श्रीभक्त खनाल
माथिका हरफ ब्रिटिश सेनामा भर्ती भएर पहिलो पटक प्रथम विश्वयुद्ध लड्न युरोप पुगेका गोर्खाली सैनिकको हो।
तर, यी हरफ गोर्खाली सैनिकले कसैलाई सुनाउनै पाएनन्। लडाइँको मैदानमै उनको ज्यान गयो। गोर्खालीको शव खोतल्दा जर्मन सेनाका लेफ्टिनेन्ट अलेक्सान्डर पेफियरले यो डायरी भेटे।
‘कुर्हेसियन जागर बटालियन नम्बर–११’ का लेफ्टिनेन्ट पेफियरले सन् १९१४ मा उत्तरी फ्रान्सको ‘ला बास्सी’ क्षेत्रमा यो डायरी फेला पारेका थिए, जहाँ फ्रान्स र बेलायतको एकीकृत मोर्चा विरुद्ध जर्मनीको लडाइँ चलेको थियो। ला बस्सीको यो लडाइँ अक्टोबर १२ मा शुरू भएर डिसेम्बर अन्तिम सातामा सकियो।
लडाइँ सकिएलगत्तै शत्रुपक्षको युद्ध रणनीतिबारे केही सुराक मिल्छ कि भनेर जर्मन पक्षले मृतक गोर्खाको शरीर र डायरी खानतलास गरेको थियो। यसक्रममै भेटिएका थिए, यी भावना।
गोर्खा सेना पहिलो पटक युद्धका लागि समुद्र पार गरेर बिल्कुल नयाँ भूभागमा पुगेका थिए जहाँ भाषा, रहनसहन, खानेकुरा, मौसम केही मिल्दैनथ्यो। कतिपय इतिहासकारहरूले त उनीहरू दौरा–सुरुवाल माथि सैनिक ड्रेस लगाएर लड्न गएको पनि उल्लेख गरेका छन्।
भारतबाट युरोप जाने बेलामा हिउँद लागिसकेको थिएन। तर, जब उनीहरू युरोप पुगे तब न्याना कपडा पनि पर्याप्त थिएनन्। उनीहरूसँग ट्रेञ्च खनेर लड्ने ज्ञान थिएन। यस्तो चिसोमा उनीहरूले कहिल्यै लडेका थिएनन्। गोर्खालीलाई शत्रुको भन्दा पनि चिसोको बढी डर थियो।
अलेक्सान्डरको डायरी जसमा गोर्खालीको नाम देखिन्छ। स्रोतस् फिलिप क्रस
शत्रुको डायरी
यतिबेला तिनै अलेक्सान्डरका पनाति फिलिप क्रस जिजुबुवाका संकलित डायरी र कागजपत्र खोतल्न थालेका छन्। अलेक्सान्डरले जर्मन भाषामा लेखेको डायरी फिलिप अंग्रेजीमा उल्था गरिरहेका छन्। त्यो बेला गोर्खाली सेनाले नेपाली भाषामा लेखेको डायरी अलेक्सान्डरले कसरी जर्मन भाषामा अनुवाद गरे भन्ने पनि खुल्न सकेको छैन।
फिलिपले यो पंक्तिकारलाई डायरीका दुई पाना प्रतिलिपि उपलब्ध गराउँदै यो लेखाइ एक मृतक गोर्खा सार्जेन्टको भएको बताए। तर, ती सार्जेन्ट को थिएरु रहस्य कायमै छ। तिनै गोर्खा सार्जेन्टले प्रयोग गरेको खुकुरी भने अलेक्सान्डरले घरमै राखेका रहेछन्, जुन अहिले पनि फिलिपको संग्रहमा छ।
अलेक्सान्डरले डायरी र खुकुरीसँगै गोर्खाली सेनाबारे आफ्नो भय पनि व्यक्त गरेका छन्। उनले लेखेका छन्– ‘मैले भारतीय लेखाइ ९अक्षर० मा थुप्रै चिठी भेट्टाएँ। उनीहरू डरलाग्दा लडाकू हुन्। उनीहरूसँग हामीलाई डर लाग्छ। उनीहरू चक्कु ९खुकुरी० ले शत्रुलाई मेसैसित काट्छन्।’
अलेक्सान्डरले फेला पारेको गोर्खाली सेनाको डायरीको पहिलो पाना हेर्दा ती गोर्खाली खासगरी पुरोहितसँग मुश्किलले साँवा अक्षर छिचोल्न सिकेको अनुमान गर्न सकिन्छ।
डायरीमा भेटिएका गोर्खाली सेनाका नाम यसप्रकार दिइएको छ, जुन त्यसबेला ला बास्सामा खटिएका केही गोर्खाली सैनिकको नाम हो।
फ्रान्सको ला बास्सीको लडाइँमा जर्मन सैनिकले फेला पारेको गोर्खा सार्जेन्टको खुकुरी। स्रोतः फिलिप क्रस
(१) थुपरौ गुरूं ९जर्मन भाषामा पनि यो नामलाई त्जगउबचबग लेखिएको रहेछ। यो नाम अशुद्ध हुन सक्ने संभावना छ)
(२) चन्द्रवीर थापा
(३) अकलवीर गुरूं
(४) मनबहादुर गुरूं
(५) अमरसिं पुन
(६) उजेरसिंह घर्ती
(७) इमानसिंह गुरूं
(८) मनवीर थापा
(९) छविलाल राना
(१०) अकतवीर थापा
(११) नरबहादुर थापा
(१२) षटकसिं गुरूं
माथिका नाममध्ये दोस्रोमा रहेका चन्द्रवीर थापा राइफल म्यान थिए। सेकेण्ड किङ एडवार्डस् सेभेन्थस् ओन गुर्खा राइफल्स ९सिरमुर राइफल्स० को सेकेण्ड बटालियनमा कार्यरत उनको सर्भिस नम्बर २०२५ थियो। थापाको निधन १६ डिसेम्बर १९१४ मा ला बास्सीमै भएको थियो। चन्द्रवीरको बाबुको नाम हेमन्त र ठेगाना मझकोट, पाल्पा रहेको छ।
आठौं नम्बरमा रहेका मनवीर थापा फस्र्ट किङ जर्ज फिफ्थ ओन गुर्खा राइफल्स ९मलाउ रेजिमेन्ट० को फस्र्ट बटालियनमा आवद्ध नायक दर्जाका हुन् भन्ने देखिन्छ। सर्भिस नम्बर १८९६ रहेका थापाको निधन २० डिसेम्बर १९१४ मा भयो। मनवीरको बाबुको नाम पारसराम र ठेगाना दोहादी, नम्बर ४, पश्चिम, सतौं, नेपाल लेखिएको छ।
नवौं नम्बरमा रहेका राइफल म्यान छविलाल राना पनि सेकेण्ड गुर्खा राइफल्सकै सेकेन्ड बटालियनमा कार्यरत थिए। सर्भिस नम्बर २११४ भएका उनी २० डिसेम्बरकै दिन ला बास्सीमा मारिएका थिए।
जर्मनीमा युद्धबन्दी बनाइएका अन्य गोर्खाली। तस्वीर स्रोतः सरकुर्कीडटब्लगस्पटडटकम
उल्लिखित १२ जनाको लिष्टमा नरहेका तर ला बास्सीमै लडेका अर्का गोर्खा सैनिक हुन्, हरिबल थापा। सरकुर्कीडटब्लगस्पटडटकममा जनाइए अनुसार थापा फस्र्ट गुर्खा रेजिमेन्टका राइफल म्यान थिए। सर्भिस नम्बर २९५२ रहेका थापाको मृत्यु २४ जनवरी १९१५ मा युद्धबन्दी हुँदा भएको थियो। कागजपत्रमा उनको बाबुको नाम दलकेशर र ठेगानामा पेरुङ, रिसिङ, पश्चिम नेपाल लेखिएको छ। पेरुङ तनहुँको मगर गाउँ हो।
वेबसाइटमा जनाइए अनुसार ला बास्सीको लडाइँमा थापालाई युद्धबन्दी बनाएर जर्मनी पठाइयो जहाँ उनको मृत्यु भयो। बर्लिन नजिकै उनको समाधि अहिले पनि देख्न सकिन्छ।
अलेक्सान्डरले विभिन्न मितिमा लेखेको डायरीमा गोर्खा सम्बन्धी चार वटा प्रसङ्ग भेटि
अलेक्सान्डर । तस्वीरस् फिलिप क्रस
ए।
- २० डिसेम्बर १९१४ को बिहान साढे पाँच बजेतिर तोप र गोलाबारीको आवाजले म बिउँझिएँ। म सुतेको कोठा कसैले खोल्यो। ऊ हाम्रो मेसिनगन कम्पनीको साथी ओबरजागर रहेछ। ऊ डरले त्रस्त थियो र राम्ररी बोल्न पनि सकेको थिएन। हाम्रो मेसिनगन कम्पनी माथि आक्रमण भएको रहेछ। उनीहरू (गोर्खा) ले बाङ्गिएको जस्तो चक्कु (खुकुरी) ले हाम्रा साथीको घाँटी काटिदिएका रहेछन् र भेटे जतिलाई आक्रमण गरेछन्। मैले सुतेका अन्यलाई बिउँझाउँदै यो कुरा भनें।
- लडाइँ सकिएपछि मैले डरलाग्दो दृश्य देखें। घाइते र मृतकले जमीन भरिएको थियो। हाम्रा आर्टिलरीको अवशेष नजिकै बेलायती र भारतीय (गोर्खा पनि) सधैंका लागि सुतेका थिए। केहीको टाउको र हात छुट्टिएको छ। युद्ध स्थलबाट हामीले खूबै लुट्यौं। हँसिया आकारको चक्कु (खुकुरी), सूर्तीजन्य पदार्थ, डिब्बाबन्द खानेकुरा आदि।
- हाम्रा विरुद्ध टाउको खुइल्याएका भारतीय (गोर्खा) छन्। चेप्टा (होचा भन्ने सन्दर्भमा) शरीर भएका उनीहरू तन्दुरुस्त छन्। एक जना युद्धबन्दी भन्थ्यो, उनीहरूलाई चिसोले आक्रान्त पारेको छ। उनीहरूलाई ठण्डी र हिमपातसँग डर छ। चाँडै नै उनीहरू अब धूलो टोक्छन्। (जर्मन भाषामा ‘टोक्छन्’ भन्ने शब्द चलाइएकोले जस्ताको तस्तै अनुवाद गरिएको छ।)
- तिनीहरू लडाइँमा हिंस्रक, आक्रामक र निडर हुन् तर मन भने दयालु, शान्तिप्रेमी र आध्यात्मिक रहेछ।
लाहुर कर्म र मर्म
यो कठै बरा......जोबन सबै शत्रुका हातबाट गयो.....पल्टनको माया मोह नेपालमै रह्यो.....जिउँदै मरी कैलाशमा गयो। सुवेदार भीमसिं भँडारी भयो.....हर्के थापा जसराजा धर्म....खत्री......कम्यान्डर प्रजीतन..... नैनसिं खत्री सरुप कुँवर...... प्रतिमन थापा
कवितात्मक भावमा लेखिएको यो डायरीमा ‘यौवनमै शत्रुका हातबाट मारिएका गोर्खाली पल्टनका सिपाहीले नेपाललाई सधैं माया गरेको र जिउँदै ९शायद अकालमैरु० मरेर कैलाशमा गएको’ भाव देखिन्छ। यसको अर्थ त्यतिञ्जेलसम्म बाँचेका गोर्खाली सैनिकले मारिएका साथीको सम्झनामा यस्तो लेखेको प्रतीत हुन्छ।
गोर्खाली सैनिकको नाम (बायाँ) र डायरीको पानामा गोर्खालीले बिलौना गरेको डायरीको पानाहरु। स्रोतस् फिलिप क्रस
गोर्खा सेना पहिलो पटक समुद्र पार गरेर बिल्कुल नयाँ भूभागमा पुगेका थिए जहाँ न भाषा, रहनसहन, खानेकुरा, मौसम केही मिल्दैनथ्यो। कतिपय इतिहासकारहरूले त उनीहरू दौरा–सुरुवाल माथि सैनिक ड्रेस लगाएर लड्न गएको पनि उल्लेख गरेका छन्।
भारतबाट युरोप जाने बेलामा हिउँद लागिसकेको थिएन। तर, जब उनीहरू युरोप पुगे तब ताता कपडा पनि पर्याप्त थिएनन्। उनीहरूसँग ट्रेञ्च खनेर लड्ने ज्ञान थिएन। यस्तो चिसो मौसममा उनीहरू कहिल्यै लडेका थिएनन्। डायरीमा अक्लेसान्डरले लेखे अनुसार, गोर्खालीलाई शत्रुको भन्दा चिसोको डर बढी रहेछ भन्ने पनि बुझिन्छ।
जर्मनीमा युद्धबन्दी बनाइएका र सोही क्रममा मृत्यु भएका हरिबल थापाको जर्मनीमा रहेको चि
जर्मनीमा युद्धबन्दी बनाइएका र सोही क्रममा मृत्यु भएका हरिबल थापाको जर्मनीमा रहेको चिहान।
हान।
बल्ल अध्ययन
बेलायतबाट संचालित अनलाइन पत्रिका ‘वी नेपाली डटकम’ मा २१ साउन २०७७ मा छापिएको समाचार अनुसार प्रथम विश्वयुद्धमा जर्मनमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीको खोज–अन्वेषण अस्ट्रियाको भियना विश्वविद्यालयकी प्राध्यापक डा।अलका आत्रेय चूडालले गरिरहेकी छन्।
सन् १९१४ देखि १९१८ का बीचमा जर्मनीको बर्लिनदेखि ४० किमी टाढा रहेको बुनस्फोट शहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले कहेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड
.jpg)
गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि संग्रहालयमा राखिएको रहेछ। सय भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन्।
अहिले ती रेकर्डलाई लिपिमा उतार्ने काम भइसकेको छ। डा. आत्रेयका अनुसार यी लोकसामग्रीहरू
मा गोर्खाली सेनाका वेदना, प्रार्थना, परिवारको माया, कम्पनीको आदेश र गाउँको सम्झना जस्ता संवेदनशील कुरा समेटिएका छन्।
मारिएका अन्य
अलेक्सान्डरले ला बास्सीमा २० डिसेम्बर १९१४ बिहानै जर्मनले गोला बारुद गरेको उल्लेख गरेका छन्। सोही दिनको लडाइँमा मनवीर थापा पनि मारिएका थिए। उनको नाम माथि उल्लिखित सूचीमा आठौं स्थानमा रहेको छ।
२० डिसेम्बरकै दिन र ला बस्सी आसपासमा मारिने अन्य व्यक्तिहरू पनि छन्। त्यहाँ खटिएका गोर्खाली पल्टनको नाम, घटना मिति र घटनास्थल हेर्दा उनीहरू पनि ला बस्सीकै युद्धमा मारिएका हुनसक्ने देखिन्छ।
स्रोतः फाइण्डग्रेभडटकम
(हाल बेलायत निवासी खनाल ‘अप्ठेरो बाटो’ र ‘जोर बन्दूकको छायाँ’ पुस्तकका लेखक पनि हुन्।)
साभार हिमालखबर