित्र र बाहिरबाट आउनेलाई गरिएको से–फुक्सोण्डो राष्ट्रिय निकुञ्जको सेक्टर कार्यालयल डोल्फुका गेस्काउट मंगल शाहीले जानकारी दिए ।
बिगतका बर्षहरूमा बहुमूल्य जडिबुटी यार्साकुम्वो संकलनको लागी बाल बच्चा, युवा युवति, विद्यार्थीहरूसमेत पाटन क्षेत्रमा जार्ने गरेका थिए । जसबाट गाउँपालिकाले लाखौ रूपैयाको राजश्व संकलन गर्ने गर्दै आएकोमा यस वर्ष उक्त राजश्व गम्ने गाउँपालिकाले जनाएको छ ।