असोज २७, काठमाडौं । म्याग्दीको गुर्जा हिमाल (९७१९३ मिटर) कोे आरोहण गर्न गएका ९ जना आरोहीको मत्यु भएको छ ।
उत्त हिमालको आरोहणका क्रममा रहेका आरोहीमध्ये ४ जना नेपाली र ५ जना कोरियाली नागरिक गरेर ९ जना आरोहीको ज्यान गएको छ ।
आरोहण दलका सबै सदस्य ३८ सय मिटर उचाईमा रहेको आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्दै गरेको अवस्थामा हिमआँधीले बगाएर मृत्यु भएको म्याग्दीका प्रमूख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
उनका अनुशार आरोहणका क्रममा मृत्यु हुनेमा आरोहण दलका प्रमुख कोरियाका किम चाङ हो सहित लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो छन् ।
आरोहण टोलीमा संलग्न नेपाली सदस्य संखुवासभा भोटखोला गाउँपालिका ३ का छिरिङ भोटे, लाक्पा साङबु भोटे, फुर्वु भोटे र धौलागिरी गाउँपालिकाका नेत्रबहादुर छन्त्याल रहेको पुष्टि भएको प्रमूख जिल्ला अधिकारी लिलाधरअधिकारीले नेपालबोटलाई जानकारी दिए ।
झण्डै एक दशकपछि नयाँ रुट भएर पहिलो पटक टोली उक्त हिमालको आरोहण गर्न गएको आरोहण आयोजक एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी दिए ।
हिमालको आरोहणको तयारी गरिहेका टोलीलाई हिमआँधीले बगाएर आरोहीहरूलाई पाँच सय मिटर तलसम्म छरपष्ट बगाएर लगेको बताइएको छ ।
मृतकको उद्धारका लागि सिम्रीक एयरको हेलिकप्टर गएपनि मौशम प्रतिकुलताका कारण सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पहिरो गएको ठाउँबाट लाश र अन्य आरोहीको उद्धारका लागि हेलीले अेक प्रयास गरेपनि सफल नभएको बताइएको छ ।
हेर्नुहोस उद्धारको भिडियो