मुगु । जिल्लाको एक मात्र भन्सार कर्यालय कार्यालय सहयोगिका भरमा सञ्चालन हुँदै आएको छ ।
उत्तरी छिमेकी मुलुक चीनसँग सिमाना डोडिएको मुगुको एक मात्र अन्तरदेशिय नाक्चेलाग्ना भन्सार कार्यालयमा खटाइएको कोहीपनि माथिल्लो स्तरका कर्मचारी नभएपछि दुई वर्षयता कार्यालय सहयोगीको भरमा सञ्चालन हुदैं आएको हो ।
सरकारले भन्सार कार्यालयबाट कर उठाउन कडाई गरिरहेको भएपनि मुगुको भन्सार कार्यालयमा खटाइएका कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ बर्षयता २ जना कार्यालय सहयोगीहरुको जिम्मामा मात्रै उक्त कार्यालय सञ्चालन हुँदै आएको हो ।
सरकारले पठाएका दरबन्दि अनुसारका नायव सुवा र खरिदार नहुँदा जिल्लामा बस्दै आइरहेका २ जना कार्यालय सहयोगीले कार्यालय चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।
कार्यालयमा कर्मचारी नभएकाले लक्ष्य अनुसार मुगुको भन्सार कार्यालयबाट सरकारलाई राजश्व संकलन हुन सकिरहेको छैन्। मुगुका कोष तथा लेखा नियन्त्रक प्रमुख लक्ष्मी चन्द्र हमालले नेपालबोटसँग भने, 'कर्मचारीको अभावमा गत वर्ष सुन्य राजश्व उठेको उक्त कार्यालयमा यो वर्ष पनि राजश्व संकलन सुन्य नैं भयो ।'
सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाका उत्तरतर्फका वस्तीहरुमा आवश्यक पर्ने खाद्यन्न र लत्ताकपडा जस्ता सामाग्री आयात हुने र ठूलो परिणाममा चीनियाँ मदिरा भित्रिने भएपनि कार्यालयमा कर्मचारी नभएपछि राजश्व संकलन सुन्य भएको हो ।
भन्सार कार्यालयमा वर्षको एक पटक सिमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले आएर पछिल्लो समय हाट बजार लाग्न छोडेपछि यस्तो अवस्था रहेको कोष नियन्त्रक हमालको भनाई छ ।
दुई ठाउमा कार्यालय स्थापना
जिल्लामा दुई वटा भन्सार कार्यालयको स्थापना भएको छ । भन्सार कार्यालय सञ्चालनको लागि सिमा नाकामा रहेको मुगु गाँउमा रहेको एक व्यक्तिगत घरमा रहेको छ, भने अर्को सदरमुकाम गमगढी बजारमा रही दुई घरको भाडा लिई नियमित रुपमा घर बहालवाला भाडा तिरिरहेको बताईएको छ ।
अत्तोपत्तो छैन भन्सार कार्यालय
यहाका कतिपय स्थानीय लाई भन्सार कार्यालय कहाँ छ ? कस्तो छ ? के गर्छ ? भनेर पनि कसैलाई अत्तो पत्तो पनि छैन । यहाका स्थानीय बाट जानकारी लिन खोज्दा हामि लाई यसको बारेमा केही पनि थाहा छैन । नाम मात्र सुनेका छौं । यसको कार्यालय कहाँ छ । केही पनि अवगत नभएको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए ।