प्रथमत, आप्mनो पुस्तागत एकताको बलमा विश्व समुदायलाई चकित पार्ने गरी राष्ट्र परिवर्तनको मुद्धा स्थापित गराउन सफल भएकोमा यो समुहप्रति हार्दिक आभार व्यक्त गर्दछु । जसले घर परिवारबाट तिमिी अल्लारे, आलाकाँचाले केहि गर्न सक्दैनौ, तिम्रो अँझै पालो आएको छैन भन्ने पारिवारिक, सामाजिक, संस्थागत, राजनीतिक र शासकीय भाष्यलाई नाटकीय रुपमा बदल्ने काम यहाँहरुबाट भएको छ ।
देशका हरेक संरचनामा व्याप्त व्यथिती, नातावाद, जातीवाद, क्षेत्रीयतावाद र नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने राज्य/राजनीतिक/नागरिक संरचनाका विरुद्ध यहाँहरुको आन्दोलनले प्राप्त गरेको सफलता प्रति हार्दिक बधाई छ । यि माग पप्लिक उठानका हिसाबले अभियानकै रुपमा नेतृत्व लिने कामले इतिहाँस रचेको छ । संस्थागत उठानका हिसाबले यि माग जेन जी पुस्ताका देखिएपनि खासमा यी हरेक नेपाली नागरिक/राजनीतिककर्मी/नागरिक समाजका साझा हुन् । जो सबै राज्यका/राजनीतिक दल/सामाजिक तथा नागरिक संगठनहरुका संरचना भित्र पनि नउठेका होइनन् । सुनुवाई नभएकाले परिणाम नदेखिए हो । तपाईहरुले उठएका मागलाई लामो समयको पत्रकारिता र राजनीतिक संलग्नताका क्रममा मेरो जेन र्वा पुस्ताले पनि नउठाएको होइन । तर त्यसलाई परिणाममा निकाल्न नसकेकोमा यहाँहरुप्रति माफी माग्नलाई कुनै संकोचन मान्नु पर्ने अवस्था छैन् । यद्यपी २३/२४ गते देशलाई हरेक हिसाब (मानविय/पुर्वाधार, ऐतिहाँसिक दस्तावेज, पुरातत्व, आदी)ले जुन प्रकारको नरसंहार मच्चाउने काम भयो त्यो ध्वशंप्रति सिङ्गो देश गहिरो दुःखमा छ । यो घटनामा आप्mनो कलकलाउँदो ज्यान आहुती दिने सबै वीर शहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समग्र अघिल्लो पुस्ताका तर्फबाट आफन्त गुमाएको पिंडामा रहनु भएका सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । तपाईहरुको दुई दिने आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा पिंडासँग छटपटाई रहनु भएका बिरामीको सिघ्रस्वास्थ्य लाभको कामना ।
भौतिक रुपमा हेर्दा २३ गतेको तपाईहरुको शान्तिपूर्ण प्रर्दशनमा ताकी ताकि गोली ठोक्ने, २४ गते सबै पुस्ताको आस्थाका केन्द्रका रुपमा रहेका विरेन्द्र अन्तरािष्ट्रय सम्मेलन केन्द्र, सिंहदरबार, सितल निवाश, सर्वोच्च अदालत लगायतका दर्जनौं भवन छिनभर खरानी हुँदा निर्जिब बनेका सुरक्षाकर्मीका हतियार जिवित बनेको छन् । देश खरानी छ । अँझ बल्दैछ । सबै क्षेत्र ठप्प छ । हरेक मन स्तब्ध छ । देश नेतृत्व बिहिनताको अवस्थामा छ । टोलटोलमा लुटपाटका घटना क्रमिक रुपमा बढ्दा छन् । देशभरका जेलहरुमा कैदीबन्दी र सुरक्षाकर्मीबीच दोहोरो मुडभेटको अवस्थाले गोली हानाहानको परिस्थिती टरेको छैन् । राजनीतिक शक्तिहरु पर्ख र हेराइको अवस्थामा क्रमिक रुपले आप्mना धारणा सार्वजनिक गरिरहेका देखिन्छन् । नागरिक समाज मुख खोल्दा के प बिग्रीन्छ ? भन्दै बल्ल बल्ल चलमलाइरहेका छन् । सञ्चार माध्यमले घटनामा मात्र केन्द्रीत अर्थात हट न्युजलाई मात्र प्राथमिकता दिएको देखिन्छ । भित्रभित्रै देश ठूलो संकटतर्फ उन्मुख भैसकेका आसंका छिन मै डढेलो झैं उस्तै गरी फैलिएको छ । तरपनि विगतका सत्ताले गरेको अतिविधिले दिक्क भएका नागरिक बादलको कालो घेरामा सेता चाँदी झैं आशा देखिरहेका छन् । दिनभरको काठमाडौंको वातावरण र तपाईहरुले लिने निर्णयमा देखिएको अन्यौलताले लामो बलिदानीले आर्जेको व्यवस्थाबाट अहिले बसेको ठाउँबाट अर्को ठाउँमा पुग्ने बित्तिकै अर्कै अवस्थामा पुगिने होकी भन्ने भय आम नेपालीमा भित्र भित्रै भुसको आगो झैं सल्किरहेको छ । बिहिबार (२६ गते) दिनभर र राती अबेरसम्म सैनिक मुख्यालय जङ्गी अड्डा, सितल निवाश, जेन–जीको सम्पर्क कार्यालयमा भएका छलफलले यो संकालाई थप बल पुगेको देखिन्छ । यद्यपी संविधानका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी प्रतिनिधि, संविधान विद्, कानुनविद्को छलफलले पूर्वप्रधानन्यायाधीश शुसीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको अनौपचारिक खबर विद्यमान अन्यौलताको अन्त्य हुने हो की भन्ने आश जागेको छ । तरपनि औपचारिक परिणाम नदेखिञ्जेल कतिखेर के हुन्छ भन्नेमा ढुक्क हुने स्थिती अँझै देखिदैन् । तसर्थ यहाँहरु जस्ता नव जवानहरुलाई थप सचेतताका लागि अघिल्लो पुस्ताकातर्फबाट यो आग्रह गरिएको हो । आशा छ, यहाँहरुले देशले राजनीतिक निकास नपाउञ्जेल थप केहि समय बिराम नलिएर यि विषयलाई ध्यान दिनु हुनेछ ।
भौतिक रुपमा हेर्दा २३ गतेको तपाईहरुको शान्तिपूर्ण प्रर्दशनमा ताकी ताकि गोली ठोक्ने, २४ गते सबै पुस्ताको आस्थाका केन्द्रका रुपमा रहेका विरेन्द्र अन्तरािष्ट्रय सम्मेलन केन्द्र, सिंहदरबार, सितल निवाश, सर्वोच्च अदालत लगायतका दर्जनौं भवन छिनभर खरानी हुँदा निर्जिब बनेका सुरक्षाकर्मीका हतियार जिवित बनेको छन् । देश खरानी छ । अँझ बल्दैछ । सबै क्षेत्र ठप्प छ । हरेक मन स्तब्ध छ । देश नेतृत्व बिहिनताको अवस्थामा छ । टोलटोलमा लुटपाटका घटना क्रमिक रुपमा बढ्दा छन् । देशभरका जेलहरुमा कैदीबन्दी र सुरक्षाकर्मीबीच दोहोरो मुडभेटको अवस्थाले गोली हानाहानको परिस्थिती टरेको छैन् ।
१. राष्ट्रपतिसँग भौतिक संवादको थालनीः
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक नेपाल अहिले खासमा कार्यकारी प्रमुख बिहिन मात्र भएको हो । संविधान बिहिन होइन् । यो लोकतान्त्रीक व्यवस्था बदल्ने माग तपाईहरुको पनि होइन् भन्ने कुरा प्रष्ट रुपमा सार्वजनिक भैसकेको छ । देशको अविभावक एव्म संविधानको संरक्षक महामिहम राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँलाई नागरिकले विश्वाश गर्ने गरेर तत्काल सार्वजनिक गर्नुपर्छ । देशको आगामी निकासका लागि तपाईहरुको पुस्ताले नेपाली सेनासँग होइन् संविधानको संरक्षक संस्था राष्ट्रपतिसँग भौतिक संवादको थालनी गर्नुहोस् भन्ने माग सबैको छ । राजनीतिक मुद्धामा सेना होइन संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिसँगको वार्तालाई जोड दिउँ । तपाईहरुका मागलाई संस्थागत गर्न र संविधान अनुरुप नागरिक सरकार सरकार गठनका लागि राष्ट्राध्यक्ष पौडेलसँग वार्ता गर्ने हो भने पुर्खाले लामो त्यागबाट ल्याएको यो व्यवस्था जोगाउन प्राप्त जनमतको सम्मान र सडकको भावनालाई संस्थागत गर्न सहज हुनेछ ।
लामो संघर्षबाट प्राप्त वर्तमान लोकतान्त्रीक व्यवस्थामा राजनीतिक दलहरु पनि छन् । विगतमा यि दलको नेतृत्वबाट भएका त्रुटीलाई समग्र दल र व्यवस्था नैं खराब भन्ने भाष्य जबरजस्त निर्माण गरिदैछ ।
२. दलीय संवादको ढोका खोलौं
हामी लोकतन्त्रीक व्यवस्थामा छौं । यसको विकल्प ‘उन्नत लोकतन्त्र’ बाहेक अरु केहि हुन सक्दैन् । यसको प्राप्तीमा जेन –जी पुस्काका तपाईहरुको पनि योगदान छ । लामो संघर्षबाट प्राप्त वर्तमान लोकतान्त्रीक व्यवस्थामा राजनीतिक दलहरु पनि छन् । विगतमा यि दलको नेतृत्वबाट भएका त्रुटीलाई समग्र दल र व्यवस्था नैं खराब भन्ने भाष्य जबरजस्त निर्माण गरिदैछ । यसले लामो समयको राजनीतिक र सामाजिक बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढ्दै गएको छ । विगतका राजनीतिक शक्तिहरुसँग र तपाईहरुबीचको दूरी बढाउने मात्र होइन् हाम्रो जेन वाई र अघिल्लो जेन एक्स पुस्ताबीच पुस्ता अन्तरको वर्ग विभाजन गर्ने ठूलो खेल चलिरहेको छ । यसले हामीले चाहेको समृद्ध नेपालको परिकल्पनाले साकार रुप पाउन चुनौती थपिने देखिन्छ । अतः यि दलहरुमा पनि तपाईहरुको जेन–जी पुस्ताले उठाएका मागहरुमा समर्थन जनाएर राष्ट्रहितका पक्षमा लाग्ने नेताहरु पनि छन् । जसले तपाईहरुका मागलाई छिटो संस्थागत गन, अन्तर पुस्ता/शक्ति बीच एकाकार गर्न र सर्वस्विकार्य गर्नमा मद्यत गर्दछ । त्यसैले राष्ट्रिय सहमती र आगामी निकासका लागि यहाँहरुले सर्वदलीय संवादको ढोकालाई ताल्चा नलगाई खुला गर्दै संवाद हिनता हटाउन थाल्दा उचित नैं होला ।
३. सामुदायिक शान्ति स्थापनाका लागि जेन–जी भोलेन्टीयर परिचालन
यहि २३ र २४ गते चलेको यहाँहरुको आन्दोलनले हरेक नागरिकमा कतिखेर कहाँ के हुन्छ ? भन्ने त्रास फैलिएको छ । हामीले सुरक्षा कवज ठान्दै आएको नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाकै अघि २३ गते १९ जना नौ जवानले अनाहाक ज्यान गुमाउनु पर्यो । २४ गते उहाँहरुकै अघि देशकै महत्वपूर्ण संरचना, व्यक्तिगत र व्यावसायिक संरचना छिनभर मै खरानी बने । यसले नागरिकमा त्रासको मात्र निकै बढेको छ ।
राज्यको कानून विपरित अपराध गरेको ठहर सहित कारागारमा रहेका हजारौको संख्यामा कैदी बन्दी भागेका छन् । जसले केहि स्थानमा अपराधजन्य गतिविधि पनि शुरु गरेका खबर बाहिरिएका छन् । यसबाट समाज थप डरले आक्रान्त बनेको छ । २६ गते राती हेटौडाको बाटो भएर राजधानी छिरेका दर्जनौ सेनाका कन्टेनरहरुको प्रवेशको जानकारीले नागरिकमा अब के हुने हो ? भन्ने त्रास थप बढाएको छ । त्यसलाई चिर्दै देशमा सबै प्रक्रिया सामान्य हुदैं जान्छ । हरेक नागरिक सुरक्षित हुन्छ भन्ने सन्देश प्रवाह गर्नु तपाईहरुको अर्को तत्कालिक कार्यभार पनि हो । तसर्थः समुदायमा फैलिएको यो सन्त्रासलाई कम गर्न र जेन–जी पुस्ताले गरेको क्रान्ति हाम्रै लागि हो । हामी सुरक्षित मात्रै छैनौं हाम्रो नागरिक तथा राजनीतिक अधिकार पनि सुरक्षित छ भन्ने प्रमाणीत गर्न हेक टोलबाट तपाईहरुको पुस्ताका सदस्यहरुलाई जेन–जी भोलेन्टीयरका रुपमा परिचालन गर्दै सामाजिक र राजनीतिक सद्भाव कायम गराउन पहल गर्दा राम्रै सन्देश प्रवाह हुने थियो ।
४. भ्रटाचार नियन्त्रणको नीतिगत व्यवस्था र पुस्तान्तरणको कानूनी प्रावधान
यहाँहरुले उठाएको र हरेक नागरिकले तपाईहरुको आन्दोलनलाई साथ दिएको विषय भनेकै भ्रष्टाचार नियन्त्रण र नेतृत्वमा पुस्तान्तरण हो । जुन अघिल्ला राजनीतिक दलहरुबाट संभवन भएन । त्यसैले यहाँको प्रस्तावमा गठन हुने नयाँ अन्तरिम सरकार र अब बन्ने कानूनमा सार्वजनिक पद धारण गरेका र आगामी दिनमा गर्ने जुनसुकै व्यक्तिहरुको सम्पति व्यवहारिक सुद्धिकरण गर्ने र प्रमाणीत नभएको सम्पत्तिलाई राज्यकरण गर्ने, विकास खरिद गर्ने विद्यामान प्रर्णालीको सामुल अन्त्य गर्ने विषयलाई नीति, विधि र कानूनी रुपमा व्यवस्था गरिनु पर्छ । यसका अलावा जुनसकै भ्रष्टाचार (नीति, प्रक्रियागत र रगद) गर्नेलाई हदैसम्मको कारबाही गर्ने व्यवस्थालाई पनि कडाईका साथ लागु हुने गर्नुपर्ने देखिन्छ । नयाँ सोच र पुस्तालाई हरेक क्षेत्रको नेतृत्व हस्तान्तरणलाई बाध्यकारी बनाउन सिमित समय र कार्यकाल पश्चात स्वतः पुस्तान्तरण हुने व्यवस्थालाई कानूनी रुपमै बाध्यकारी बनाउने विषयालाई अहिले देखि नैं तयारीका लािग हाम्रो पुस्ताको पनि आग्रह छ ।
नेपाललाई प्राप्त व्यवस्थामा अवस्था फेरिने प्रर्णालीको आवश्यकता हो । संभावित संविधान बिहिनतालाई ख्याल गर्दै विद्यमान संवैधानिक दायरा भित्र रहेर सबै पविर्तनका लागि आवश्य नीति तथा कानूनको तर्जुमा गर्न संभव छ । त्यसका लागि सबै क्षेत्रसँगको समन्वय, सहकार्य र सहअस्थित्वको भावनाबाट अघि बढे अपेक्षित परिवर्तनले मुर्त रुप धारण गर्नेछ । हार्दिक शुभकामना ।