नेपाललाई भारतले आफ्नो वैचारिक अधीनस्थ भनी वेलाबखत अप्रत्यक्ष रूपमा शब्दजाल फ्याँक्ने प्रयास गर्दै आएको छ
भारतीय संस्थापनको संरक्षणमा रहेको जी न्युजले सगरमाथामाथि भारतीय दाबी गर्यो । जी न्युजको टोली सगरमाथा बेस क्याम्पनजिकै कालापत्थर पुगी सगरमाथा चुलीलाई पृष्ठभूमिमा राखेर प्रधान सम्पादक सुधीर चौधरीले फलाके– ‘मेरो अगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन्’ ९नयाँ पत्रिका, ०७७ पुस २९० ।
कालापत्थरबाट चौधरीले तीनवटा कुरा भने– पहिलो, माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ । दोस्रो, एभरेस्टको नाम ‘माउन्ट राधानाथ सिकदर’ राख्नुपर्छ । तेस्रो, भारतले यसका लागि अभियान चलाउनुपर्छ, यो अभियान आजै यहीँबाट हामी सुरु गर्दै छौँ, तपाईं पनि यो अभियानमा सहभागी हुनोस् । भारत सरकारले संरक्षण दिएको भारतीय समाचार एजेन्सीले नेपालको भूमिमा आएर नेपालको सम्पदामाथि किन धाबा बोले र अभियान चलाउने कुराको आह्वान के कारणले गरे रु यसमा तीन कुरा रहेको विश्लेषण गर्न सकिन्छ । पहिलो, नेपालको पहिचान विश्वमा धमिल्याउनका लागि । दोस्रो, भारतले आफ्नो बडप्पन देखाउनका निम्ति । तेस्रो, विश्वमा नेपाललाई भारत अधीनस्थ हो भन्ने आभास दिलाउनका लागि ।
सगरमाथा (एभरेस्ट) नेपालको हो भन्ने कुरा विश्वलाई थाहा छ । नेपाल माउन्ट एभरेस्टको देश हो भनेर विश्वमा पहिचान बनिसकेको छ । हामी विदेश जाँदा ‘म नेपालबाट आएको’ भन्दा कोही–कसैले देशको अवस्थिति ठम्याउन नसकेमा ‘म एभरेस्टको देशबाट आएको हुँ’ भन्दा तुरुन्तै नेपालीको पहिचान गर्छन् । एभरेस्ट भारतको हो भन्ने कुरा विश्वमा छर्न सके नेपालको अस्तित्वमा तलमाथि पार्न सकिन्छ भन्ने भारतीय मनसाय लुकेको हुनपर्छ ।
हास्यास्पद दाबाः सगरमाथामाथि भारतीय दाबा सम्बन्धमा हास्यास्पद कुरा के रहेको छ भने चुचुरो नेपाली फ्रन्टियरमा रहेको सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित रहेको छ । सगरमाथाको अवस्थिति भौगोलिक रूपमा भारतसँग सम्बन्ध नै छैन । तर, पनि के विचारधाराले यस्तो भन्ने साहस गर्यो भारतले १ यो चुली विश्वको सर्वोच्च शिखर हो भनेर भारतले सबभन्दा पहिले मापन गरेकाले यस्तो भनिएको हुन सक्छ । कुनै हिमालय पर्वत मापन गर्दैमा उसैको स्वामित्वको हुनुपर्छ भन्नु हास्यास्पद हुन जान्छ । त्यसमाथि पनि भारतले सन् १८५२ मा मापन गरी हिसाब निकाल्दा मापकले नेपाली भूमि टेकेकै छैनन् । एंगल एन्ड डिस्टान्स ९कोण र दूरी० मापन विधिद्वारा उत्तर भारत अर्थात् नेपालको दक्षिणी सीमानजिक आएर सर्भेक्षण औजार–यन्त्रले सगरमाथाको टुप्पोको अवलोकन गरी त्यस यन्त्र स्थापना गरिएको बिन्दुबाट चुलीको दूरी र यन्त्रले बनाएको कोणका हिसाबले उचाइ निर्धारण गरिएको थियो ।
नेपाल सरकारले अहिलेको राजनीतिक खिचातानी भइरहेको समयमा पनि यस्ता दुष्प्रचारकलाई पटक्कै आफूछेउ पर्न दिनुहुँदैन । आफ्नो राजनीतिक फाइदाका लागि यस्ता माध्यमलाई नजिक पार्न खोजेमा नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामा आँच आउन सक्छ ।
सगरमाथामाथि भारतीय दाबी मिथ्या हो भन्ने कुरो जी न्युज आफैँले नै भन्न बाध्य भयो । नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमै ‘जी न्युजको आपत्तिजनक अभियान’ शीर्षकमा समाचार प्रकाशित गरेपछि त्यसको भोलिपल्टै सुधीर चौधरीले आफ्नो टेलिभिजन च्यानलमा नयाँ पत्रिकाको प्रथम पृष्ठ देखाउँदै एभरेस्टमाथि दाबा गरेकोप्रति माफी मागे । उनले भने– ‘माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन, माउन्ट एभरेस्ट नेपालमै छ । यसलाई कसैले इन्कार गर्न सक्दैन । नेपालका आफ्ना दर्शकलाई आहत बनाउने हाम्रो कुनै उद्देश्य छैन’ ९नयाँ पत्रिका, ०७७ माघ १० । यसबाट मिडिया कस्तो सशक्त हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । नयाँ पत्रिकाले राष्ट्रियतासम्बन्धी त्यो समाचार प्रकाशित नगरेको भए सायद भारतीय समाचार च्यानलले माफी माग्ने थिएन होला ।
नामावलीः अब दोस्रो बुँदातिर लागौँ । एभरेस्टको नाम किन ‘माउन्ट राधानाथ सिकदर’ राख्नुपर्छ भनियो रु नेपालले राखेको ‘सगरमाथा’ नामकरणप्रति डाहा गरेर भारतीय नाम हुनुपर्छ भन्ने ध्येय हुन सक्छ । सन् १८६५ मा भारतको सर्भेयर जनरलको नामबाट ‘माउन्ट एभरेस्ट’ नामकरण गरिएको थियो । माउन्ट राधानाथ नै नाम हुनुपर्ने हो भने भारतले त्यसै बखत किन साहस गर्न सकेन रु भारत अंग्रेजी शासनअन्तर्गत रहेका वेला आँट गर्न सकेन । अंगे्रजको बिरासत बोकेको भारतले अहिले नेपालप्रति हेपाहा प्रवृत्ति दर्साउन यस्तो दुर्वाच्य बोलेको हुन सक्छ ।
नेपालको सगरमाथा नामकरण इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका हुन् । अंग्रेजले आफ्नो पूर्वसर्भेयर जनरलको नामबाट यस चुलीको नाम माउन्ट एभरेस्ट राखिएकोमा एकजना एसियाली नागरिकको नाताले पनि स्वाभिमानी बाबुराम आचार्यको मन एकाएक कुँडियो । आफ्नो देश नेपालमा रहेको पर्वत शिखर भएकाले यस शिखरको स्थानीय नाम अवश्य पनि हुनुपर्छ भन्ने उनको अन्तरआत्माले देख्यो र उनी यस हिमशिखरको स्थानीय नामको खोजी गर्ने क्रममा दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बुतिर लागे । उनले स्थानीय मानिसहरूसँग सम्भव भएसम्म सोधपुछ गरे, गढी–गौंडा, अड्डा–अदालत, गोस्वाराका बहिखाता, मोठस्रेस्ता, ढड्डाहरूको निकै अध्ययन गरी एकप्रकारले अनुसन्धान नै गरे । अन्त्यमा यस हिमशिखरको स्थानीय नाम सगरमाथा भएको र यस क्षेत्रका स्थानीय बासिन्दाहरू अझै पनि यसलाई सगरमाथाकै नामले चिन्छन् भन्ने पत्ता लगाए ।
यसैको परिणामस्वरूप संवत् १९९५ पुसमा शारदा नामक सुप्रसिद्ध साहित्यिक पत्रिकाको वर्ष ४, अंक ८ मा उनले ‘सगरमाथा वा झ्यामोचोङमा’ शीर्षकमा विस्तृत लेख प्रकाशित गरे । बाबुराम आचार्यको खोज अनुसन्धान अनुसार ‘सगर’ र ‘माथा’ दुई शब्दहरू मिलेर सगरमाथा शब्द बनेको छ । उनको मान्यताअनुसार वैदिक तथा संस्कृत वाङ्मयमा स्वर्ग शब्दको नै अर्को रूप ‘सगर’ शब्द नेपाली भाषामा प्रचलित रहेको छ । यस्तै ‘माथ अथवा माथा’ शब्दले मस्तक अथवा शिर भन्ने बुझाउँछ । यसरी सामान्यतया सगरले स्वर्ग वा आकाश र माथाले शिर जनाउँछ । यस हिसाबमा सगरमाथाको अर्थ ‘आकाशसम्म पुगेको शिर’ भन्ने बुझिन्छ । यो हिमशिखर विश्वमा सबैभन्दा अग्लो भएकाले यो शिखरको नाम नेपाली भाषामा ‘सगरमाथा’ राखिएको सार्थक पनि देखिन आएको छ ।
तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालले चीन भ्रमण गर्दाको सिलसिलामा चिनियाँ पदाधिकारीले भनेका थिए– ‘एभरेस्ट ब्रिटिस नाम हो, नेपालीमा यसको शब्द छैन, यद्यपि चोमोलोङमा भन्ने तिब्बती नाम लामो समयदेखि रहेको छ । यसको जवाफमा ४ अप्रिल १९६० मा कोइरालाले भनेका थिए ‘यसको नेपाली नाम सगरमाथा हो ।’ तर पनि चिनियाँले यो नाम हालसालैको होला भन्ने सोचेका थिए ९अवतारसिंह भासिन, सन् १९९४, नेपाल्स रिलेसन्स विथ इन्डिया एन्ड चाइना, पाना–१२६२० । कोइरालाले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माउत्सेतुङसँगको भेटवार्ताको सिलसिलामा माओले चीन, नेपाल र अन्य पश्चिमा मुलुकबाट बोलिने नाम अर्थात् झोमोलोङमा–सगरमाथा–माउन्ट एभरेस्ट सबै हटाई यसलाई नेपाल–चीन मैत्री स्मारकका रूपमा ‘मितेरी चुचुरो’ नामकरण गर्न कसो होला भनी कोइरालासँग जिज्ञासा राखेका थिए । जवाफमा कोइरालाले ठाडै अस्वीकार गर्दै ‘यसको सांस्कृतिक नाम सगरमाथा हो । इतिहास शिरोमणि बाबुराम आचार्यले खोज अनुसन्धान गरी यो नाम पत्ता लगाएका हुन्’ भनेपछि माओले स्वीकृतिवाचक मुखाकृति बनाएका थिए ।
दुष्प्रयास प्रचारबाजी स् तेस्रो बुँदा, भारतले राधानाथ सिकदर नामवलीका लागि अभियान चलाउनुपर्छ, यो अभियान आजै यहीँबाट हामी सुरु गर्दै छौँ, तपाईं पनि यो अभियानमा सहभागी हुनोस् भनी किन नेपाली भूमिबाटै आह्वान गरे रु यसबाट भारतको बडप्पन देखाउन यस्ता प्रचारबाजी गर्न खोजेको आभास हुन्छ । कालापत्थरबाट यस्तो आह्वान गर्नु ठीकअघि यसै भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता बालुवाटारमा लिएको थियो । यही जी टेलिभिजन हो, जसले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री ओलीबीच कूटनीतिक भेटघाट गर्दाको कुरालाई अतिरञ्जित गरी ‘ओलीकी इश्किया’ शीर्षकमा मिथ्या प्रसा–प्रचार बृहत् रूपमा गरेको थियो । भारतीय संस्थापन पक्षको संरक्षणमा रहेको मिडियालाई प्रधानमन्त्रीले नकार्न नसकेका कारण नै नेपालको सम्पदा सगरमाथाबारे उसले अनर्गल प्रचार गर्ने हिम्मत गर्यो ।
भारतीय माध्यमले जेजस्तो मिथ्या प्रचार गरे पनि युरोपलगायत पश्चिमा देशले सगरमाथा भन्ने नामावली बिस्तारै अनुग्रहण गर्दै गरेको पाइन्छ । अमेरिकाको नेसनल जियोग्राफिकले आफ्नो लेखोटमा एभरेस्टरसगरमाथा लेखेको पाइन्छ । चीनले चोमोलोङमा÷सगरमाथा भन्ने–लेख्ने गरेको छ । नेपाल र चीनले संयुक्त रूपमा ०७७ मंसिर २३ गते सगरमाथाको नयाँ उचाइ ८८४८।८६ मिटर भएको घोषणा गर्दा चिनियाँ विदेशमन्त्री वाङ यीले चोमोलोङमारसगरमाथा भनेका थिए । सगरमाथा भन्ने नामवलीलाई कसैले पनि डगमगाउन सक्दैन ।
निष्कर्षः विश्वका विभिन्न देशले सगरमाथा भन्ने नामावली अंगीकार गरिसकेको र सगरमाथाको शिखर नेपालमा अवस्थित छ भन्ने कुरो राम्ररी नै बुझिसकेको हुनाले यी विषयमा कसैले मिथ्या प्रचार गर्ने कोसिस गरे पनि त्यसलाई मान्दैनन् । आखिर त्यो प्रचारक नै झुटो ठहरिन्छ । नेपाललाई भारतले आफ्नो वैचारिक अधीनस्थ भनी वेलाबखत अप्रत्यक्ष रूपमा शब्दजाल फ्याँक्ने प्रयास गर्दै आएको छ । तर, नेपाल ऐतिहासिक कालदेखि नै स्वतन्त्र मुलुक हो भन्ने कुरा विश्वले राम्ररी बुझिसकेको छ । नेपाल सरकारले अहिलेको राजनीतिक खिचातानी भइरहेका समयमा पनि यस्ता दुष्प्रचारकलाई पटक्कै आपूmछेउ पर्न दिनुहुँदैन । आफ्नो राजनीतिक फाइदाका लागि यस्ता माध्यमलाई नजिक पार्न खोजेमा नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामा आँच आउन सक्छ ।