सिमकोट । हरेक सआर मसान्तमा सकिने आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहेको बेला हुम्लाको विकासे रकक खर्चको मात्रा अनपेक्षित रुपमा बढ्न थालेको छ । गएको शुक्रबारसम्म २८ प्रतिशत पुँजिगत रकम खर्च भएको हुम्लामा आज मात्रै कूल बजेटको २ प्रतिशत अर्थात १ करोड ०५ लाख ३१ हजार २७० रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका अनुसार कोषको प्रर्णालीमा आएको कूल विकासे रकम ५२ करोड ६५ लाख ६३ हजार ५ सय रकमको २ प्रतिशत अर्थात १ करोड ०५ लाख ३१ हजार २७० रुपैयाँ खर्च भएको छ । यसमा जिल्लाका स्थानीय तहले गरेको खर्चको विवरणन समावेश गरिएको छैन् । वर्षको ११ महिना १७ दिनसम्म कूल बजेटको २८ प्रतिशत मात्रै विकासे रकम खर्च भएको हुम्लामा आज सोमबार मात्रै उक्त रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण निराजन उपाध्ययले जानकारी दिए ।
कोष नियन्त्रक उपाध्ययका अनुसार अहिलेसम्म २ अर्ब ८१ करोड ६८ लाख रकम खर्च भएको छ । कोर्यालयको प्रर्णालीमा आएको जिल्लाको कुल बजेट मध्ये ३ अर्ब ७८ करोड ९ लाख २९ हजार ८० रकम मध्ये कर्मचारीको तलव, भक्त समावेश भएको नियमित खर्चतर्फ २ अर्ब ६४ करोड ७० लाख र जिल्लाको विकास गर्न आएको विकासे खर्च १५ करोड ४१ लाख अर्थात झण्डै तीस प्रतिशत रकम खर्च भएको छ ।
११ महिनामा विकासे खर्च २८ प्रतिशत
विकासको दृष्टिकोण निकै पछि परेको हुम्ला जिल्लाको विकासे खर्च २८ प्रतिशत मात्रै भएको छ । कर्मचारीको तलब, भत्ता र कार्यालय खर्च भने ८० प्रतिशत बढि भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रर्णालीमा आएको जिल्लाको कुल बजेट मध्ये ३ अर्ब ७८ करोड ९ लाख २९ हजार ८० रकम मध्ये चालु आर्थिक वर्षका ११ महिना १७ दिनसम्म विकास खर्च २८ प्रतिशत अर्थात १४ करोड ९६ लाख ५४ हजार २ सय ६५ रकम मात्रै खर्च भएको छ । यो रकम जिल्ला सदरमुकाम सिमकोट स्थित २९ वटा विभिन्न कार्यालय र सातवटै स्थानीय तहहरुको समेत संलग्न गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्ययले बताए ।
कर्मचारीको तलव, भत्ता, कार्यालयीय खर्च समावेश भएको पुँजिगत खर्च भने ११ महिना १७ दिनमा २ अर्ब ६० करोड ९९ लाख ७९ हजार ४ सय २ रकम अर्ताथ ८० दशमलव ०४ प्रतिशत रकम खर्च भएको छ । हरेक वर्ष खर्चका नाममा विकासे रकम आउने तर परिणाम अपेक्षित रुपमा नदेखिने हुम्लामा यो वर्षको विकासे रकमले पनि अपेक्षित परिणाम आउन नसक्ने अनुमान गर्न थालिएको छ ।
विकास गर्नलाई भन्दा रकम खर्च गर्नका लागि मात्रै हुम्लाको बजेट असार महिनाको अन्तिम साता अधिकांश समय सरकारी कार्यालयमा फर्जि विल भरपाई तयार हुने र चेक मात्रै काटिने भन्ने नागरिकको गुनासो यो आर्थिक वर्षपनि असार २५ भन्दा पछि विकासे रकम खर्च हुने निश्चित जस्ते देखिएको छ । गएका ११ महिनामा भएको विकासे बजेट खर्चको प्रकृती भन्दा असारका २० दिनमै बढि रकम खर्च हुन शुरु गरेका कारण पनि साल्तामामको अन्तिम साता बजेट सकाउने प्रवृतीको पुनरावृती हुने आसंका बढ्दै गएको टिप्पणी हुन थालिएको छ । “असारका १७ दिन अथवा आज ३ बजेसम्मको रिर्पोट अनुसार विकासे खर्च भनिने पुँजिगत खर्च ३८ लाख ३६ हजार ६ सय ३८ रुपैयाँ ६० पैसा अर्थात कूल बजेटको १ प्रतिशत रकम खर्च भएको छ” । कोष तथा लेखा नियन्त्रक उपाध्ययले भने, असार २० गतेसम्म चालु खर्च २५ करोड ८० लाख ६४ हजार ९२ रुपैयाँ १० पैशा अर्थात ७ दशमलव ९१ प्रतिशत रकम खर्च भएको छ ।” हुम्लाको नाममा आउने विकासे रकमको सदुपयोग गर्न स्थानीय राजनीतिक दल र नागरिक अगुवाहरुको निगरानी नपुग्दा हरेक वर्ष अरबौंको रकम विनियोजन भएपनि विकासे परिणाम भने सुन्य देखिदै आएको छ ।