श्रीनगर (हुम्ला) । अदानचुली गाउँपालिकाले पहिलो पटक बजार अनुगमन गरेको छ ।
गाउँपालिकाका कार्यबाहक अध्यक्ष समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालको नेतृत्वमा निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही, सबै वडाका वडा अध्यक्षहरु र गाउँपालिकामा कार्यरत क्रमचारीहरुको संयुक्त टोलीले श्रीनगरमा रहेको बजारको अनुगमन गरेको हो ।
बजारमा दैनिक रुपमा बिक्री बितरण भैरहने खाद्य तथा अखाद्य बस्तुहरुको गुणस्तर, पशल ब्यवसायहरुको कानूनी अवस्थाका बारेमा गाउँपालिकाको टोलीले श्रीनगर बजारका पसलहरुको अनुगमन गरेकोे अनुगमन टोलीका संयोजक समेत रहेका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी दिए ।
अनुगमन टोलीले पसलहरुमा ब्यवसाय दर्ता नबिकरण भए नभएको ? पसलमा मुल्यसूची नभए नभएको ? पसलमा साइनबोर्ड, नापतौल सामाग्री, लेबल, म्याद नाघेको सामाग्री बिक्री भए नभएको ? पसल तथा व्यवसाय प्यान वा भ्याटमा दर्ता गरेको वा नगरिएको ? बारेमा अनुगमन गर्ने काम भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी दिए ।
‘मंगलबार गरिएको अनुगमनमा विभिन्न गाउँपालिकाको केन्द्र श्रीनगरमा भएका पशलहरुबाट केही मशलाहरु, बिस्कुट र फ्रुटी म्याद नाघेको भेटिएपछि बरामत गरी नष्ट गरिएको छ’ अधिकृत शाहीले नेपालवोटसँग भने ‘अनुगमनका क्रममा व्यावसायीहरुले गाउँपालिकामा भएका पसलबाट भएका कुनै पनि कारोबार खाताबाटै गर्न सुझाव दिएको छ ।’
अनुगमन पश्चात बसेको टोलीको बैठकले अनुगमनमा भेटिएका कमी कमजोरीलाई तत्काल ब्याबसायीलाई सूचना दिने र दर्ता भएकालाई सुचिकृत गर्ने तथा दर्ता नभएकाहरुको १ महिना भित्र अनिवार्य दर्ता गर्नु पर्ने निर्णय गरिएको छ ।
बजार अनुगमनमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमलबहादुर छत्याल, निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही, १ नम्बरका वडा अध्यक्ष अके महतारा, २ नम्बरका वडा अध्यक्ष नन्द महतारा, ३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा, ४ नम्बरका वडा अध्यक्ष मनऋषी पाण्डेसहित गाउँपालिका स्थीत सबै शाखाका प्रमुखहरु,सुरक्षाक्रमी र सञ्चारक्रमीको समेत उपस्थिती रहेको बताइएको छ ।