सिमकोट । कोरोना भाइरसको संक्रमणलाई थप फैलन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञ खुकुलो पारिदैं लगिने भएको हो ।
चालु आर्थिक वर्षको साल्तमान शुरु भएकाले विकासे योजनाहरुको भुक्तानी लिने र अन्य चहलपहल बढ्न थालेपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले निषेधालाई केही खुकुलो पार्दै लग्ने निर्णय गरेको छ ।
बुधबार बसेको डिसिसिएमसीको बैठकले थप एक साता निषेधात्रको समयावधी लम्याउने निर्णय गर्दै बिस्तारै खुलुको पार्दै लगिने निर्णय गरेको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
‘कोभिड–१९ संकट व्यवस्थापन अध्यायदेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको सिफारिस समेतका आधारमा मिति २०७८ असार २ गते रातको १२ बजेदेखि २०७८ असार ८ गते रातको १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञ जारी गरिएको हो’ प्रजिअ आचार्यले थपे ।
साल्तमामको समयमा स्वभाविक रुपमा मान्छेको आवतजावत बढ्दै जान्छ’ उनले भने ‘जिल्ला सदरमुकाम सिमकोटको संक्रमणको अवस्था केही सामान्य भएकाले पनि डिसिसिएमसीको बैठकमा अकिांशको राय अनुसार हामीले निषेधाज्ञलाई केही खुकुलो पार्ने निर्णय भएको हो ।’
दिउँसो १२ बजेसम्म बजार खोल्ने
अब हुम्ला सदरमुकाम सिमकोटका पसल होटेल दिउँसो १२ बजेसम्म खोल्न पाइने भएको छ । बुधबार बसेको जिल्ला कोभिड व्वस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले यसअघि बिहान ७ देखि १० बजेसम्म खोल्दै आएका पसलहरुलाई मध्यन्न १२ बजेसम्म खुला राख्न दिने निर्णय गरेपछि पसल खोल्न पाइने भएको छ ।

मान्छेको फ्लो बढ्ने र पसलहरुपनि खोल्न नपाएका कारण धेरै ठूलो घाटा व्यहोर्नु परेकाले पनि हाम्रो आग्रहमा बैठकले मध्यन्न १२ बजेसम्म जिल्लाका पसलहरु खेल्न दिने निर्णय भएको हुम्ला उद्योग बाण्ीज्य संघका अध्यक्ष नाम्ग्याल लामाले जानकारी दिए । उनका अनुसार बैठकले जिल्लाका सबै पसल तथा व्यवसायहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको हो ।
बैठकले यसअघि हवाई मार्ग भएर जिल्लामा आउने व्यापारिक प्रयोजनका सामाग्रीहरुलाई तत्कालै सम्बन्धित ग्राहकले लिन पाउने भएका छन् । यसअघि कोरोना–१९ को संक्रमणको हटस्पटका रुपमा रहेको बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई माध्यमबाट ढुवानी गरेर ल्याउने व्यापारिक सामाग्रीहरुलाई कम्तीमा ४८ घण्टा सिमकोट विमानस्थलमै होल्ड गरेर राख्ने गरिएको थियो । अब हवाई मार्गबाट आयात गरिएका सामाग्रीहरु तत्कालै सम्बन्धित व्यक्तिलाई लिन दिने निर्णय बैठकले गरेपछि सामाग्री तत्कालै लिन दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
बैंक तथा वित्तिय संस्थालाई नियमित सञ्चालन हुने
आर्थिक वर्षको अन्तिम महिना लागेसँगै बसेको डिसिसिएमसीको बैठकले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई नियमित रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । वर्षभरी सञ्चालन नभएको विकास निर्माणका काम र अन्य गतिविधिको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहबाट उपभोक्ता आउने भएकाले जिल्लाका बैंक तथा वित्तय संस्थालाई दिनभर सञ्चालन गर्न अनुमती दिने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।
सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले काम गर्ने
जारी निषेधाज्ञ खुकुलो पार्ने निर्णय गरेको डिसिसिएमसी बैठकले जिल्लाका कार्यालयलाई ५० प्रतिशत कर्मचारी राखेर काम गर्न दिने निर्णय गरेको छ ।
साल्तमानको समयमा सेवाग्राहीको भिंड लाग्ने भएकाले ५० प्रतिशत कर्मचारी राखेर काम गर्न बैठकले दिने अनुमती दिने निर्णय गरेको हो ।
जिल्ला स्थित विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुमा आर्थिक वर्ष २०७७ र ७८ को अन्तमा उपभोत्ता समितीहरुका तर्फबाट बैंक खाता खोल्न र भुत्तानी लिन जिल्ला सदरमुकाम आउने संख्या बढ्ने र कोभिड–१९ को संक्रमण जोखिम बढ्ने अवस्था समेतलाई मध्ये नजर गरी सम्बन्धित कार्यालयहरुले जिल्लामा आउनै पर्ने उपभोत्ता समितीका पदाधिकारी मध्ये बढीमा तीन जनालाई आयोजनास्थलबाट सदरमुकाम सिमकोटसम्म आउनका लागी प्रवेश अनुमति जाँरी गरी सो को इलेक्ट्रोनिक कपी उपलब्ध गराउनुका साथै त्यसको एक प्रति अनितवार्य रुपमा जिल्ला प्रहरी कार्यालयलाई इमेल मार्फत उपलब्ध गराउने निर्णय गरीएको अधिकारी आचार्यले बताए । ।
शैक्षिक शत्रका काम अघि बढाउन आग्रह
डिसिसिएमसीले असार १ गतेदेखि शुरु भएको नयाँ शैक्षिक शत्रका गतिविधिलाई वैकल्पीक माध्यमबाट शुरु गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ को शैक्षिक शत्र असार १ गतेबाट शुरु गर्ने निर्देशन गरे बमोजिम हुम्लामा कोभिड १९ को संक्रमण नियन्त्रण तथा न्युनिकरण भई नसकेको हुँदा जारी निषेधाज्ञा थप्नु परेकोले उक्त निषेधाज्ञा समयभर नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्णरुपमा पालना गरी शैक्षिक क्रियाकलाप गर्ने गराउने निर्णय गरेको छ ।
बैठकले गत शैक्षिक शत्रका बाँकी कामहरुलाई निषेधाज्ञको अवधीमा पुरा गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाकारी दिएको छ । ‘शैक्षिक शत्र २०७७ का बाँकी कामहरु आन्तरीक मुल्याकन, विद्यालय स्थानान्तरण लगायतका कामलाई समेत वैकल्पिक विधिबाट गर्ने निर्णय भएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, ‘वैठकले नयाँ पाठ्यपुस्तक प्राप्ती र वितरणका लागि आवश्यक समन्वय सहजीकरण एवम पहल गर्ने गराउने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको गएको जेठ २३ को निर्देशन बमोजिम सम्भव भएसम्म वैकल्पिक शिक्षण शिकाई कार्यलाई निरन्तरता दिने निर्णय भएको छ ।’
त्यस्तै कोरोना विरुद्धको खोपमा अब जिल्लाका शिक्षकलाई प्राथमितका दिने निर्णय समेत गरिएको छ । जिल्लाका शिक्षकले आफूहरुलाई खोपमा प्राथमिता नदिएको भन्दै केहि दिन अघि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
आरडिटीलाई मान्याता दिन आग्रह
बैठकले हुम्लाका लागि कोरोना परिक्षणका लागि एन्टिजेनलाई मन्यता दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
कोरोनाका कारण मृत्यु हुनेका आफन्तलाई कर्णाली प्रदेश सरकारले दिने एक लाख राहत, कोरोना विमा दावी गर्न पिसिआर परिक्षणको रिर्पोट अनिवार्य गरेपछि डिसिसिएमसीको बैठकले पिसिआर परिक्षण गर्न हुम्लामा संभव नभएपछि एन्टिजेन परिक्षणलाई मान्यता दिने व्यवस्थाका लागि सिफारिस गर्न आग्रह गरेको हो ।
हुम्ला जिल्लामा पिसिआर परिक्षणको प्रविधि नभएको र यातायातको कठिानाईले अन्य जिल्लाबाट समेत सो प्रविधि ल्याउन सम्भब नभएकाले एन्टिजेन परिक्षणको रिर्पोटलाई मान्यता दिई कोभिड १९ का कारण मृत्युभएका र बिमा माग दावीमा समेत मान्यता दिन प्रदेश सरकार, सामाजिक मन्त्रालय, सिसिएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्यि बिमा समितीलाई अनुरोध गरी पठाउने निर्णय भएको सहयाक प्रमुख जिल्ला अधिकारी राइले जानकारी दिए ।