सिमकोट । जुम्लाको डाँफे लेकमा भएको नेपाल टेलिकमको टावरमा समस्इा आएपछि कर्णाली अञ्चलका अधिकांश जिल्लाहरु आइतबार (आज) बिहानै देखि सम्पर्क बिहिन भएका छन् ।
कर्णाली अञ्चलको हुम्ला, मुगु, जुम्लालगायतका जिल्लाहरुमा टेलिफोन, मोवाइल र इनटरनेटको लिंक दिदैं आएको डाँफे लेकमा राखिएको रिपिटर टावरलाई पावर दिदैं आएको सोलार चार्ज हुन नसकेपछि कर्णालीका जिल्लाहरु सम्पर्क बिच्छेद भएको छ ।
बिहानै देखि टेलिकमको फोन र नेट बन्द भएपछि निजि फोनको सेवा प्रदानयक कम्पनी एनसेलको नेटवर्कले मात्रै काम गरेको छ । एनसेलको फोन र वल्ड लिंकको इन्टरनेटले मात्रै काम गरेपछि सर्वसाधारणका लागि घर बाहिर सम्पर्क गर्न निकै सकस भएको सिमकोटका स्थानीय मन्दीर सिंहले जानकारी दिए ।
‘गएको पाँचदिन देखि लगातारको वर्षाले उकुसमुकुस भएको अवस्थामा फोनले पनि काम नगरेपछि निकै समस्या भएको छ’, सिंहले भने, ‘फोन र नेट नहुँदा त निकै उकुसमुकुस प हुँदो रहेछ ।’
निरन्तरको अत्यधिक वर्षात्ले पोलहरू ढलेर अप्टिकल फाइबरमा अवरोध र रिपिटर टावरमा सोलार चार्ज नभएपछि सञ्चारसम्पर्क विच्छेद भएको नेपाल टेलिकम हुम्लाकी निमित्त प्रमुख रिञ्जीन लामाले जानकारी दिइन् ।
‘बिहान साढे ९ कबजेदेखि अचानक ल्याण्डलाइन, मोवाइल र इनटरनेट अवरुद्ध भयो’, लामाले थपिन् ‘एनसेलको मोवाइलमा सबैतिर के भयो भनेर बुझ्दा १० बजेतिर मात्रै थाहा भयो जुम्लाको डाँफे लेकमा भएको टेलिकमको टावरमा पावस दिने सोलारका व्याट्रीहरुमा चार्ज सुन्य भएपछि यस्तो समस्या भएको रहेछ ।’
कर्णाली प्रदेशमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारअन्तर्गत २ सय २५ टावर निर्माण कार्य अघि बढाएको थियो । प्रदेशका १० वटै जिल्लाका विभिन्न ठाउमा टावर निर्माण कार्य अघि बढाइएको हो ।
नेपाल टेलिकमले सुर्खेतमा ६३ वटा, हुम्लामा २, मुगुमा १३ , जुम्ला १८, डोल्पा ३, कालिकोट २१ , दैलेख ३१, जाजरकोट १८ , रुकुम पश्चिम १७, र सल्यानमा ३९ वटा मोबाइल टावर थप्दै छ ।