सदरमुकाम सिमकोट बजारमा पहिलाको तुलनामा हाल अखाद्य बस्तु न्युन भेटिएको छ । बजार अनुगमनका क्रममा भेटिएका न्युन अखाद्य बस्तुहरुलाई नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दसरत राईको संयोजकत्वमा भदौ ११ गते विहान ८ वजे बजार अनुगमन गर्ने क्रममा भेटिएका म्याद गुज्रिएका तथा अखाद्य बस्तुहरू नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राईको नेतृत्वमा गएको सो टोलिले सदरमुकाम सिमकोटका ३३ वटा पसलहरुको अनुगमन गरिएको थियो ।
समकोट तल्लो बजार र माथिल्लो बजारका ३३ वटा पसलहरुमा अनुगमन गर्ने क्रममा पाँच केजी बासमति चामल, १५ पिस जिरा मसला र एक पिस कुकिज मात्रै फेला परेको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी राइले बताए । पछिल्ला समय सदरमुकाम सिमकोटमा वजार अनुगमनलाई निरन्तरता दिएपछि सिमकोटका पसलहरूमा म्याद गज्रिएका तथा अखाद्य बस्तुहरु न्युन भेटिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी राइको भनाई छ ।
उनका अनुसार पहिलाको तुलनामा बजारका पसलहरुमा चिसो पियपदार्थ र अन्य घर्यासी कामका लागि प्रयोग गरिने कुनै पनि खाद्य बस्तुहरु म्याद गुज्रिएका सामग्रि नभेटिदा बजार सुधारउन्मुख रहेको मानिन्छ । पसल अनुगमनकै क्रममा सदरमुकाम सिमकोटको एउटा फ्रेसहाउसमा चेक गर्दा उक्त पसलमा पनि सडे गलेको मासु नभेटिएको पाइएको छ ।
जिल्लामा कुखुराको मासु कम विक्रि हुने र आपुर्ति पनि न्युन रहेका कारण वजारका मासु पसलमा सडे गलेको मासु सुन्य रहेको बताइएको छ । अनुगमनका क्रममा भेटिएको म्याद गुज्रिएका तथा अखाद्य चिज बस्तुहरुलाई सोही दिन विधुत कार्यालयको खाली जग्गामा लिएर जलाएर नष्ट गरिएको सदस्य सचिव धर्व बाठा मगरले बताए ।
जिल्ला प्रशासन कार्यालय, उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग बाणिज्य संघ, गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी लगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो । त्यस्तै आउदा दिनहरुमा उक्त टोलिले जिल्लाका अन्य गाउँपालिकामा समेत पुगेर उक्त पसलहरूको अनुगमन गर्नु पर्ने देखिएको छ ।
विगतका दिनमा सदरमुकाम सिमकोटबाट किनेर लिएका बस्तुहरूबाटै धेरैको स्वास्थ्यमा समस्या देखिएको थियो । पुनः पनि त्यस्तो समस्या नहोस भन्ने उदेश्यका साथ उक्त टोलिले आनिवार्य रुपमा अनुगमन गर्नु पर्ने उपभोक्ताको माग छ ।