पुस १५, काठमाडौँ । संघीय राजधानीको बढ्दो प्रदूषणले फोक्सो, मुटु, मिर्गौलालगायतका समस्या बढ्न थालेका छन् । चिसो मौसममा यस्तो समस्या झन् बढी देखिने गरेको चिकित्सकहरूले जनाएका छन् ।
प्रदूषणले स्वास्थ्यमा पारिरहेको असरबारे नेपालमा हालसम्म ठोस अध्ययन भएको छैन । विज्ञहरूले अन्य मुलुकमा भएका यस्ता अध्ययनलाई औंल्याउँदै प्रदूषण घटाउन समयमै उचित पाइला नचाले यसले स्वास्थ्यमा विकराल समस्या निम्तिन सक्ने चेतावनी दिएका छन् ।
‘प्रदूषणले अन्य रोगबाहेक दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज ९सीओपीडी० लगायतका फोक्सोसम्बन्धी समस्या बढाइरहेको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा। रमेश चोखानीले भने, ‘दीर्घकालीन फोक्सोसम्बन्धी समस्या भएकालाई प्रदूषित वातावरणले थप समस्यामा पारिरहेको छ ।’
दुई दशकअघि मुलुकमा ५० वर्षमुनिका मानिसमा हृदयाघात विरलै देखिने गरिएको औंल्याउँदै गंगालाल राष्ट्रिय हृदय केन्द्र, कार्डियोलजी विभागका प्रमुख डा। दिवाकरशर्मा भन्छन्, ‘आजकाल सहरी क्षेत्रमा युवा, सक्रिय व्यक्तिमा समेत हृदयाघात बढेको छ, मुटु रोग, स्ट्रोकलगायतको जोखिम बढ्नुमा प्रदूषण पनि एउटा महत्वपूर्ण कारक हो ।’
यस्तै, मुलुकमा मिर्गौला रोग बढ्नुमा जीवनशैली प्रमुख कारक भए पनि प्रदूषणसमेत उत्तिकै जिम्मेवार रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ बताउँछन् । उनले भने, ‘हामीकहाँ यस्तो अध्ययन नभए पनि विदेशका अध्ययन नतिजाले स्पष्ट रूपमा प्रदूषण र मिर्गौलाको समस्यामा सम्बन्ध रहेको देखाएकाले सजग हुनुपर्छ ।’
केही दशकयता मुलुकको औसत आयुमा उल्लेख्य वृद्घि देखिए पनि प्रदूषणले गर्दा यसमा समेत कमी आउने आकलनसमेत विज्ञहरू गर्छन् । ड्युक विश्वविद्यालयको एउटा अध्ययन औंल्याउँदै डा। चोखानी भन्छन्, ‘सहरी क्षेत्रमा हुने वायु प्रदूषणले गर्दा व्यायामको फाइदासमेत कम भइहाल्छ । यो विशेष गरेर ६० वर्ष माथिकाहरूमा बढी हुन्छ ।’
उक्त अध्ययनअनुसार केही समय प्रदूषित हावामा सास फेर्दा दुई घण्टाको हिँडाइको फाइदा समाप्त हुन्छ । प्रदूषण कम भएको पार्कमा हि“ड्ने गरेकाहरूमा फोक्सोको क्षमतामा वृद्घि भए पनि प्रदूषित स्थानमा हिँड्नेहरूमा व्यायामको बढी फाइदा नदेखिएको अध्ययनमा उल्लेख छ ।
यही कारण चिसो याममा राजधानीमा मर्निङ वाक नगर्नसमेत विशेषज्ञहरूको सुझाव छ । ‘जाडो याममा बिहान सबैभन्दा बढी प्रदूषण हुन्छ, फोक्सोसम्बन्धी समस्या भएका दीर्घरोगी सकेसम्म यो समय बाहिर ननिस्कँदा नै राम्रो,’ त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास भन्छन् ।
उनका अनुसार प्रदूषणले गर्दा केही वर्षयता राजधानीमा फोक्सोसम्बन्धी समस्या बढेको छ । सहरी क्षेत्रको प्रदूषण ‘साइलेन्ट किलर’ जस्तै भएको विशेषज्ञहरू बताउँछन् । ‘साइलेन्ट किलर हो प्रदूषण, यसबाट कोही बाँच्न सक्दैन,’ डा। चोखानी भन्छन्, ‘हरेक व्यक्तिले सास फेर्दा उसको फोक्सोमा प्रदूषित कण जम्मा भइरहेको छ । यसको असर कतिखेर हुन्छ, यो समयले नै बताउनेछ ।’
भारतमा वायु प्रदूषणले सन् २०१७ मा १२ लाख ४० हजार व्यक्तिको मृत्यु भएको आकलन एक अध्ययनले गरेको छ । ‘लान्सेट प्लानेटरी हेल्थ’ मा प्रकाशित यो अध्ययनअनुसार यसरी मृत्यु हुनेमध्ये आधाजति ७० वर्ष उमेरभन्दा कमका थिए । अध्ययनले हावामा अत्यन्त सूक्ष्म कण ९पार्टिक्युलर म्याटर० पीएम २।५ को सम्पर्कमा सबैभन्दा बढी दिल्लीवासी र त्यसपछि हरियाणावासी आउने देखाएको छ ।
पीएम अर्थात् कण पदार्थले सबैभन्दा बढी प्रभावित गर्छ । यो मुख्य रूपले इन्धन डढ्दा र सडक यातायातले उत्पन्न ठोस र तरलको मिश्रण हो । यसले श्वास र मुटुसँग सम्बन्धित रोग, क्यान्सरलगायत उत्पन्न गर्छ । विश्वभरिमा वायु प्रदूषणका कारण १८ प्रतिशत व्यक्तिले समयअगावै ज्यान गुमाउने या बिरामी पर्ने गरेको अध्ययनमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार विश्वमा १० मध्ये ९ जना प्रदूषित हावामा सास फेर्न बाध्य छन् । जसले गर्दा बर्सेनि ७ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । स्ट्रोक, फोक्सोको क्यान्सर, मुटु रोगले मृत्यु हुने एक तिहाइ कारण वायु प्रदूषण हो । यसले धूमपान गर्नु बराबरकै प्रभाव पार्छ ।
हावामा भएका अति सूक्ष्म प्रदूषक हाम्रो श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई नोक्सान पुर्याउँछ ।
डब्लूएचओका अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । बढी स्वास्थ्यलाई हानि पुर्याउने कण २।५ माइक्रोन वा योभन्दापनि कम व्यासको हुन्छ । यो फोक्सोभित्रको अवरोधकलाई छेडेर रक्त प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगस“गै फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ ।
दमलाई झन् नराम्रो पार्ने एउटा प्रमुख कारण हो ओजोन । नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड पनि दम, फोक्सोको सुन्नाइ र कार्यप्रणाली कम गर्न सक्छ । विज्ञका अनुसार प्रदूषणका कणले शरीरमा विभिन्न नकारात्मक असर पार्छ ।
जीवाश्म इन्धन डढ्नाले उत्पन्न हुने सल्फर डायक्साइडले फोक्सोमा क्षति पुग्नु, सास फेर्दा घ्यारघ्यारजस्ता समस्या देखिन्छ । नाइट्रोजन डाइअक्साइड भने सडक यातायात वा ‘इन्डोर ग्यास कुकर’ले उत्पन्न हुन्छ । यसले दम गराउने, घाँटी तथा फोक्सोलगायतमा संक्रमण उत्पन्न गर्छ ।