नुवाकोट । जिल्लाको निर्वाचन क्षेत्र नं २ मा संघीय क्षेत्रको बजेट सार्वजनिक भएको छ । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नुभएको हो । सरकारले संघीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र आयोजना सञ्चालन गर्नका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्ने गरेको छ ।
सांसद खतिवडाले विदुर नगरपालिका–९ स्थित नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका लागि कोभिड–१९ परीक्षण उपकरण खरिद तथा ल्याव स्थापनाका लागि ८७ लाख ४० हजार, विदुर–१ वान्द्रेस्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माणका लागि–१० लाख, विदुर–४ स्थित जिल्ला खेल मैदान बट्टार शौचालय निर्माणका लागि–८ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
यस्तै विदुर–४ मा कराते भवन निर्माणका लागि १० लाख, विदुर–१० स्थित दारेगौडा खानेपानीका लाई– ५ लाख, कालीखोला मुहान संरक्षणका लागि–२ लाख, विदुर–३ स्थित पोखरे फाँटमा सिंचाईका लागि–५ लाख, विदुर–६ स्थित चैनपुर सामुदायिक भवनका लागि–८ लाख, विदुर–५ पिपलटारस्थित पिपलटार फुटवल क्लवको फूटसल खेल प्रशिक्षण स्थल निर्माणका लागि–५ लाख बजेट विनियोजन भएको छ । विदुुुर नगरपालिका १३ स्थित रिसंग माने आम्थाङ माझँगाउँका लागि ५ लाख, विदुर–१ स्थित त्रिशूली बजार सिँढी निर्माणका लागि–५ लाख रुपैयाँ छुट्टाइएको छ ।
विदुर–११ मा २ लाख, विदुर–२ मा ३ लाख र ८ नं.वडामा ५ लाख गरी जम्मा १० लाख सामुदायिक भवन निर्माणका लागि छुट्टाइएको छ । यसका साथै विदुर–४ मा कराते भवन निर्माणका लागि १० लाख गरी विदुर नगरपालिकाका वडाहरुमा ७ वटा आयोजना छनोट भएका छन्, जसका लागि १ करोड ५८ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, बेलकोटगढी नगरपालिकाका–२ मा बोक्से कात्तिके, वीरेन्द्र मावि सडक स्तरोन्नतीका लागि–१० लाख, वडा नं.६ मा बञ्चरे, कृष्ण मन्दिर सडक र मालिका दियाले सडक स्तरोन्नतीका लागि–१५ लाख, वडा नं.११ मा अमारे, डेउडी र मजुवा सडक स्तरोन्नतीका लागि–१० लाख, वडा नं.८ र ९ मा जनसेवा बराबोटसडक स्तरोन्नती र साँधी खोला भट्टथोक खमारे सिँचाईका लागि–१० लाख गरी जम्मा बेलकोटगढी नगरपालिकालाई ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
किस्पाङ गाउँपालिका–१ स्थित गान्द्राङ सिँचाई र घोङ्घा भञ्ज्याङ सोलार प्लान्ट निर्माणका लागि–१० लाख, किस्पाङ–५ स्थित सुकौरो खोला देखि स्कुल हुँदै अँधेरीखोला सम्मको सिँढी बाटो र ठण्डापानी खानेपानीका लागि–१० लाख रुपैयाँ सार्वजनिक भएको छ ।