काठमाडौं । चिकित्सा शिक्षाको शुल्क वृद्धि गरिएको छ। अब विद्यार्थीले उपत्यका बाहिर एमबीबीएस पढ्न ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।
राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ। आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८र७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए।
आयोगले गत शैक्षिक सत्रभन्दा यस वर्ष ३।६ प्रतिशतले शुल्क बढाएको छ। स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क वृद्धि गरिएको हो।
अब स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यकाबाहिर ४५ हजार ९५ हजार ७२० शुल्क तोकिएको छ। त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङ १० लाख ३६ हजार शुल्क तोकिएको छ।
यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोक्यामेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।
स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ। स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।
कसको शुल्क कति ?