हस्त बुढा
जुम्ला । जिल्लाको लिा कर्णाली नदिमा र्याप्टिङ व्यवसाय सञ्चालन गरिएको छ ।
'गो कर्णाली टुर एण्ड ट्राभल'ले साउनको महिनामा अपसिजनको समयमा पनि तिला कर्णालीमा व्यवसायिक रुपमा ¥यापटिङ सञ्चालनमा ल्याएको हो ।
साहसिक मानिएको उक्त ¥यापटिङ डुंगा सञ्चालन तिला कर्णालीको चन्दननाथ नगरपालिकाको दानसाँघु देखि तातोपानी गाउँपालिकाको राकाँ सम्मसम्म हुने गरेको छ ।
साउन महिनामा यो ¥यापटिङ निकै प्रभावकारी भएको गो कर्णालीका सञ्चालक ललितजंग महतले बताए । उनले भने तिला कर्णाली भौगोलिक रुपमा निकै उत्तम भएको र पानीको फलो पनि ठिक भएको छ ।
शुरुमा ४र५ पटक परीक्षण संचालन गरिएको थियो। त्यसपछि व्यवसायिक रुपमा अगाडि बढाईएको छ । यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको ललितजंग महतकाले जानकारि दिए । ¥याप्टिङ परीक्षण संचालनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की सहितका सरोकारवाला व्यक्तिहरु समेत सहभागी रहेको थियो । पछिल्लो समयमा भने व्यवसायीक रुपमा अगाडि बढ्न थालेको छ ।
¥याप्टिङ सञ्चालनको मुख्य चालकको जिम्मेवारी यहाँकै बिर्ख दमाई र अमृत दमाईले लिएका छन् । बिर्खले २५ बर्ष बढि भारतमा ढुंगा चलाएर पेशा गर्दै आएका थिए । अहिले उनलाई यही रोजगार दिईएको गो कर्णालीले जनाएको छ ।
सो साहासिक यात्रा गर्ने पर्यटकहरुका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिएको सञ्चालक महतले बताए । उनका अनुसार दानसाँघु देखि तातोपानी सम्म गएर प्राकृतिक तातोपानीले नुहाउन पाईनेछ । योसँगै मार्सी चामलको भात र तिला नदीमा पाउने असला माछा समेत मुख्य खान्की हुनेछ ।
यदि कोरोना सहज मात्रै हुने हो भने यो व्यवसायले पर्यटकहरु निकै तान्ने देखिन्छ । यसका साथै ढुंगाचढ्दा तिलाको वरवर सुसाईरहेको मार्सी धान सहित नजिकैका स्याउका बगैचा पनि पर्यटकका लागि हेर्ने दृश्य हुने छन् ।
कर्णालीमा आउने पर्यटकका लागि व्यवसायीक रुपमा गो कर्णाली टुर एण्ड ट्राभल प्रालिले गति लिईरहेको छ । शुरुमा जुम्लामा स्नोल्याण्ड होटल सँगै पर्यटन व्यवसाय शुरु गरेको सो प्रालिले कर्णालीमा नेपालगंज सुर्खेतबाट आउने गो कर्णाली नामक सानो गाडी सञ्चालनमा ल्याएको थियो । सो सानो गाडीको यात्राले निकै सहज तथा एक दिनमै नेपालगंज देखि यात्रु जुम्ला आउने गरेका थिए । अहिले जिल्ला भर दर्जनौ साना गाडी सञ्चालन छन् ।
यसैगरी गो कर्णालीले कर्णालीमा आउने पर्यटकका लागि हवाई उडानको जिम्मा पनि लिईएको थियो । जुन सेवा अहिले कर्णालीको राजधानी सुर्खेतमा समेत छ । अहिले शुरुवात गरिएको ¥याप्टिङ व्यवसाय पनि गर्मियाममा कर्णालीमा र चिसोमा भेरी नदिमा सञ्चालन गरिने योजना रहेको सञ्चालक महतले बताए ।
उनका अनुसार स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठिचौरमा समेत सञ्चालन गरिने योजना छ ।
यसैगरी १६ किलोमिटरको यात्राको लागि प्रति व्यक्ति दुई हजार शुल्क निर्धारण गरिएको छ । पहिलो सो क्षेत्र निकै सजिलो बाटो छ । दोस्रो यात्रामा सुरक्षाका सवै सामग्रीहरु भएकाले ढुक्क भएर चढ्नुपर्ने सञ्चालकले जानकारी दिएका छन् । अहिले शुरुवाती चरणमा सो व्यवस्याका लागि २४ लाख बजेट खर्चिएको सञ्चालक महतले जानकारी दिए ।