पहिलो प्रवृतीः पछिल्लो विकसित राजनीतिक घटनाक्रमले नेपालका केही राजनीतिक शक्तिहरु हरेक दिन रोइलो गरिरहेका घटना सार्वजनिक भैरहेका छन् । सबैभन्दा बढी समय सक्तामा रहेर राज्यकै ढुकटीमा देशलाई राजनीतिक, आर्थिक तथा सामाजिक हिसाबले भड्खालोमा पार्ने काममा उद्धत रहेको, बिगतमा देशमा अशान्ती सृजना गर्नगराउन भूमिका खेलेको, देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुभन्दा केही समय अघिसम्म यो देशमा आफू र आफ्नो पार्टीलाईमात्र सर्वेसर्वा ठान्ने सास्त्रीय अहम्तावादबाट ग्रसित प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेस समेत ताजा जनमतको विपक्षमा देखिएको छ ।
केही साता अघिमात्रै जनादेशको ढ्वाङ महिना दिनमै परिवर्तन भई सत्ताको भिख माग्दै नेताका घर र न्यायलयको शरणमा भिक्षा माग्नु उसका लागि खासै अनौठो होइन् । बहूदलिय व्यवस्थाको लामो समय मनपरी ढंगले सत्ताभोग गरेको अवस्थाबाट बाहिर रहनु छटपटाहट र राज्यकोषमा लडिवुडी खेल्न नपाएको पिंडाले ०६२/०६३ को जनआन्दोलनको राप र चापबाट लतारिएर गणतन्त्र स्वीकार्न बाध्य कांग्रेसले हिजो आज देखाएको नृत्यले आफुलाई लोकतन्त्रको मसिहासूर ठान्ने, बहुदलीय संसदीय ब्यबस्थाको हिमायती भनेर फलाकी रहने लगायतका प्रवृत्तिलाई फेरी एक पटक उदांगो पारि दिएको छ ।
प्रवृती दुईः आफूलाई लोकतन्त्रको जननी भन्ने तर जनमतको खिलापमा लामो राजनीतिक लडाईबाट प्राप्त प्रजातन्त्रीक व्यवस्थालाई मासेर हिंसात्मक बिद्रोेहबाट सत्ता कब्जाको दिवा स्वप्नामा एकतन्त्रिय सत्ता स्थापना गर्न खोज्ने नेपाली राजनीतिको दोस्रो खराव प्रवृती हो । देशभर हत्या र हिंसा मच्चाएको यो प्रसवसतको प्रमुख हिमायतीका रुपमा रहेको माओवादी केन्द्रले आप्mनो अराजनीतिक व्यवहारलाई फेरी पुनरावृती गराएको देखिन्छ । देशभरका जनतालाई महत्वाकांक्षी सपना वितरणले आफूप्रति आकर्षित गर्दै राजनीतिक विद्रोहको नाउँमा अनाहकमा हजारौं नेपालीको रगतमा सत्ताको गन्तव्य देखेको माओवादी केन्द्रले लोकतान्त्रिक मार्गबाट जनविश्वाश गुमाउदै जान थालेपछि उसले फेरी आप्mनै पुरानो अराजनीतिक बाटो अँगालेको देखिन्छ ।
आफुलाई सच्चा कम्युनिस्ट पार्टी भन्न नछोड्ने, जनमतबाट आप्mनो आकार दिनदुगुना रात चौगुनाको हिसाबले खुम्चिन थालेपछि यसको नेतृत्व अनेक हतकण्डा प्रयोग गर्ने अस्थित्व रक्षासँगै सत्तारोहणको आप्mनो अभिष्ट पुरा गर्न कुनै पनि मूल्य चुकाउन तत्पर देखिन्छ ।
कम्युनिस्ट पार्टीको आवरण भित्र कथित जनयुद्धको नाममा हजारौको ज्यानमा सत्ताको होली खेल्दै अकुत व्यक्तिगत धनसम्पक्ती जोडेको माओवादी नेतृत्व आफूले रोजेको बाटोबाट सत्ताको अभिष्ट पुरा नहुने देखेपछि बाध्यतावस शान्तिपूर्ण मार्गमा आएको थियो । लोकतन्त्रलाई आवरणमा स्विकार गरेको देखाए पनि भित्री रुपमा स्विकार गरि नसकेको, बिचार र व्यवहारमा अस्पष्ट माओवादी केन्द्र र यसको नेतृत्व पछिल्लो समय अन्य पार्टीको अन्तरबिरोधलाई उपयोग गरेर आफ्नो स्वाथपूर्ति गर्न ज्यान फालेर लागेको छ । उ अहिलेपनि आप्mनो सत्ता स्वार्थ पुरागर्न पहिलो हतियारका रुपमा राजनीतिक अस्थिरतालाई नैं प्रयोग गर्ने ध्याउन्नमा लागेको देखिन्छ । आफुलाई सच्चा कम्युनिस्ट पार्टी भन्न नछोड्ने, जनमतबाट आप्mनो आकार दिनदुगुना रात चौगुनाको हिसाबले खुम्चिन थालेपछि यसको नेतृत्व अनेक हतकण्डा प्रयोग गर्ने आप्mनो अस्थित्व रक्षासँगै सत्तारोहणको कुत्सीत अभिष्ट पुरा गर्न कुनै पनि मूल्य चुकाउन यो प्रवृती तत्पर देखिन्छ ।
प्रवृती तीनः, सँधैं देशका ठूला कम्युनिस्ट पार्टीहरुको आलोचना गरिरहने, सत्तास्वार्थ पाउँदा पानीमा रुजेको बिरालो झैं लुसुक्क टाँसिने राजनीतिक प्रवृत्ति गरेको दल जनमोर्चा र त्यसको नेतृत्व पनि पछिल्लो समय देशलाई अस्थिरता निम्त्याउन उद्धत देखिन्छ । आप्mनो संगठन र नीतिलाई जनमैत्री बनाउनबाट धेरैपहिलादेखि चुक्दै आएका कारण कुनै भूगोल र व्यक्ति विषेशमा सिमति यो पार्टीले राजनीतिक परिवर्तनकारी मोर्चा नेतृत्व गर्न न कहिल्यै सक्यो न अरुको कुरालाई खुलेर साथ, समर्थन गर्न तम्सीयो ।
लामो समयदेखिको प्रतिक्षाको विषय बनेको संघीय लोकतान्त्रीक गणतन्त्रको आलोचनामै आप्mनो नीति र नेतृत्वलाई खर्चिएको जनमोर्चा प्रतिनिधसभा र प्रदेशसभामा भएको आप्mनो बचेखुचेको विद्यमान प्रतिनिधित्व समेत नहुने भयले ताजा जनादेशको विपक्षमा मरिहत्य गरेर लागेको देखिन्छ । उसलाई न त उसलाई नेपाल समृद्ध नेपालको अभियानमा नेतृत्व गर्ने आँट छ न त ताजा जनादेशबाट अनुमोदित भएर नीति अनुरुपको राज्य सञ्चालन गर्ने हिक्मत छ । केवल विद्यामान पार्टीको अस्थित्वमा राजनीतिक अस्थितरता खेल खेल्दै सत्ताभोग गर्ने दाउमा लोकतान्त्रिक मूल्य मान्यताको खिलापमै ‘भदौमा आँखा फुटेको गोरु झैं’ दोडिएको देखिन्छ ।
प्रवृती चारः ‘बाघको छालामा स्यालको राजाई गर्ने’ प्रवृती पछिल्लो समय नेपाली राजनीतिक मैदनामा निकै घातक भएर असघ बढेको देखिन्छ । डेढ दशक नेतृत्वमा रहेर पार्टीलाई जनमोर्चा पथमा पु¥याएको बिर्सेर एक कार्यकालमै पार्टी नेतृत्व बाहिर रहेको पिडाले भतभती पोलेर असिनपसिन यो प्रवृतीले वास्तवमै नेपाल र नेपालीको लोकप्रीय पार्टी नेकपा एमालेलाई मात्रै होइन सिंगो देशलाई नै अस्थितरता तर्फ धकेल्दै लगिरहेको छ । आफूलाई नेकपा एमालेको नेता भनिरहने तर एमाले पार्टी बिरोधी कार्यमा लागिरहने यो आत्मघाती प्रवृतीले अन्ततः लामो राजनीति लडाई बाट प्राप्त राजनीति स्थिरतालाई समाप्त पारेरै छोन्ने कुत्सीत मनासायबाट ग्रसित देखिन्छ ।
एमाले भन्दैगर्ने तर एमाले पार्टीलाईनै विभाजन गर्ने त्यसका रक्तसञ्चारका रुपमा रहेका संगठनलाई वडा स्तरमा विभाजन ल्याएर सिध्याउने, कथित पार्टीको विधि, पद्धतिको रटानलाई आप्mनौ स्वार्थसिद्धि गर्ने हतियार बनाउँदै त्यहि पार्टीलाई घात हुने अपराधपुर्ण कार्यमा सरिक भैरहने यो प्रवृतीको जति नैं निन्दा गरेपनि कमै हुन्छ ।
बाहिर एमाले भन्दैगर्ने तर एमाले पार्टीलाईनै विभाजन गर्ने त्यसका रक्तसञ्चारका रुपमा रहेका संगठनलाई वडा स्तरमा विभाजन ल्याएर सिध्याउने, कथित पार्टीको विधि, पद्धतिको रटानलाई आप्mनौ स्वार्थसिद्धि गर्ने हतियार बनाउँदै त्यहि पार्टीलाई घात हुने अपराधपुर्ण कार्यमा सरिक भैरहने यो प्रवृतीको जति नैं निन्दा गरेपनि कमै हुन्छ । आफ्नो पार्टीको नेतृत्वलाई विस्थापन गर्न, आफ्नो पर्टीको सरकारलाई ढाल्न बिपक्षीहरुको कित्तामा खुलेयाम लाग्ने र लगाउने यो प्रवृति नितान्त एमाले सकाउने देशीविदेशी प्रतिक्रियावादीहरुको मतियारका रुपमा नेपाली राजनीतिमा छाएको अड्कल गर्न अब कुनै आइतबार पर्खनु पर्ने स्थिती देखिदैन् । पार्टी र सरकारको नेतृत्व गरिरहँदा पनि न निश्चित व्यक्ति र निहति स्वार्थको चंगुलमा फसेको यस्तो पात्र र प्रवृतीकै कारण नेपालको भूगोल र अवस्था सुहाँउदो नीति जनताको बहुदलिय जनवाद हुँदाहुँदै पनि एमालेले राष्ट्रिय राजनीतिमा सँधै ढुलमुले चरित्र बोकेको पार्टीका रुपमा चित्रित हुनु प¥यो ।
पार्टी र सरकारको नेतृत्व गर्दा पनि देश, जनता र आम कार्यकर्ताको भलाइ गर्ने उल्लेख्य काम गर्न नसक्ने, अर्काले गरेको प्रगतीमा सँधै डाहले मुरमुरिने, फेरिपनी पार्टी र सरकारको नेतृत्वको लागि सपना देख्दै सिद्धान्त र आदर्शका ठूलठूला कुरा गरेर नथाक्ने माधव नेपाल र उनको साथमा रहेका केही ब्यक्तिहरुबाट प्रदर्शित यस प्रकारको प्रवृतीले पछिल्लो समय प्रदर्शन गरेको क्रियाकलापले न आफूले देशलाई स्थायीत्व र समृद्धीको खाका दिने, न अरुले त्यसतर्फ देखाएको बाटोमा हिड्न पनि तयार नहुने स्थिती सिर्जना गराएको छ । सँधै राष्ट्रिय राजनीतिमा अस्थितरता पैदा गरेर देशलाई अनिश्चयको भड्खालोमा हाल्न यो प्रवृती निकै उद्धत देखिदैं आएको छ ।
प्रवृती पाँचः आफूलाई अब्बल ठान्ने तर पार्टी र सत्तामा रहँदा कुसलता प्रर्दशन गर्न नसकेकै कारण मुलधारको राजनीतिबाट किनारा लागेर निश्चित भूगोल र ऐजेण्डासँग सति जाने यो प्रवृती पनि नेपालको राजनीतिक स्थिरताको बाधक तत्वका रुपमा रहेको छ । आफ्नै कार्यशैलीको परिणाम समकालिन नेतृत्वबाट किनारा लाग्नु परेर जनता समाजवादी पार्टीको परिचय दिने ठाउँमा पुगेर पनि पुर्ण स्वामित्व बोक्न असफल भैसकेको डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले यस प्रवृतीको नेतृत्व गरेका छन् । राजनीतिक अस्थितरतामै आप्mनो दिर्घकालिन भविष्य देख्ने यो प्रवृती संविधान निर्माण देखि नैं अस्थितरता मच्चाउने बाटोको पर्खाइमा थियो ।
देशको प्रधानमन्त्रीहुँदा सुरुसुरुमा आफुलाई एक विद्वान प्रधानमन्त्रीको रुपमा परिचित गराउने आकांक्षा देखाए पनि सो अनुसार देशका लागि काम गर्न असफल भएर सामाजिक संजालमा कुंठा पोख्ने भट्टराई प्रवृती र कथित रुपमा तराईमधेशको सवालमा आफुलाई मुख्य ठान्ने तर त्यसकै मुद्धामा कुर्चि हत्याएको बखत निहित स्वार्थसिद्धी गर्ने यादव प्रवृतीले २०७४ को निर्वाचन पछि फेरी राजनीतिक अस्थिरतामा सत्ताभोक मेटाउने दाउ हेरेर बसेको देखिन्छ ।
राजनीतिक परिवेश
नेपालको राजनीतिक अस्थितरता निम्त्याउन उल्लेखित राजनीतिक प्रवृती आफ्नो स्वास्थ्य प्रतिकुलताका बाबजुद सिङ्गो जीवन देश र जनताको लागि समर्पित गरेर अहोरात्र समग्र विकासको लागि दूरदृष्टि बोकेका, सुबीचारित योजना सहित कार्यक्रम निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलिरहनु भएका राजनेता नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँले गरेको कामको बिरुद्धमा खुलेर लागेको छ ।
पछिल्लो कालखण्डमा देशको भौतिक पुर्वाधार, सामाजिक सेवा, सूचना र सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी ,कृषि ,विधुत लगायतका क्षेत्रमा भएको उल्लेख्य परिवर्तनका खातिर विश्व समुदायलार्य थिलथिलो बनाएको कोभिड–१९ महामारीलाई थप फैलन नदिन र नियन्त्रण गर्न भएको कुशल नेतृत्वप्रति डाहले मुरमुरिएको यो प्रवृती नैं ‘समृद्ध नेपाल, शुखि नेपाली’ को महान लक्ष्यको बिरोधी तत्वका रुपमा खडा भएको बारेमा सबै पार्टीका नेता, कार्यकर्ता, समर्थक, वुद्धिजीवी तथा आम जनतालाई जानकारी नैं छ । ओली सरकार देश र जनताका लागि सकारात्मक कार्यहरु गर्दै निरन्तर अघि बढिरहेको बारेमा आम जनताले पलपलमा अनुभुती गरिरहेकै छन् । सरकारले गरेका राम्रा कामले केपी ओलीको प्रभाव र प्रतिष्ठा अझै बढेर जाने कुराको भय, त्रास र इष्र्याले पार्टी भित्र र बाहिरका केही ब्यक्तिहरुबाट शुरुदेखि नैं यो सरकारलाई घेराबन्दीमा पार्ने खेल भैरहेकै थिए । तैपनी ती सबै बाधा अड्चनलाई चिर्दै ओली सरकार अघि बढिरहेको छ । सर्बोच्च अदालतको फैसला अनुसार साविकका दुई पार्टी पुनःस्थापित भएसङ्गै संघीय संसद्को सन्तुलनमा पनि फेरबदल हुनगयो । सो मौकाको फाइदा लिन बिपक्षीहरु त लाग्नु स्वभाबिकै मान्न सकिएला ! तर पार्टीकै हौं भन्ने आफ्नै पार्टीको सरकार ढाल्नका लागि बिपक्षीको भन्दा पनि बढी बिरोधी गतिविधिमा लाग्ने माधव प्रवृत्तिले प्रधानमन्त्री केपी ओली र उहाँको सरकारलाई थप असहज महसुस भएकै कारण नेपालको संविधानकै ब्यबस्था अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभामा विस्वासको मत लिने प्रक्रियाबाट प्रवेशगर्दा असफल हुनु प¥यो ।
संसदबाट विश्वाशको मत लिन ओली सरकार असफल भएपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने अवसर प्राप्तहुँदा पनि प्रतिपक्षीहरुले सरकार बनाउन नसकेको कुरामा पनि हामी सबै जानकार नैं छौँ । त्यसपछि ठूलो दलको नाताले केपी ओली नै पुनः प्रधानमन्त्री हुनु भएको र पुनः सदनमा विस्वासको मतलिदा वैशाख २७ कै पुनरावृती हुने भएपछि प्रधानमन्त्रीले पछिल्लो बाटो अबलम्बन गर्नुको कुनै विकल्प थिएन ।
कुनै दलका सदस्यले बहुमत सिद्ध गरेको अवस्थामा बैकल्पिक सरकार बनाउन सक्ने चरणमा प्रवेश गरेपछी नेपाली राजनीतिका उल्लेखित प्रवृतीले चालेको कुत्सिल चालकै कारण आज लोकतान्त्रिक बहुदलीय शासन प्रणालीको धज्जी उडाउने का मभएको छ । कतिपय सांसदको किर्ते हस्ताक्षर गर्ते, हस्ताक्षरको दुरुपयोग गरेर प्रधानमन्त्रीका लागि रास्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने काम यहि बेला भएका तमाम प्रमाण हामीले देख्ने र पढ्ने गरेकै छौं । दलीय व्यवस्थामा एकजना सांसदले व्यक्तिगत रुपमा बहुमत सिद्ध गर्ने भनेको आफू संलग्न दललाई गुम्राहमा राखेर गर्ने भन्ने अवस्य पनि होइन र कदापी हुन पनि सक्दैन । जसका कारण प्रधानमन्त्रीका लागि गरिएको दुबैतर्फको दाबी रास्ट्रपतिबाट अस्वीकार गर्नुपर्ने अवस्था सृजना भएको हो ।
यसरी बैकल्पिक सरकार बनाउने संवैधानिक व्यवस्थाका सबै चरण पार गरिसकेको अवस्थामा प्रतिनिधि सभा बिघटन, निर्वाचन घोषणा र चुनावी सरकारको नेतृत्व केपी ओलीले नै गर्ने कुरा हाम्रो संवैधानिक व्यवस्था भित्रको बाध्यात्मक अवस्थालाई हामी सबैले बुझेकै छौं । लोकतन्त्रको सबैभन्दा सुनौलो पक्ष भनेकै निर्वाचन हो । निर्वाचन लोकतन्त्रको मुटु हो । भैरहेको सरकारलाई चल्न पनि नदिने र विधिसङ्गत बैकल्पिक सरकार पनि दिन नसकेको अवस्थाको उपयुक्त र लोकतान्त्रिक निकास भनेको जनतासँग गएर मत लिनु नै हो । केन्द्रमा किचलो सिर्जना गरेर राजनीतिक अस्थिरता निम्त्याउने कुराले देश र जनताको भलो कहिल्यै हुन सक्दैन । यसको निवारण गर्ने उत्तम उपाय भनेकै निर्वाचन हो । निर्वाचनबाट भाग्न खोज्नु भनेको जनमतको अवमूल्यन गर्नुको र जनतामा जान डराउनु पनि हो ।
अशोभनीय तथा असभ्य गतिविधि देखाउने, आपसी सदभावमा नकारात्मक असर पार्ने लगायतका क्रियाकलापमा नलागी शान्तिपूर्ण तवरले जनताको बीचमा गई जनताकै विस्वास जितेर देशको नेतृत्व गर्ने हिम्मत गर्न बिपक्षी गठबन्धनका सबैलाई हार्दिक अनुरोध गर्दछु । होइन भने आफूलाई लोकतान्त्रीक शाशन व्यवस्थाको हिमायती ठान्ने तर ताजा जनादेश (निर्वाचन) जाने निर्णय विरुद्ध उछित्तो काट्ने प्रवृतीले के लामो वलिदानी र संघर्षले प्राप्त यो व्यवस्थालाई नैं समाप्त पार्न खोजिएको हो त ?
अतः, न्यायालय धाउने, न्यायालयलाई दबाब सिर्जना गर्ने, सञ्चार माध्यम तथा सडकमा सिमा बाहिरको आक्रोश पोख्ने, देशको सर्वोच्च संस्थाको मानमर्दन गर्ने, सर्वोच्च संस्थाप्रती अनास्था फैलाउने कोशिस गर्ने, अपमान गर्ने, अशोभनीय तथा असभ्य गतिविधि देखाउने, आपसी सदभावमा नकारात्मक असर पार्ने लगायतका क्रियाकलापमा नलागी शान्तिपूर्ण तवरले जनताको बीचमा गई जनताकै विस्वास जितेर देशको नेतृत्व गर्ने हिम्मत गर्न बिपक्षी गठबन्धनका सबैलाई हार्दिक अनुरोध गर्दछु । होइन भने आफूलाई लोकतान्त्रीक शाशन व्यवस्थाको हिमायती ठान्ने तर ताजा जनादेश (निर्वाचन) जाने निर्णय विरुद्ध उछित्तो काट्ने प्रवृतीले के लामो वलिदानी र संघर्षले प्राप्त यो व्यवस्थालाई नैं समाप्त पार्न खोजिएको हो त ?
बोगटी नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष हुन्