जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालीत मासु पसलहरू अनगमन गर्दा अधिकांस मासु पसलहरू मापदढण्ड विपरीत सञ्चालनमा रहेका छन् । शनिवार बिहान सिमकोट गाउँपालिका उपाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक बलि रावतको संयोजकत्वमा गएको टोलिले अधिकांस मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटाएको छ ।
मासु पसलको अनुगमन गर्ने क्रममा सत्य तथ्य फेला परेको सिमकोट गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राबिधिक सहायक बिष्णु बुमीले बताए । उनका अनुसार आफुले बार्षिक रुपमा करीव तीन पटक मासु पसलका लागि बजार अनुगमन गर्ने गरेका छौँ तर सधैँ त्यस्तै समस्या भेटिने गरेको बुमिले बताए ।
मासु पसलका लागि छुट्टै बिक्री कक्ष हुनु पर्नेमा त्यसो नभई पसलमा अन्य सामग्रीसंगै राखेर बिक्री गरिएको अनुगमनका क्रममा पाइएको छ । त्यस्ता पसललाई पहिलो पटक चेतावनी दिएर छाडिएको बुमिले जानकारी दिए । जिल्लाका २८ वटा मासु पसल मध्ये शनिबार २१ वटाको अनुमगन गरिएको हो । त्यस्तै अन्य सातवटा मासु पसलहरु बन्द रहेका थिए ।
हाल सञ्चालनमा आएका मध्ये चार वटा बाहेक अन्य सबै पसल जथाभावी सञ्चालनमा आएको पाइएको थियो । पसलमा ढक तराजु मात्र राखेर मासु बिक्री गरिएको गरिदै आएका छ । धेरै पसलहरुमा मूल्यसूची, पसल दर्ताको प्रमाणपत्र, छुट्टै बिक्री कक्ष, फ्रिजको व्यवस्था समेत नभएको अनुगमनमा पाइएको हो ।
केही पसलहरुमा गनाएको मासु समेत भेटिएको र उनिहरुलाई तत्काल मासु गाड्न समेत लगाइएको प्राविधिक सहायक बुमीको भनाई छ । मासुको समस्या हुने भएका कारण उपभोक्ताहरुबाट त्यसको कुनै बिरोध नआउने भएपछि मासु पसलेहरुले मनोमानी ढंगले बिक्री गर्दै आएका छन् ।
यस्तो कार्यले उपभोक्ता समस्या पर्ने भएपछि यसलाई व्यवस्थित र मापदण्ड भित्र रहेर पसल सञ्चालन गर्न सम्वन्धित निकायले लगाउनु पर्ने स्थानीयले बताउने गरेका छन् । मान्छेको स्वास्थ्यमां प्रत्यक्ष सरोकार राख्ने भएका कारण स्वच्छ मासु बिक्री गर्ने व्यवस्थातर्फ सरोकारवाला पक्षले ध्यान दिनुपर्ने आबश्यक देखिएको छ । हुम्लामा कुखुरको मासु प्रतिकेजी ६ सय र खसीको मासु साढे ८ सय रुपियाँमा बिक्री हुने गरेको छ ।