सिमकोट । लामो समयको एकतन्त्री शासन व्यवस्थासहितको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्री गणतन्त्रको स्थापना गर्ने लक्ष्यसहित तत्कालिन माओवादीले सञ्चारलन गरेको शसस्त्र बिद्रोहमा हुमिएका ताँजकोट गाउँपालिका १ का अकविर खड्काको जनप्रतिनिधि बन्ने सपना अधुरै रहेको छ ।
२०७२ सालमा जनताकै प्रतिनिधिबाट बनेको संविधानले तय गरेको संघीय लोकतान्त्रीक गणतन्त्र पश्चात पहिलो पटक २०७४ वैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षका आकांक्षी खड्का अल्पआयूमै गएको सोमबार ( १३ जेठ २०८० ) मा सडक दुर्घटनामा ज्यान गुमाएपछि उनको जनप्रतिनिधि बन्ने सपना अधुरै रहेको छ ।
मैला गाउँपञ्चायत बाट तत्कालीन मैला गाउँ विकास समिति हुँदै ताँजकोट गाउँपालिकासम्म आइपुग्दा समेत स्थानीय राजनीतिको बहिष्करणमा परेको जिमाना काँडागाउँबाट स्थानीय तहको बागडोर सम्हाल्दै जिल्लाको राजनीतिमा उदाउने लक्ष्य लिएका खड्काको असमायिक निधनले जनप्रतिनिधि बन्न सपना तुहाइ दिएको छ ।
गएको शनिबार साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको बुलबुले गेट नजिकै माओवादी नेता खड्का सवार कर्णाली प्रदेश ०२००१ प ७८७४ र सोही दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जीपमा ठोक्किएपछि उनको घटनास्थलमै ज्यान गएपछि खड्काको मात्रै होइन ताँजकोट बहिष्करणमा परेको जिमाना र काँडागाउँले स्थानीय तहमा नेतृत्व गर्ने सपनामा समेत पूर्णबिराम लागेको छ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा ताँजकोट गाउँपालिका वडा नम्बर १ बाट स्वर्गिय नेता खड्काको तहमा जिम्मेवार प्राप्त गर्ने अन्य कोही नेता तथा कार्यकर्ता नभएपछि तत्कालका लागि हाम्रो गाउँ (जिमाना र काँडागाउँ) बाट नेतृत्व गर्ने अवसरमा पूर्ण बिराम लागेको नेपाली कांग्रेस ताँजकोट कार्यसमितिका पुर्व सभापति जंगलाल खड्काले बताए ।
‘हामीले सिंहदरबारले हुम्लालाई अधिकार दिएन भनेर जति गाली गरेपनि गाउँका केन्द्रले समेत काँडागाउँ जिमाना जस्ता कुनाकाप्चालाई पनि अधिकार दिनबाट बञ्चित गरेको छ,’ खड्काले नेपालवोटसँग भने, ‘हाम्रो गाउँबाट स्थानीय सरकारको नेतृत्व गर्ने नेताका रुपमा सबै दलले अकविरलाई लिएका थियौं तर दैवले हामीहरुको सपना पुरा नहुँदै चुडेर लग्यो ।’
२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताँजकोट गाउँपालिकाको अध्यक्षका लागि अन्तिम समयसम्म दावी गरेका खड्कालाई माओवादी केन्द्रले टिकट दिनबाट बञ्चित गरेको प्रति नकरात्मक टिप्पणी गरेका माओवादी केन्द्र काँडागाउँका वडा स्तरिय एक नेताका अनुसार पार्टीले काँडागाउँ जिमानाको मुनाको मुण्टा निमोठेको एक वर्ष नपुग्दै दैवले बोटै उखेल्दीयो । आप्नो नाम उल्लेख नगर्ने शर्तमा प्रतिक्रिया दिएका रिठाल थरका ति नेताले भने सत्ताका मरिहत्तते गर्ने गाउँ र नेतृत्व केन्द्रीकृत राजनीतिक प्रवृतीकै कारण २०७९ को चुनावमा पाँदासँग लडाएर हाम्रो गाउँ (जिमाना र काँडागाउँ)लाई पछार्ने काम भयो जसको शिकार बनेका खड्काले हारेको आत्मसँगै भाग्यले पनि बाँच्ने अवसर दिएन ।’
गतवर्षको निर्वाचन पछि अब पालिकाको राजनीतिमा पनि आफूले अवसर पाउन्न होला भन्दै निकटस्थसँग खड्काले निराशा पोख्ने गरेको बताएका ति नेताका अनुशार व्यवस्थामा जस्तो परिवर्तन आएपनि सोच र व्यवहारमा परिवर्तन नआउञ्जेल पछाडि रहेका व्यक्ती र ठाउँकालागि कागलाई वेलपाक्यो हर्ष न विष्मात भन्ने उखान चरितार्थ हुने रहेछ ।
२०४६ सालको बहुदलीय व्यवस्था पछि साविकको मैला गाविस (हालको ताँजकोट गाउँपालिका) मा पर्ने काँडागाउँ र जिमानाबाट पालिका र जिल्लाहुँदै प्रदेशको नेतृत्वको दावी गर्ने निर्विकल्पीक नेताको छवि बनाएका खड्काको देहबसानले केही वर्षका लागि उक्त आशा तुसारापात भएको काँडागाउँका स्थायी वासिन्दा नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाका सदस्य समेत रहेका अनेरास्ववियूका स्थायी कमिटि सदस्य हिक्मतजङ्ग खड्काको राय छ ।
ताँजकोट गाउँपालिकाको बहिष्करणमा परेको वडा नम्बर १ जिमाना र काँडागाउँको अहिलेसम्मको इतिहाँसको क्रमभंगता गर्दै गाउँपालिका देखि जिल्ला हुँदै प्रदेशसम्मको राजनीतिक पहुँच राख्ने पिंडीका रुपमा हामी सबै दलमा आवद्ध नेता कार्यकर्ताले खड्कालाई लिएको बताएका उनले राजनीतिमा आप्mनो गाउँको पहुँच बिस्तार गर्ने यात्रामा तत्कालका लागि पूर्ण बिराम लागेको छ ।
गाउँको राजनीतिमा काँडागाउँ जिमानाको विगत
३० वर्षे पञ्चायती व्यवस्था, १९ वर्षे संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्था र १५ वर्षको गणतान्त्री शासन व्यवस्थामा समेत काँडागाउँ र जिमानाले जिल्ला त के स्थानीय शासन व्यवस्थामा पुग्ने अवसर पनि प्राप्त गरेको थिएन ।
तत्कालीन मैला पञ्चायतको निर्वाचनमा ९ नम्बर वडा रहेको काँडागाउँ र जिमानाबाट प्रधानपञ्चमा विष्णु खड्का उठेपनि धर्मजित शाहीसँग पराजित भएपछि त्यस गाउँले फेरी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ल्याकत समेत राखेको थिएन । २०४६ सालको बहुदलीय व्यवस्था पश्चात मैला गाउँ विकास समितिको संरचनामा वडा नम्बर ८ र ९ का रुपमा राजनीतिक विभागन गरएको काँडागाउँ जिमानाले उहिलेदेखि अहिलेसम्म वडाको बाध्यताको भाग बाहेक अन्य कुनै राजनीतिक लाभको पद प्राप्त गर्न नसकेको एमालेका खड्काको अनुभव छ ।
‘दुवै गाउँ (जिमाना र काडाँगाउँ) बाट वडा अध्यक्ष र सदस्यमा निर्वाचित भएपनि त्यसमाथिका कुनै पदमा पनि हाम्रो प्रतिनिधित्व भएको थिएन’ खड्का भन्छन् ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नामक शसस्त्र युद्धमा एकतर्फी गठन गरेका गाउँ जनसरकार प्रमुखका रुपमा विरवान खड्कालाई २०६० को दशकमा जिम्मेवारी दिएपनि उत्तः पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि भएका दुई स्थानीय तहका निर्वाचनमा सुन्य नैं भएको हो ।’
राजनीतिक रुपमा पनि माओवादी केन्द्रले जिल्ला र गाउँको नेतृत्व स्वर्गिय खड्कालाई नैं दिएको थियो । अन्य राजनीतिक पार्टी भन्दा जिम्मेवारी दिनमा अग्रसर देखिएको मोआवादी केन्द्रले पनि खड्कालाई २०७९को स्थानीय निर्वाचनमा ब्याक गरेको एक वर्षमै भौतिक शंसारबाट विदा भएका खड्कासँगै ताँजकोट १ को राजनीतिक नेतृत्व गर्ने संभावना पनि तत्कालका लागि टरेको चर्चा गाउँभर गर्न थालिएको छ ।
नेपाली कांग्रेसले यस अघि ताँजाकोट गाउँ कार्यसमितिको सभापतिमा काँडागाउँबाट जंगलाल खड्कालाई जिम्मेवारी दिएको भएपनि नेकपा (एमाले) बाट गाउँस्तरको नेतृत्व दिने काम भएको छैन् । पार्टीगत सत्तामा जिम्मेवारी दिएका नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्ताको नेतृत्वमा लिने काम नभएको बताइएको छ ।
हजुरवुवा, छोरा र नाती पुस्ता गरेर काँडागाउँ र जिमानालाई स्थानीय, जिल्ला, प्रदेश हुँदैं केन्द्रको राजनीतिमा जोड्ने नेताका रुपमा रहेका खड्काको देशबसानले ताँजकोट १ को राजनीतिक हात भाँच्चिएको निष्कर्षमा प्राय काँडागाउँ र जिमानाका नागरिकको एकमत देखिन्छ ।
संघर्षपूर्ण व्यक्तिगत जीवन
सानै देखि विद्रोही र हरेक क्षेत्रमा आफूले नेतृत्व गर्नु पर्ने हक्की स्वभावका थिए माओवादी केन्द्र ताँजकोटका अध्यक्ष अकविर खड्का । २०४० को दशकमा जन्मीएका खड्का स्कुले अध्ययनकै क्रममा राजनीतिक प्रति चासो लिने युवाका रुपमा चिनिन्थे ।
विद्यालयको अध्ययनमा एमाले अखिलका आवद्ध भएका उनि २०५८ सालमा हुम्लामा शुरु भएको माओवादी जनयुद्धमा बिस्तारै चासो राख्दैं पूर्णकालिन सदस्यका रुपमा भुमिगत भएको उनका निकटस्थले बताउने गरेका छन् ।
वुवा रंगमान खड्का र आमा नौरता खड्काका जेठा सन्तानका रुपमा रहेका अकविरलाई घरको मात्र होइने गाउँ र ठाउँकै नेतृत्व गर्ने आशा प्राय काँडागाउँ र जिमानावासीले गरेका थिए । राजनीतिक हिसाबले बाहिर आआप्mनो दलका बारेमा वकालत गरेपनि भित्र िरुपमा गाउँ लामो समय बहिष्करणमा परेका पिंडालाई ओकल्दै आएका उनले जहिलेपनि गाउँको आवाजलाई स्थानीय सरकार र जिल्ला देखि प्रदेश हुँदै केन्द्रसम्म पुर्याउनु पर्छ भन्ने सल्लाह गरिरहन्थे ।
तीन भाइ एक बहिनका धनी खड्काले पारिवारिक रुपमा भाइ र बहिनीलाई मात्रै होइन आफन्तलाई समेत व्यवस्थापन गर्ने विषयमा लागिरहने यूवाको छवि बनाएपनि आप्mनो व्यक्तिगत जीवनलाई रप्mतार दिन केही अल्झन व्यहोर्नु पर्यो ।
समाजमा केही काम गर्छु भन्नेको व्यक्तिगत जीवनमा धेरै आरोह अवरोह आउँछन भन्ने भनाई जस्तै उनको व्यक्तिगत जीवनको यात्रा पनि कम्ती कष्टकर छैन् । अधिकांश गाउँ र समाजका बारेमा लागि पर्ने खड्काको वैवाहिक जीवनक हिसाबले हेर्ने हो भने अँझ कष्टकर देखिन्छ । विद्यालयको अध्ययन सकाए लगत्तै बाजुरा जिल्लाको रुगिनबाट वैवाहिक जीवनको शुरुवात गरेका उनका लागि पहिलो घरजम धेरै समय टिक्न सकेन ।
वैवाहिक जीवनको पहिलो यात्रा नैं सुखद नभएपछि दोस्रो विवाह तत्कालीन मदना गाउँबाट विवाह गरे । तरपनि उक्त विवाह समेत धेरै वर्ष टिकेन ।
जीवनको यात्रामा तस्रो विवाह मुगु जिल्लाको खत्याडबाट गरेका उनका अहिले दुई वटा सन्तान हरेका छन् । ७ वर्षको छोरा र ४ वर्षकी छोरीलाई छोडेर भौतिक शंसारबाट विदा भएका खड्काका वुवा रंगमान खड्काको इहलिला पनि २०७९ भदौ महिनामा मात्रै सकिएको थियो ।
उनका माइला भाई मिमबहादुर खड्काले ताँजकोट गाउँपालिकाको केन्द्र छप्रेलामा होटेल व्यवसाय चलाईरहेका छन् भने कान्छा भाई नारायण खड्काले काठमाडौं सुनधारामा केहि महिना मात्रै होटेल व्यवसायको शुरुवात गरेका थिए । आफूलाई राजनीति गर्न सहज पार्नेका लागि भाइहरुलाई होटेल व्यवसायमा लगाएका खड्काले अरुलाई त विभिन्न क्षेत्रमा स्थापित गरे तर जीवनको अधिकांश समय बिताएको राजनीतिमा आफू स्थापित नभएरै अस्ताए ।