सुर्खेत । सुर्खेत विमानस्थललाई थप १५५५ मिटर बिस्तारे गरिने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेशका पदाधिकारीहरुको बैठकलेयस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको विमानस्थललाई प्रदेश स्तरको विमानस्थलका रुपमा स्तरोन्नती गर्न प्रदेश सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व बुढाथोकी जानकारी दिए ।
मुख्यमन्त्रीकाृ कार्यालयमा बसेको बैठकले सुर्खेत विमानस्थ स्थलमा रात्रीकालिन उडान भर्न मिल्ने पूर्वाधार सहित प्रदेश स्तरको विमानस्थल बनाउन आवश्यक पर्ने बजेटका व्यवस्था गर्ने प्रतिवद्धता बैठकमा मुख्या मन्त्री शाहीले दिएका छन् ।
बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, माननीय सासदज्यूहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी, प्रदेश सरकारका सचिवज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू लगायतका अधिकारीहरुकौ उपस्थिती रहेको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।
यस्ता छन् बैठकले गरेका निर्णय
१) सुर्खेत विमानस्थललाई सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोच सहित हाललाई १५५५ मीटरको धावनमार्ग र रात्रीकालिन उडान गर्न सकिने विमानस्थलका विकास एवं विस्तार गर्ने ।
२) विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथासिघ्र तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउने ।
३) सुर्खेत विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षिय समिति गठन गर्ने ।
४) जग्गा प्राप्ति प्रकृया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याँकन समितिको वैठक आव्हान गरी काम अघि वढाउने ।
५) विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ । उक्त रकममध्येको ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भयो ।