सिन्धुपाल्चोक । सात बर्ष अगाडि सुरु भएको निर्माणधिन मध्यभोटेकोशी आयोजना (१०२) निर्माण सम्पन्नको आधाआधी नपुग्दै लथालिङ्ग हुनमा आयोजना प्रमुख (सिईओ) मणिकुमार काफ्ले जिम्मेवार देखिएको छ ।
सिईयो आफँैले आयोजना लम्ब्याउन तथा आर्थिक अनियमिता गरेको टेप प्रकरण सार्वजनिक भएसँगै यो तथ्य फेला पारेको हो । स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणीराम काफ्ले, कन्सल्ट्याण्टका दिनेश भण्डारी र चिनीयाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको हो ।
आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक मणीराम काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताए । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौँको ड्रील भएको अडियो नै फेला परेको छ, सुरुङको टेष्ट नै नगरी कन्सल्ट्याण्टले सिफारीस गरेको छ’, मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनीधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भने ।
दोभाषे गोविन्द मार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरि सुरुङको परीक्षण नै नगरी कन्सल्ट्याण्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन् ।
‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्याण्टले सिफारिस पठायो, मैंले पास गर्न मानिनँ’, लामाले भन्नुभयो । २०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोशी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन ।
आर्थिक चलखेलका कारण पटक पटक म्याद थप गर्दै पछिल्लो पटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोशी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रेका छन् ।