नयाँ बजेट पूर्वाधार विकासमा केन्द्रित हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷२०७८ को बजेट कोरोना भाइरस महामारीबाट श्रृजना भएका बहुपक्षीय समस्या समाधानको साथै स्वास्थ्यको पूर्वाधार विकासमा केन्द्रित गर्ने भएको छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आइतबार संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दे पछिल्लो समयमा उत्पन्न भएको बहुपक्षीय समस्या समाधान र स्वास्थ्यका पूर्वाधार विकासमा बजेटलाई केन्द्रित गरिने बताएका हुन्।
कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले चालेका कदमबाट शिथिल भएको आर्थिक गतिविधिलाई नयाँ विश्वास र जागरणका साथ क्रियाशील बनाउने गतिविधिलाई प्राथमिकता दिइने अर्थमन्त्री डाक्टर खतिवडाले बताए। नागरिकको जीवनरक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवाका पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता राखिनुको साथै विभिन्न किसिमका विपद्को सामाना गर्न विपद् पूर्व तयारीतर्फ पनि बजेटमा प्राथमिकता दिइने भएको छ।
कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि चालिएका कदमहरुबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास, जागरण , क्रियाशिलता र द्रूत गतिका साथ अघि बढाउने योजना छु, उनले भने, ुस्थायित्वसहितको उच्च आर्थिक वृद्धि दरको चरणमा शीघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशील बनाउनेतर्फ बजेट केन्द्रित हुने छ।'
सरकारले रोजगारी बढाउन कृषि तथा साना, घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको छ। त्यसैगरी स्वास्थ्य पुर्वाधार र विपद्पूर्वको तयारीमा पनि सरकारले ठूलो बजेट विनियोजन गर्ने भएको छ। अर्थमन्त्रीद्वारा गरिएको बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावमा भनिएको छ, 'सामाजिक न्याय सहितको तीव्रआर्थिक विकास तथा सबै प्रकारका असमानताको अन्त्य गर्दै समाजवादोन्मुख ,आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी वर्षको बजेट निर्देशित हुने छ।’
त्यस्तै अगाडि भनिएको छ, ुसंविधानप्रदत्त नागरिकका मौलिक हक कार्यान्वयन गर्न तर्जुमा गरिएका कानुनहरुको नागरिकले अनुभूत गर्ने गरि लागु गर्न बजेट केन्द्रित हुनेछ। विकास सुशासन र सम्मृद्धिको यात्रामा र हालसम्म हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै कोरोनाको महामारीबाट नागरिकको जीवनरक्षा गर्न गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने छ। भविष्यमा आउन सक्ने विपद्को पूर्वतयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी वर्षको बजेटले पर्याप्त ध्यान दिने छ।ु अर्थतन्त्रलाई गतिशिल बनाउने, स्वास्थ्य पुर्वाधार तथा विपद् पुर्वको तयारीलाई प्राथमिकता राखे पनि मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा १५औँ योजना र दीगो विकासका लक्ष्य हासिल गर्न तर्जुमा गरिएका राष्ट्रिय रणनीतिहरुलाई पनि विशेष ध्यान दिइने मन्त्री खतिवडाले बताए।