काठमाडौं । तिहार नजिकिँदा देशभर ढाका टोपी कारोबार व्यापार बढ्दै गएको छ।
तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेकोले यसको व्यापार बढ्दै गएको व्यापारीहरुले बताएका छन्।
पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको असनका ढाकाटोपी व्यापारी सानोभई श्रेष्ठले जानकारी दिए ।
‘ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ,' उनले भने, 'पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ।’
चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागि हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको नेपालगञ्जका ढाँका टोपी व्यापारी नविन शाहीको भनाई छ । यसका साथै नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको उनले बताए। उनका अनुसार यसले भाइटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटिकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौति दिएको छ ।
ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको कुनै प्रभाव ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन्।
तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ ।