काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार १४ अर्ब ७२ करोड रुपैयाँले घटाएका छन् । यस अनुसार चालु खर्च पनि घटेको छ ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ चालु खर्चमा बजेट विनियोजन गरेका थिए । शर्माले त्यसलाई ६२ करोड कम गर्दै ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ मात्रै चालु खर्चमा विनियोजन गरेका छन् ।
प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ । नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १४ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१।४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११।६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।
वित्तीय हस्तान्तरण मध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४।११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५।८९ प्रतिशत विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षको अनुमान गरिएको खर्चको व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने उल्लेख गरिएकव छ । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजनमा खर्चमा न् राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा न्यून हुन जाने ५ खर्ब २२ अर्ब ९ करोड रूपैयाँमध्ये आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड व्यहोरिने अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले इन्धन र भ्रमण खर्च १० प्रतिशत कटौती गरेको छ । सरकारले भत्ता, इन्धन र भ्रमण खर्चको १० प्रतिशत बजेट कटौती गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश प्रस्तुत गर्दा इन्धन, भत्ता, सवारी लगायत मर्मतमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको बताए । कटौतीबाट वचत भएको ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदमा प्रयोग गरिने शर्माले बताए ।
यस्तो छ, अर्थमन्त्री शर्माले पेश गरेको बजेटको पूर्णपाठ
बजेटको कुल आकार घटे पनि अर्थमन्त्री शर्माले पूँजीगत खर्चको अंशमा भने वृद्धि गरेका छन् । अर्थात् पौडेलले ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेका थिए । त्यसलाई ३ अर्ब ८४ करोड रुपैयाँले वृद्धि गर्दै ३ खर्ब ७८ करोड १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
शर्माले स्थानीय तह तथा प्रदेशहरुमा हुने वित्तीय हस्तान्तरणको अंश पनि बढाएका छन् । पौडेलले प्रदेश तथा स्थानीय तहहरुलाई ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने घोषणा अध्यादेशको बजेटमा गरेका थिए । तर शर्माले यो बजेट ५९ करोडले वृद्धि गर्दै ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ पुर्याएका हुन् ।
सबै शीर्षकको बजेटको आकारमा परिवर्तन भएसँगै शीर्षकगत स्रोत र व्ययको अनुमानमा पनि परिवर्तन भएको छ । कही मन्त्रालयको घटेको छ भने, केही मन्त्रालयको बढेको पनि छ । कुन निकायको कति बजेट घट्यो वा बढ्यो ?
हेर्नुस बजेटको अनुसूचि